पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

१७ पुस । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँ मूल्य बढाइएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ […]
Kayakairan 18 Push 2074
हरेक नेपालीलाई धर्म परिवर्तन गर्ने स्वतन्त्रता रहेको छः उपराष्ट्रपति पुन

पुस १७ / उपराष्ट्रपति नन्दबहादुर पुनले धर्मनिरपेक्ष नेपालमा हरेक नेपाली आफूले इच्छाएको धर्म ग्रहण गर्न स्वतन्त्र रहेको बताएका छन् । यशु ख्रिस्टको जन्मोत्सव तथा नयाँ वर्ष २०१८ का उपलक्ष्यमा राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै, “नयाँ संविधान घोषणापछि अब हामी बिल्कुल नयाँ […]
कान्छी’ औँलाबाट मान्छेको स्वभाव यसरी थाहा पाउँनुस

प्राचिन पढाई प्रविधीअनुसार हातको सानो औंलाले हाम्रो चरित्रबारे धेरै भन्न सक्ने कुरा सुन्दा हामीलाई अनौठो लाग्न सक्छ । आज हामी तपाइँलाई दक्षिण कोरीयाली विधिबारे जानकारी दिन्छौं । जस्ले गर्दा तपाइँले मानिसको सानो औंला हेरी त्यस मानिसको बारेमा धेरै कुरा थाहा पाउन सक्नुहुन्छ । औंलाको पढाईका लागि प्रमुख कारक आकार र लम्बाइ हुन् । प्रत्येक औंलामा […]
आजबाट ईश्वी सम्वत्को नयाँ वर्ष २०१८ सुरु

१७ पुस। आजबाट ईश्वी सम्वत्को नयाँ वर्ष २०१८ सुरु भएको छ । यो सम्वत् प्रचलनमा रहेका देशहरुमा धूमधामका साथ नयाँ वर्षको स्वागत गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्ष आगमनको स्वागत गरिएको छ । पर्यटकीय स्थलहरुमा राति अबेरसम्म नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम भएका छन् । यस अवसरमा शुभकामना आदानप्रदान गर्ने चलन […]
लागुऔषधसहित एक युवक पक्राउ

नवलपरासी, पुस १७ – जिल्ला प्रहरी कार्यालय नवलपुरले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चोरमारा चालिस किलो भन्ने स्थानबाट बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दोलखाको देउराली बस्ने १७ वर्षका सुनिल लामालाई प्रहरीले पक्राउ गरेको हो । राजमार्गमा खटिएको प्रहरीको टोलीले जाँच गर्दा लामाको साथबाट फेनारगन १५ एम्पुल, नुफिन १५ एम्पुल र डाइजेपाम […]
स्वस्थानी व्रत आजदेखि सुरु

पुस १७- पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ ।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा […]
अनेक अत्तो थापेर सत्तामा लिप्त देउवा, वामपन्थीको सरकार डाँडा पारि !

पुस १७, पुसको ठण्डीले तापक्रम ओह्रालो लाग्दोछ भने नेपालको राजनीति भने राष्ट्रिय सभाको निर्वाचन पहिला कि नयाँ सकार पहिला भन्ने तात्तोतातो बहसले पारो चढ्दै गएको छ । बहुमतको अंहले गर्दा वामगठबन्धन र सत्ता छोड्नुपर्दाको पीडाले घाईते भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल राजनीतिक निकास पक्षमा टसमस भएको देखिंदैन । तत्काल समस्या सम्बोधन […]