हंस सहकारीका सदस्यलाई चितवन मेडिकल कलेजमा छुट हुने

भरतपुर, २९ चैत । भरतपुर महानगरपालिका वडा नम्बर- १, नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्यहरुले चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा उपचारका लागि २० प्रतिशत छुट पाउने भएका छन् । बिहीबार संस्था र अस्पतालबीच भएको सम्झौताअनुसार संस्थाका सदस्यहरुलाई अस्पतालमा उपचारका क्रममा २० प्रतिशत एवम् औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख […]

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन चितवनको जिल्ला परिषद् सम्पन्न

भरतपुर, २९ चैत । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन चितवनले आफ्नो ४४ औँ शिक्षक दिवस तथा २४ औँ जिल्ला परिषद् सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति चितवनको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सरकार आर्थिक मामला तथा योजना मन्त्री जगन्नाथ थपलिया रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थपलियाले समाज रुपान्तरणको सर्वाधिक महत्त्वपूर्ण […]

आज ‘ईद उल फित्र’, सार्वजनिक बिदा

भरतपुर, २९ चैत । आज सार्वजनिक बिदा दिइएको छ । इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेपछि ‘ईद उल फित्र’ बिहीबार मनाउने भएपछि आज सार्वजनिक बिदा दिइएको हो । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको थियो । ईदको दिनमा नमाज पूरा गरे […]