मेस्सीले पेनाल्टी मिस गर्दा अर्जेन्टिना बराबरीमा रोकियो

भरतपुर, २ असार । विश्वकप समूह ‘डि’ को पहिलो खेलमा साविक उपविजेता अर्जेन्टिना र पहिलो विश्वकपमा खेल्दै गरेको आइसल्यान्ड १-१ को बराबरीमा रोकिएका छन् । खेलको १९ औं मिनेटमा मार्कोस रोहोको पासमा सर्जियो अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै आइसल्यान्डले खेल बराबरी गरेको हो । आइसल्यान्डका लागि स्ट्राइकर अल्फ्रेड फिन्बोगासनले […]

अष्ट्रेलियाविरुद्ध फ्रान्सको संघर्षपूर्ण जित

भरतपुर, २ असार । विश्वकप समूह ‘सी’को पहिलो खेलमा दाबेदारका रुपमा हेरिएको फ्रान्सले अष्ट्रेलियालाई २-१ ले हराएको छ । फ्रान्सको जितमा पल पोग्बाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफलाई गोलहरुले रोमाञ्च थपे । एन्टोइन ग्रिजम्यानमाथि गरिएको फललाई ५८ औं मिनेटमा पेनाल्टी दिइएको थियो । सो निर्णयमा भर्चुअल असिस्टेन्ट रेफ्री (भिएआर) […]

बाढीपीडितका लागि माडीमा सुरक्षित भवन

ध्रुवराज खनाल चितवन, २ असार । माडी÷चितवनको अन्य ठाउँको तुलनामा माडी उपत्यका बाढीबाट धेरै प्रभावित हुन्छ । यहाँ रहेका दर्जनौं खहरे खोला वर्षायाममा माडीबासीका लागि अभिशाप बन्ने गरेको छ । सानो पानी पर्दा पनि यहाँका खहरेमा भेल उर्लन्छ । यसको प्रत्यक्ष असर खोला किनारका स्थानीयमा पर्दै आएको छ । बाढीबाट प्रभावित हुने माडी नगरपालिकाको पनि […]

प्रदेश ३ को राजधानी चितवन !

विप्लव काफ्ले चितवन, २ असार । झण्डै एक दशकअघि देशकै ‘वैकल्पिक राजधानी’ बनाइने भन्दै चासोमा परेको चितवन फेरि ‘प्रदेश राजधानी’ बन्ने चर्चा सुरु हुन थालेको छ । ३ नम्बर प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समिति शुक्रबार चितवनको वस्तुस्थितिबारे जानकारी लिन आएसँगै फेरि चर्चा चुलिएको छ । समितिले जिल्ला समन्वय समिति चितवनको कार्यालयमा राय सुझाव लिएको […]