मुख्यसचिवको लज्जास्पद निर्णय

मुख्यसचिव डा. सोमलाल स्वेदी पदबाट राजीनामा नदिई एसियाली डेभलपमेन्ट बैंक (एडीबी)को जागिर खान ग्एका छन् । बहालवाला मुख्यसचिव यसरी जागिरको उद्देश्यले पद नै नछोडी देशबाहिर गएको यो पहिलो घटना हो । निजामती सेवाको सबैभन्दा उच्च पदस्थ व्यक्ति पदमुक्त नभई विदेशी संस्थाको जागिर खान जाँदा निजामती सेवा र सिंगो सरकारप्रतिको मर्यादा नै संकटमा पर्न सक्छ । […]
लेखेरै बाँच्ने वातावरण बन्दैछ : कवि सत्याल

सुदेश सत्याल नेपाली कविता साहित्यमा तगडा कविका रुपमा परिचय बनाउँदैछन् । सानै उमेरमा छन्दोबद्ध कवितामा विशेष उपस्थिति जनाइसकेका सत्याल राष्ट्रियस्तरको सम्मान पाइसकेका परिचित कवि हुन् । उनी अहिले देशव्यापी कविता सुनाउँदै हिड्छन् । उनी उदयीमान कवि सत्यालसँग लेखराम सापकोटाले गरेको छोटो कुराकानीः १) तपाईंका कवितामा के शक्ति छ, स्रोता र पाठकहरु तपाईंका कविता भनेपछि […]
नारायणी किनारमा कफीसँग काफिया

लेखराम सापकोटा भरतपुर, ३१ असार । नारायणी किनारको गैंडाकोट क्षेत्र शुक्रबार साँझ गजलमय बन्यो । प्रसिद्ध गजलकार गोविन्दराज विनोदी र धनराज गिरीका गजल सुन्न उपस्थित दर्जनौं गजलपारखी कफी पिउँदै पाका गजलकारका पाका गजल सुनेर रमाए । ‘दुई आँखी भौं त तयार छन् तरबार पो किन चाहियो, तिमी आफै मालिक भै गयौ सरकार पो […]
२२ करोड राहत बाँड्यो नारायणीले

विप्लव काफ्ले भरतपुर, ३१ असार । नारायणी यातायात व्यवसायी संघले दुर्घटनामा परेर सवारी तथा मानवीय क्षतिवापत २२ करोड वितरण गरिएको जनाएको छ । नारायणी यातायातअन्तर्गत सञ्चालित सवारी दुर्घटनामा परेर मानिसको मृत्यु भएको तथा घाइतेको उपचारमा संघले १५ करोड खर्च भएको जनाएको छ । जनदायित्वअन्तर्गत मानवीय क्षति दिदै आएको छ । यस्तै दुर्घटनामा क्षति पुगेका सवारी […]
कालिका नगरपालिकाको बजेट ३८ करोड

रत्ननगर, ३१ असार । कालिका नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३७ करोड ५८ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । २० वर्षपछि भएको स्थानीय निर्वाचनपछि पहिलो नगर सभाबाट शुक्रबार आर्थिक वर्ष २०७४÷७५ का लागि सो बजेट प्रस्तुत गरिएको हो । नगर प्रमुख (मेयर) खुमनारायण श्रेष्ठले प्रस्तुत गरेको नीति, बजेट तथा कार्यक्रम सभाले सर्वसम्मत […]
हिंसा बढी महिला र बालिकामाथि

विप्लव काफ्ले भरतपुर, ३१ असार । घटना–१ : भरतपुरमा मागी विवाह गरेर बच्चा जन्मिएपछि विदेश पुगेका युवाको श्रीमतीसँग राम्रै सम्बन्ध थियो । तर, स्वदेश फर्किएपछि श्रीमतीको करबलले परिवारसँग अंशवण्डा गरी बसे । तर, उनीकी श्रीमतीले आफ्नो नाममा अंशवण्डा गरिदिनुप¥यो, म सम्बन्धविच्छेद गर्छु भन्दै उनीबाट टाढिइन् । घटना–२ : श्रीमतीको मृत्युपछि दोस्रो विवाह गरेका चैनपुरका एक […]
उद्योग वाणिज्य संघ रत्ननगर अध्यक्षमा रेग्मी, सबै पद निर्विरोध

ध्रुवराज खनाल रत्ननगर, ३१ असार । रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्षमा राजाराम रेग्मी निर्वाचित भएका छन् । सुरुमा दुई जनाको उम्मेद्वारी परेपनि अन्तिम समयमा अर्का उम्मेद्वार यदुनाथ भट्टले उम्मेद्वारी फिर्ता लिएपछि रेग्मी निर्विरोध निर्वाचित भएका हुन् । रेग्मी संस्थापन पक्षबाट अध्यक्षका उम्मेद्वार हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका […]