अमर माविले जित्यो भरतपुर मेयर कपको उपाधि

भरतपुर, २८ जेठ । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगको उपाधि अमर मावि पटिहानीले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा विश्वप्रकाश माविलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै अमर मावि च्याम्पियन बनेको हो ।  प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । जसमा अमर माविले बाजी मारेको हो । अमर […]

यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

काठमाडौं, २८ जेठ । यशस्वी प्रज्ञा प्रतिष्ठानले यशस्वी पुस्तक पुरस्कार २०८१ का लागि पुस्तक पठाउन सबै लेखक तथा प्रकाशकहरूलाई अनुरोध गरेको छ । फाउन्डेसनले विज्ञप्तिमार्फत पुस्तक माग गरेको हो । २०८० चैतको अन्त्यसम्ममा नेपाल र नेपाल बाहिरबाट प्रकाशित नेपाली लेखकहरूले लेखेका नेपाली भाषा र अंग्रेजी भाषाका पुस्तकहरू तीनतीन प्रति यशस्वी प्रज्ञा प्रतिष्ठानको कार्यालय घट्टेकुलो, काठमाडौंमा […]

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा, २८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । माओवादी केन्द्रबाट चुनाव लडेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्छ । देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पाण्डेले सभाको विश्वास प्राप्त गरेका […]

‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’ भरतपुरमा हुँदै

भरतपुर, २८ जेठ । उच्च शिक्षा अध्ययनका लागि अमेरिका र क्यानडा जान चाहने विद्यार्थी लक्षित भरतपुरमा ‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’ हुँदैछ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा यही जुन १२ अर्थात् जेठ ३० गते बुधबार भरतपुर–१० स्थित बेस क्याम्पसमा कार्यक्रम हुन लागेको हो । बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने कार्यक्रममा […]

भरतपुरका विद्यालयमा शुक्रबारसम्म गर्मी बिदा

भरतपुर, २८ जेठ । गर्मी अत्यधिक बढ्न गै जनजीवन प्रभावित हुन थालेपछि भरतपुर महानगरका सबै विद्यालयमा जेठ २९ गतेदेखि जेठ ३२ गतेसम्म गर्मी बिदा दिइएको छ । अब असार २ गतेबाट मात्रै विद्यालय खुल्ने छन् । भरतपुर महानगरले सोमबार सूचना सार्वजनिक गर्दै बर्खेबिदाबाट कट्टी हुनेगरी मंगलबारदेखि शुक्रबारसम्म शैक्षिक संस्थामा पठनपाठन नगराउन अनुरोध गरेको हो । […]

नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यवाहक अध्यक्षमा अर्जुन रसाईली

चितवन, २८ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यवाहक अध्यक्षमा महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईलीले जिम्मेवारी पाएका छन् ।  रसाईली महासंघको आसन्न चौथो महाधिवेशनका अध्यक्ष पदका उम्मेदवार हुन् । महासंघका अध्यक्ष माणिकरत्न शाक्य वैदेशिक भ्रमणमा जानुपर्ने हुनाले अध्यक्ष शाक्यको उपस्थिति नहुँदासम्मको लागि महासंघको नियमित कार्यहरु गर्न गराउनको लागि वरिष्ठ उपाध्यक्ष रसाईलीलाई आइतबार अख्तियारी पत्र अध्यक्ष […]