महामन्त्रीका लागि आशीर्वाद लिन आएको छु : शर्मा

भरतपुर, १ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा निर्वाचन जित्नका लागि आफू चितवनको माटोको आशीर्वाद लिन आएको बताएका छन् । नेपाली कांग्रेस भरतपुर महानगर वडा नम्बर ७ ले आयोजना गरेको कार्यक्रममा ‘दलमा रूपान्तरण र देशमा रूपान्तरणको अनिवार्य शर्त’ नामक अवधारणापत्र सार्वजनिक गर्दै शर्माले यस्तो बताएका हुन् । २१ वर्ष पहिले चितवनमा सम्पन्न […]

“मागेर पार्टी चलाउने र पार्टी बेचेर घर चलाउने कामको अन्त्य हुनुपर्छ”

उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष भई २०७२–७४ को कार्यकाल सफलतापूर्वक पूरा गरेका राजन गौतम नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेश समितिको पूर्वउपाध्यक्ष पनि हुन् । भरतपुर महानगरपालिका–३ निवासी गौतमको राजनीतिक यात्रा उनले एसएलसी दिएको बालकुमारी माध्यमिक विद्यालयबाट २०५० सालमा सुरु भयो । त्यतिबेला उनी नेपाल विद्यार्थी संघ बालकुमारी इकाई अध्यक्ष थिए । बालकुमारी कलेज नारायणगढबाट […]

चितवनमा हुने एमाले महाधिवेशनको तयारी तीव्र

भरतपुर, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको तयारी तीव्र गतिमा अगाडि बढेको बताएका छन् । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको पार्टीको आसन्न १० औं महाधिवेशनको तयारीबारे जानकारी दिन बुधबार भरतपुरमा राखिएको पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशन व्यवस्थापनको काम तीव्र गतिमा अगाडि बढेको […]

सभापतिमा चुनाव लड्ने महामन्त्री कोइरालाको घोषणा

भरतपुर, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन् । आज सङ्खुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताएका हुन् । पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो । उनले […]

काठमाडौंमा यो वर्षकै बढी चिसो

काठमाडौं, १ मंसिर । काठमाडौं उपत्यकामा बुधवार यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको हो । मंगलवार भने काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम […]

सुनको मूल्य घट्यो

काठमाडौँ, १ मंसिर। नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९४ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ यसको […]

चितवनमा कोभिडविरुद्धको खोपको माग न्यून

भरतपुर, १ मंसिर । जिल्लामा कोभिडविरुद्धको खोप लगाउन चाहनेहरुको सङ्ख्या न्यून हुँदै गएको छ । जिल्लामा खोप कार्यक्रममा लगाउन आउनेहरुको सङ्ख्या अत्यन्त न्यून हुँदै गएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार हालसम्म जिल्लामा पहिलो मात्रा तीन लाख ११ हजार ८८९ जनाले लगाइसकेका छन् । पूर्ण मात्रा लगाउनेको सङ्ख्या दुई लाख ५९ हजार ९७७ […]

चीन अब विश्वकै धनी मुलुक

भरतपुर, १ मंसिर । छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । तर अमेरिकाको सम्पत्ति भने सोही गतिले बढेको देखिँदैन । कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको ताजा रिपोर्टअनुसार पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको छ […]