चितवन क्षेत्र नं २ ले जोड्दैछ पहाड र तराई

नारायण अधिकारी चितवन, ११ मंसिर / सूर्याेदय अवलोकन गर्न सकिने जिल्लाकै सबैभन्दा अग्लो पहाड सिराइचुलीदेखि प्रमुख शहर नारायणगढसम्म फैलिएको चितवन क्षेत्र नं २ मा यसै क्षेत्रका दुई पूर्व सांसद चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहनुभएको छ । गिठ्ठा भ्याकुर खाएर जीविकोपार्जन गर्ने चेपाङदेखि चिल्ला गाडीमा गुड्ने धनाड्यसम्म रहेको यस क्षेत्र भौगोलिक हिसाबले विविधताले भरिएको छ । लोकतान्त्रिक […]
कम्युनिस्टले बहुमत पाए फेरि चुनाव नै हुँदैन ः प्रधानमन्त्री देउवा

तेह्रथुम, ११ मंसिर (रासस) ः प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाउनुभएको छ । यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन ? भन्ने जनमत संग्रह नै भएको भन्दै प्रधानमन्त्री देउवाले काँग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था […]
रत्ननगर महोत्सव हुने

चितवन ११ मंसिर / जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै आगामी पुस २७ गतेदेखि रत्ननगर महोत्सव हुने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको सो महोत्सव यसपटक कृषि विशेषका रुपमा आयोजना गर्न लागिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिनुभयो । चितवनमा प्रधानमन्त्री […]
ढाँट छल गर्ने समय सकियो ः मन्त्री पाण्डे

चितवन, ११ मंसिर (रासस) ः वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले सम्भव नै नभएका सपना बाँडेर मत आफ्नो पक्षमा पार्ने काम गर्न नहुने बताउनुभएको छ । चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका पाण्डेले आज भरतपुर महानगरपालिका–८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ढाँटछल गर्ने समय सकिएको बताउनुभयो । जनता जागरुक भएकाले जे […]
अस्थिरताको दुश्चक्रबाट देशलाई मुक्त बनाउन वाम गठबन्धन ःअध्यक्ष प्रचण्ड

चितवन, ११ मंसिर (रासस) ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अस्थिरताको दुश्चक्रबाट मुक्त बनाउन वामगठबन्धन गरिएको बताउनुभएको छ । माडीको वसन्तपुरमा आज आयोजित चुनावी सभामा राजनीतिक अस्थिरताका कारण देशको विकास हुननसकेको बताउँदै उहाँले वाम गठबन्धले नै अस्थिरता अन्त्य गर्ने बताउनुभएको हो । सिंगो राष्ट्रको आर्थिक तथा सामाजिक विकासका लागि आफूले निर्वाचनमा भाग […]
चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, ११ मंसिर / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । भैँसी बोकेर रौतहटको गौरबाट काठमाडौँ जाँदै गरेको ना५ख २५६६ नंको ट्रकले गएराति पैदलयात्रीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । भरतपुर महानगरपालिका वडा नं २९ स्थित गाईघाटमा भएको उक्त दुर्घटनामा परी अन्दाजी ५०, ५२ वर्षीय एक पुरुषको मृत्यु […]