`मौन विद्रोह´मा भेटिने नारी मनोविज्ञान

नेपाली आख्यानको क्षेत्रमा कान्छो उपन्यासकार हुन्, सुभाष घिमिरे । झन्डै दुई दशक अमेरिका रहेर नेपाल फर्किएका उनी अहिले साहित्य साधनामा लीन छन् । पछिल्लो समयमा निस्किएको मौन विद्रोह यिनको पहिलो औपन्यासिक कृति हो । आख्यानले साहित्यिक बजार तताइरहेको यो समयमा आख्यानकार घिमिरेको प्रवेश आशलाग्दो देखिन्छ । सरुभक्त लिखित `चुली´ उपन्यासको अङ्ग्रेजी अनुवादसहित साहित्यमा प्रवेश गरेका […]

रामगीता वाङ्मयद्वारा शर्मा, विमल र घिमिरे पुरस्कृत

काठमाडौँ, २० वैशाख । रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ । मन्दिरले बुधबार काठमाडौँको सर्वनाम नाटकघरमा एक भव्य समारोहको आयोजना गरेर वरिष्ठ नाटककार हरिहर शर्मा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल र रेडियोकर्मी अच्युत घिमिरे बुलबुललाई सम्मान गरेको हो । मन्दिरले शर्मालाई अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार, विमललाई प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार […]