सिस्नुपानी मकवानपुरद्वारा हास्यव्यङ्ग्य स्रष्टा मजगैयाँ र पौडेल सम्मानित

मकवानपुर, १९ वैशाख । सिस्नुपानी नेपाल मकवानपुरले २ जना स्रष्टाहरूलाई सम्मान गरेको छ । बुधबार आफ्नो स्थापना दिवसको अवसरमा दाङ जिल्लाका उत्तमकृष्ण मजगैयाँ र मोरङ जिल्लाका अनिल पौडेललाई हास्यव्यङ्ग्य लेखनका लागि सम्मान गरेको हो । मकवानपुर र अन्य जिल्लाका वाद्यवादक, गायक, नाट्यकर्मी, साहित्य सर्जकहरूले यसअघि विभिन्न कार्यक्रमहरूमा विभिन्न भूमिकामा सहयोग गरेकोमा उहाँहरूलाई समेत स्थापना दिवसको […]

सार्वजनिक यातायातमा भरतपुर भ्रमण वर्षको स्टिकर

भरतपुर १९, वैशाख । भरतपुर महानगरपालिकाले सार्वजनिक यातायातहरूमा भ्रमण भरतपुर वर्षको लोगो अङ्कित स्टिकर टाँस्न शुरु गरेको छ । भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनको लागि भरतपुर महानगरपालिकाले वडा नम्बर ९ स्थित केन्द्रीय बस टर्मिनलमा एक कार्यक्रमको आयोजना गरि सवारीसाधनमा स्टिकर टाँस्न शुरु गरेको हो । भरतपुर भएर चल्ने लामो तथा छोटो दुरिका सबै सार्वजनिक […]

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् । विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिदै उनले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील […]