नवलपरासीमा पाँच स्थानको नतिजा सार्वजनिक

नवलपरासी, १८ असार । नवलपरासीमा दुई स्थानमा नेपाली काँग्रेस र एक÷एक स्थानमा क्रमशः नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक फोरम विजयी भएको छ । सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकामा काँग्रेस, सुस्ता गाउँपालिकामा एमाले, पाल्हीनन्दन गाउँपालिकामा माओवादी केन्द्र र सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी बनेको हो । नवलपरासीमा कुल सातवटा स्थानीय तहमध्ये बर्दघाट र रामग्राम […]

उच्च शिक्षालाई वैज्ञानिक र गुणस्तरीय बनाइनुपर्छ ः प्रम

१८ असार । प्रधानमन्त्री एवम् त्रिविका कुलपति शेरबहादुर देउवाले मुलुकको उच्च शिक्षालाई समयसापेक्ष परिवर्तन गरी चुस्त शैक्षिक वातावरण निर्माणमा विश्वविद्यालयको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । त्रिवि सभाको ५८ औँ वार्षिक दिवस बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक वातावरण निर्माण गरी शिक्षालाई वैज्ञानिक, व्यावहारिक रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राथमिक शिक्षासँगै […]

त्रिशूलीमा खसेर एक बेपत्ता

चितवन, १८ असार । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकै एक व्यक्ति चिप्लिएर लड्दा त्रिशूलीमा खसेर बेपत्ता भएका छन् । बिवाहका लागि काठमाडौँबाट नवलपरासीको दलदले आउँदै गरेको लु१ख ९८८१ नंको गाडीमा सवार जन्तीसँगै रहेका करिब ४५ वर्षीय रञ्जन चापागार्इं सडकछेउबाट आज चिप्लिएर त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बिहान ५ः४५ […]