२०८१ वैशाख ५ गते बुधबारको कायाकैरन दैनिक (ePaper)

एमाले चितवनको ११ औँ जिल्ला अधिवेशन जेठमा हुने

भरतपुर, ४ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको ११ औँ जिल्ला अधिवेशन आगामी जेठ १० देखि गर्ने निर्णय गरिएको छ । जिल्ला कमिटी बैठकले जेठको १०, ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई सहभागी हुन अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ । […]
२०८१ वैशाख ४ गते मंगलबारको कायाकैरन दैनिक (ePaper)

निगमको चौथो चलचित्र ‘भाइरल गोर्खे´को छायाङ्कन थालिँदै

भरतपुर, ४ वैशाख । चर्चित निर्देशक निगम श्रेष्ठले नयाँ चलचित्र घोषणा गरेका छन् । नयाँ पोष्टर सार्वजनिक गर्दै उनले आफ्नो चौथो चलचित्र ‘भाइरल गोर्खे’ निर्माण थालनीको घोषणा गरेका हुन् । द जिएमआई एकेडेमी र निर्वाणा फिल्म स्कुलको व्यानरमा निर्माण हुन लागेको चलचित्रका निर्माता विशाल ताम्राकार र महेश लामिछाने रहने छन् । भरतपुर चितवन निवासी युवा […]
चितवन आउँछन् वार्षिक तीन लाख पर्यटक

भरतपुर, ४ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र मेघौली उपभोक्ता समिति भरतपुर २७ र २८ ले विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउन सुरु गरेको छ । सोमबार भरतपुर २७ मेघौलीमा समितिले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाउन सुरु गरेको हो । सोमबारबाट सुरु भएको रजत जयन्ती समारोह मंगलबारसम्म चल्ने छ । रजत […]
उत्सवै उत्सवको वर्ष : भरतपुर भ्रमण वर्ष

भरतपुर, ४ वैशाख । सन् २०२४ भरतपुर महानगरपालिकाका लागि उत्सवैउत्सवको वर्ष बनेको छ । भ्रमण वर्षको उद्घाटनसँगै महानगरपालिकाभित्र छोटो समयको अवधिमा एक दर्जनभन्दा बढी कार्यक्रम सम्पन्न भएका छन् । भ्रमण वर्षको अवसरमा रैथाने फुड फेष्टिबल, पशुपन्छी तथा औषधि व्यवसायी संघको केन्द्रीय महाधिवेशन, होटल व्यवसायी संघको केन्द्रीय बैठक, साइकल जंगल राइड, साइकल ¥याली, म्याराथन, लायन्स क्लब […]