घाँस खेतीमा नयाँ प्रविधि

विप्लव काफ्ले भरतपुर, चोकर दाना मूल्यवृद्धिको चपेटामा परेका किसानले नयाँ प्रविधिको प्रयोग गरी उत्पादन लागत घटाउँदै आम्दानी बढाउने जुक्ति खोजेका छन् । भरतपुर महानगरपालिका फूलबारीका बिउ बेर्ना उत्पादक किसान शंकर केसी घाँसलाई साईलोपिट प्रविधिमार्फत घाँस आपूर्ति गर्ने काममा जुटेका छन् । घाँसको बेमौसममा पनि सहजै घाँस व्यवस्थापन गर्ने प्रविधि उनले सुरु गरेका हुन् । “घाँसलाई […]

मुग्लिन पारि त्रिशूली तिरै–तिर दुई लेनको सडक !

 काठमाडौं, १२ साउन। सरकारले मुग्लिन–नारायणगढ सडकको विकल्पमा अर्को सडक बनाउने योजना अघि सारेको छ । मुग्लिनबाट चितवन, रामनगर नजिकै ठिमुरासम्म दुई लेनको वैकल्पिक सडक बनाउन सडक विभागले अध्ययन गर्न लागेको हो । मुग्लिन पारि त्रिशुलीको तिरै–तिरका क्षेत्रलाई समेटेर सडक बनाउन एसियाली विकास बैंक (एडीबी) अन्तरगतको सडक आयोजना निर्देशनालयले तयारी थालेको हो ।   आयोजनाका निर्देशक […]

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), १२ साउन । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरिक्षक कृष्ण सापकोटाका अनुसार बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ । बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० […]

सातै प्रदेशबाट द्वन्द्वकालीन घटनाको अनुसन्धान सुरु

कालिका खड्का काठमाडौँ, १२ साउन । द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगले सातवटै प्रदेशबाट अनुसन्धान सुरु गरेको छ । आयोगले सात प्रदेशमा खडा गरेको मुकामबाट द्वन्द्वकालीन घटनामा परेका उजुरीको अनुसन्धान सुरु गरेको हो  । आयोगले प्रदेश नं १, ३, ५, ६ र ७ मा गत जेठ २१,  प्रदेश […]

पर्सि शनिबार सातौँ विश्व बाघ दिवस मनाइने

काठमाडौँ, १२ साउन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी शनिबार सातौँ विश्व बाघ दिवस मनाउने भएको छ ।  ‘स्वच्छ पर्यावरण बाघको संरक्षणका लागि’ भन्ने मूलनाराका साथ सातौँ विश्व बाघ दिवस मनाउन लागिएको हो । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्र प्रमुखको सम्मेलनले बाघ […]

काल सर्प योगको नाममा ठगी !

 काठमाडौँ, १२ साउन । राजधानीमा आयोजित कार्यक्रमका वक्ताहरुले काल सर्प योगको नाममा सर्वसाधारणलाई ठग्ने कार्य भइरहेको भन्दै त्यसबाट सतर्क रहन आग्रह गरेका छन् । हरेक वर्ष नागपञ्चमीको दिन पारेर केही ज्योतिषीले काल सर्प योगको नाममा सर्वसाधारणलाई ठग्दै आएको भन्दै उनीहरुले ग्रन्थमा काल सर्पबारे कुनै कुरा उल्लेख नभएकाले त्यसमा विश्वास नगर्न आग्रह गरे । काल सर्प […]

चितवनका व्यवसायीलाई धम्क्याएर पैसा माग्ने सशस्त्र प्रहरीका भगौडा

विनोदबाबु रिजाल चितवन, १२ साउन । चितवनका एक नाम चलेका व्यवसायीलाई धम्काउँदै २० लाख असुल्ने प्रयास गरेका धादिङका ४ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय गुप्तचर निकाय ‘रअ’ को ‘नेपाल एजेन्ट’ भएको दावी गर्दै गोलीले उडाउनेसम्मको धम्की दिने उनीहरुलाई चितवन प्रहरीले आइतबार काठमाडौंको बसपार्कस्थित सिस्नेरी गेष्ट हाउसबाट नियन्त्रणमा लिएको हो । “रअ’को नेपाल प्रतिनिधि […]

जिससको ३१ करोड बढी फ्रीज

विप्लव काफ्ले भरतपुर, १२ साउन । जिल्ला समन्वय समिति चितवनले गत आर्थिक वर्षमा ३१ करोड ८९ लाख १० हजार ४ सय ८१ रुपैयाँ बराबरका योजना खर्च गर्न सकेको छैन । आर्थिक वर्ष २०७३÷७४ मा विनियोजित बजेट १ अर्ब ५० करोड ९८ लाख ८१ हजार १ सय २६ रुपैयाँमध्ये २१।१२ प्रतिशत रकम खर्च गर्न नसकेको हो […]