नारायणगढ–मुग्लिङ सडक बन्ने कहिले ?

कुमार चौलागाईं/नारायण अधिकारी कालीखोला (चितवन), १५ असार काठमाडौँको ‘लाइफलाइन’का रुपमा रहेको नारायणगढ–मुग्लिङ सडकखण्ड निर्माणमा चरम लापर्वाही भएको पाइएको छ । निर्माण कम्पनीले यो वा त्यो बहाना बनाई सडक निर्माणमा ढिलाइ गर्नाले त्यसको प्रत्यक्ष मार यात्रु तथा मालबाहक सवारीले बेहोर्नुपरेको छ । अहिले उक्त ३६ किलोमिटर खण्डको यात्रा गर्न घन्टाँै जाममा बस्नुपर्ने बाध्यता छ । तर, […]

भरतपुर वडा न.१९ समग्र महानगरकै नमुना वडा बनाउछु – रेणु दाहाल

प्रमिता ढकाल १५ असार । भरतपुर महानगरपालिकाका मेयर पदका उमेदवार रेणु दाहालले असारे चटारो संगै चुनावी चटारो कायम रहेको वडा नम्बर १९ लाई आफुले गुन तिर्ने बताएकीछिन् ।आज भरतपुर १९ को किरणगञ्जमा वडामा आयोजित असार १५ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदकी उमेदवार दाहालले हर क्षेत्रबाट वडा नम्बर १९ लाई समग्र महानगरकै नमुना वडा बनाउने […]

व्यवसायीको विरोधपछि धितोपत्र बजार प्रभावित

१५ असार । धितोपत्र बजारमा कारोबार गर्दा मूल्य अभिवृद्धि कर तिर्ने सम्बन्धमा प्रस्ट व्यवस्था नभएको भन्दै नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले विरोध जनाएपछि आज सेयर कारोबार प्रभावित भयो । बोर्ड र सङ्घबीच वार्ता भए पनि कुनै निष्कर्ष ननिस्केपछि बजारमा कारोबार रोकिएको हो । नेपाल स्टक एक्स्चेन्जमा आज सेयर कारोबार हुन नसकेपछि लगानीकर्ता निराश भएर फर्केका […]

नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी

भोजपुर, १५ असार । भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गर्नेमा पहिलो भएको छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो । माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पाँचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी हुनुभएको हो । […]

काँग्रेस र एमालेले बाजुरामा खाता खोले

भीमदत्तनगर, १५ असार । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बडीमालिका नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका एक÷एक वडाध्यक्षमा विजयी भएका छन् । बडीमालिका नगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर कार्की ५४० मत ल्याएर विजयी भएका छन् भने उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिल विकले २८३ […]

विपद् व्यवस्थापन योजना स्थानीयस्तरमै

विप्लव काफ्ले/कायाकैरन भरतपुर,१५ असार । विपद् तयारी तथा प्रतिकार्य योजना निर्माण कार्यलाई स्थानीयस्तरमै बनाउन जिल्ला विपद् व्यवस्थापन समिति चितवनले आग्रह गरेको छ । मनसुन पूर्व तयारीबारे बुधबार भएको छलफलमा स्थानीय तहले आ–आफ्नो वस्तुस्थितिअनुसार पूर्वतयारीमा रहन आग्रह गरिएको छ । साउन १५ गतेभित्र विपद् जोखिम न्यूनीकरण गर्ने योजना निर्माण गर्न समितिले आग्रह गरेको छ । प्रमुख […]

भरतपुरमा तीन दिनदेखि हराएका वृद्ध जङ्गलमा मृत भेटिए

चितवन, १५ असार । चितवनको भरतपुरमा तीन दिनदेखि बेपत्ता भएका एक वृद्ध बुधबार जङ्गलमा मृत फेला परेका छन् । भरतपुरको नवजागृति सामुदायिक वनभित्र बुधबार अपराह्न ४ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–११ प्रसिद्धि टोलका स्थानीयवासी ६० वर्षीय शेरबहादुर कुमाल यही असार ११ […]

पहिरो पन्छाएर बिहानदेखि यातायात सञ्चालन

चितवन, १५ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा खसेको पहिरो पन्छाएर आज बिहान ५ बजेदेखि यातायात सञ्चालनमा आएको छ । चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार गएराति १० बजे कालीखोलाको विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर बिहान ५ बजेदेखि बाटो खुलाइएको हो । गएरातिको पहिरोले यहाँ सात घन्टा यातायात अवरुद्ध भएको जनाइएको […]

सौराहा पनि २४ सै घण्टा खोल्न माग

धु्रवराज खनाल/कायाकैरन सौराहा,१५ असार । नेपालकै तेस्रो पर्यटकीय नगर रत्ननगरस्थित सौराहालाई २४ सै घण्टा सञ्चालन गर्न यहाँका व्यवसायीले माग गरेका छन् । रत्ननगर नगरपालिकाका निर्वाचित जनप्रतिनिधीको स्वागत तथा सम्मानमा बुधबार आयोजित कार्यक्रममा सौराहाका व्यवसायीहरुले व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न पाउनुपर्ने बताए । क्षेत्रीय होटल संघ सौराहा चितवनका अध्यक्ष सुमन घिमिरेले चाँडै व्यवसाय बन्द गर्नुपर्दा […]

आज धान दिवस,दही चिउरा खाँदै मनाइदैं

१५ असार । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका […]