`भुल्न नसकिएको अतीत´माथि गैंडाकोटमा चर्चा

गैंडाकोट, २ असोज । स्रस्टा रामहरि श्रेष्ठको संस्मरणसङ्ग्रह `भुल्न नसकिएको अतीत´ माथि समीक्षा कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ चितवन वाङमयको आयोजनामा समीक्षा कार्यक्रम गरिएको हो । पुस्तकमा २०४६ सालको जनआन्दोलनका विविध बिषयलाई संस्मरणको रूपमा प्रस्तुत गरिएको छ । `आन्दोलनका अभियन्ता रामहरि श्रेष्ठले आन्दोलनका विविध घटनाक्रमलाई संस्मरणको रूपमा पुस्तकमा समेट्नु भएको छ´ पुस्तकमाथि बोल्दै […]
परिवार नियोजन सङ्घद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी

काठमाडौँ, २ असोज । नेपाल परिवार नियोजन सङ्घले निः सन्तान दम्पतीका लागि ‘आइभिएफ’ क्लिनिक सञ्चालनमा ल्याउने भएको छ । विशेष गरी आइभिएफ प्रविधि भन्नाले महिलाको डिम्बमा शुक्रकिट राखी गर्भधारण गराउने प्रक्रियालाई बुझाउँदछ । यसका लागि पुल्चोकस्थित सङ्घको केन्द्रीय कार्यालयमा आवश्यक तयारी गरिएको छ । नेपाली स्त्रीरोग विशेषज्ञसहित भारतीय विशेषज्ञले क्लिनिकल सेवा प्रदान गर्नेछन् । यौन […]
नक्कली नोट सहित दुई भारतीय पक्राउ

जलेश्वर, २ असोज । औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शंकर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरीे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले […]
न्यून जनशक्तिमा उच्च उत्पादन दिँदै एशियन कङ्क्रिटो

भरतपुर, २ असोज । मानवीय जनशक्तिको सट्टा उच्चतम प्रविधिको प्रयोग गरी एक उद्योगले औद्योगिक उत्पादनलाई उदाहरणका रुपमा अघि बढाएको छ । त्रिवेणी सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ मा रहेको एशियन कङ्क्रिटोले आधुनिक प्रविधिको प्रयोग गरेर कम जनशक्तिमै उच्च उत्पादन लिन सफल भएको हो । उद्योगले दैनिक एक हजार ५०० हाराहारी मजदुरले गर्नुपर्ने काम स्वचालित उपकरणको […]
अध्यक्ष रेग्मीको प्रश्न: संवैधानिक अभ्यास कता लम्किँदै छ?

काठमाडौँ, २ असोज। तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधान जारी भएको सातौँ वर्षसम्म आइपुग्दा हाम्रा संवैधानिक अभ्यास कतातिर लम्किँदै छन् भनी फर्केर हेर्न जरुरी भएको बताउनुभएको छ । संविधान दिवस २०७८ का अवसरमा राष्ट्रिय समचार समिति(रासस)का प्रतिनिधिसँग कुराकानी गर्दै उहाँले नेपालीको सुखद् भविष्यका लागि असल अभ्यासका साथ संविधानका उद्देश्य र लक्ष्य साकार तुल्याउन एकजुट भई […]
राप्तीमा कान्छा लामाको हत्या: आरोपितलाई पक्राउ गर्ने क्रममा झडप, प्रहरीसहित सात जना घाइते

भरतपुर, २ असोज । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन् । प्रहरी उपरीक्षक ओम अधिकारीका […]
चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने

मुग्लिन, २ असोज । चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् । परापुर्व कालदेखि नै प्रकृतिलाई भगवान्को रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् । आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा धर्म, संस्कृति, परम्परा रहेकाले जनगणनामा धर्मका ठाउँमा प्रकृित उल्लेख गर्ने नेपाल […]