कालिकाको सहपुर विद्यालयमा नि:शुल्क स्वास्थ्य शिविर

कालिका, २० जेठ । चितवनको कालिका नगरपालिका वडा नम्बर २ स्थित आधारभूत विद्यालय सहपुरमा नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ । कालिका भजन समुह र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा गरिएको शिविरमा पाठेघरको मुखको क्यान्सर तथा पेट, छाती र टाउको सम्बन्धि नि:शुल्क स्वास्थ्य जाँच भएको थियो । शिविरमा कालिका नगरपालिकाका वडा नम्बर २, ३, ४ र […]
एमाले मकवानपुरकाे अध्यक्ष पदमा ४ जनाको प्रतिस्पर्धा

मकवानपुर, २० जेठ । नेकपा एमाले मकवानपुरको नेतृत्व चयनका लागि आइतबार दिउँसाेबाट मतदान भइरहेकाे छ । एमाले मकवानपुरकाे १२ औं अधिवेशनले ५ पदाधिकारीसहित १०० सदस्यीय कमिटी निर्वाचन गर्ने छ । १ पदमा उम्मेदवारी बढी दर्ता भएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयनकाे प्रक्रिया अघि बढाइएको हो । एमाले मकवानपुरको १२ औँ अधिवेशन १८ गते शुक्रबारबाट सुरु भएकाे […]
राष्ट्रिय पर्या कविता प्रतियोगितामा मकवानपुरका कवि सुवास सजल प्रथम

भरतपुर, २० जेठ । ‘भरतपुर भ्रमण वर्ष २०२४’ को अवसरमा पर्यटकीय क्षेत्र पटिहानीमा आयोजित राष्ट्रिय पर्या कविता प्रतियोगितामा मकवानपुरका कवि सुवास सजल प्रथम भएका छन् । भरतपुर महानगरपालिकाको आयोजना, राप्ती तटीय सरसफाई अभियानको सहयोगमा भएको प्रतियोगितामा सुवासले ‘चौतारोः एक आत्मालाप’ शीर्षकमा कविता वाचन गरेका थिए । यस्तै रौतहटकी कवि रेनुका जिसीले `उभिएर आफ्नै चिहानमाथि’ शीर्षकको […]
शिवमन्दिर खानेपानीको अध्यक्षमा घिमिरे निर्वाचित

कावासोती, २० गते । कावासोती नगरपालिका- १ मा रहेको शिवमन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा राजकुमार घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको अधिवेशनबाट घिमिरे निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित घिमिरेले ६ सय ९२ मत प्राप्त गरेका छन् । प्रतिष्पर्धी नारायणप्रसाद पन्तले ३ सय ४८ मत प्राप्त गरेका छन् । १ हजार […]
शार्दुल भट्टराई र दामोदर पुडासैनी किशाेर सम्मानित

मकवानपुर, २० जेठ । साहित्य संगम मकवानपुरले २ जना स्रष्टालाई सम्मान गरेकाे छ । साहित्य सङ्गम मकवानपुरले शनिबार गरेकाे लघुकथा उत्सव कार्यक्रममा शार्दुल भट्टराई र दामोदर पुडासैनी किशाेरलाई सम्मान गरेकाे हाे । भट्टराईलाई गोपालप्रसाद रिमाल स्मृति साहित्य सम्मान तथा किशाेरलाई साहित्य सङ्गम मकवानपुर कृति सम्मान प्रदान गरिएकाे हाे । हेटाैंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले सम्मानित […]