प्रदेश नं २ को निर्वाचन सार्ने निर्णयप्रति एमालेको आपत्ति

१ असार । नेकपा (एमाले)ले यही असार १४ गतेका लागि प्रदेश नं १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नं २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गरेको छ । पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा पटक पटकका वार्तामा आफ्नो दलले कुनै […]
नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक

नवलपरासी, १ असार । नवलपरासी जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक लगाएको छ । ठेक्का लगाएर खोलाबाट ढुङ्गा गिट्टी र बालुवासहित नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको स्थानीय विकास अधिकारी युवराज कटेलले जानकारी दिनुभयो । चालु आवमा लगाइएको ठेक्का सम्झौताअनुसार जेठ मसान्तसम्मका लागि मात्र भएकाले नदीजन्य सामग्री निकासीका सबै कार्य रोक्नका […]
प्रदेश नम्बर २ को चुनाव सर्यो , अन्य प्रदेशमा असार १४ मै चुनाव

१ असार । सरकार र आन्दोलनरत राष्ट्रिय जनता पार्टीबीच सहमति भएको छ । दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा असार १४ गते नै चुनाव गर्ने सहमति भएको हो । प्रदेश नं १, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले २ […]
सरकारको निर्वाचन सार्ने प्रस्ताव निर्वाचन आयोगद्वारा अस्वीकार

१ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचन सार्न निर्वाचन आयोगले अस्वीकार गरेको छ । विहिबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा आयोगले निर्वाचन सार्न अस्विकार गरेको हो । राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गतेको निर्वाचन बोथोल्नेगरी आन्दोलनमा थालेपछि सरकारले दुई नम्बर प्रदेशसहित तराईका केही जिल्लामा चुनाव सार्ने प्रस्ताव निर्वाचन आयोगसमक्ष गरेको थियो । तर, […]
कक्षा ११ को परीक्षा आजदेखि सुरु

१ असार, स्थानीय तह चुनावका कारण सरेको कक्षा ११ को परीक्षा आजदेखि सुरु भएको छ। परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको राष्ट्रिय परक्षा बोर्डले जनाएको छ। सरकारले निर्वाचनको मिति पुनः सारेपछि असार ८ गतेदेखि तय भएको परीक्षा आजदेखि सुरु गर्ने बोर्डले निर्णय गरेको थियो। परीक्षामा देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागी हुँदैछन्। यसमध्ये दुई […]
लन्डनको २४ तल्ले भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु

असार १,लन्डन । पश्चिम लन्डनमा अवस्थित एक आवासीय ‘टावर ब्लक’ मा बुधबार बिहानबाट सुरु भएको भीषण आगलागीमा परी हालसम्म १२ व्यक्तिको मृत्यु भएको छ । यस आगलागीमा परी दर्जनौँ घाइते भएका र ५० व्यक्तिलाई उपचारार्थ अस्पताल लगिएको हुनाले मृतक सङ्ख्या बढ्नेसमेत अनुमान गरिएको छ । थुप्रैको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने चिकित्सकलाई उधृत […]
समुदायको दिगो विकासका लागि सामुदायिक वन

पवन सुवेदी सामान्यतया सामुदायिक वन भनेको समुदायको हितको लागि सामुदायिक लगानीमा सार्वजनिक स्थानमा स्थापना भएको सानो वन जसलाई सामुदायिक वन भनेर बुझिन्छ । यसको सम्पूर्ण अधिकार समुदायमा निहित रहेको हुन्छ । सामुदायिक वनको अवधारणा सन् १९७० को दशकबाट आएको अवधारणा हो । नेपालमा सामुदायिक वनको अवधारणा सन् १९७८ मा यसको सुरुवात भएको पाईन्छ । […]
ज्योतिषले किन रोके देउवालाई बालुवाटार सर्न ?

१ असार । ज्योतिषविद्यामा विश्वास गरेका कारण नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन्। उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ। ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विघ्नबाधा आउने […]
छोराछोरीको १० प्रतिशत तलब वृद्ध बुबाआमालाई,बिहे गरेकी छोरीले पनि दिनुपर्ने

१ असार । विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ। सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ऐन संशोधनको प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ। आफ्नै सन्ततिबाट वृद्ध बुबाआमा पीडित र अपहेलित […]
क्षति घटाउन कम ध्यान
सुविधासम्पन्न बेलायतको लन्डन शहरमा मंगलबार आगलागी हुँदा बेलैमा निभाउन सकिएन । २४ तले ग्रेनफेल टावर अपार्टमेन्टमा आगलागी हुँदा निकै सुविधासम्पन्न दर्जनौं दमकल तथा तालिम प्राप्त जनशक्ति परिचालन गर्दा पनि कयौं घन्टासम्म आगो निभाउन सकिएन । आगलागी भएको घन्टौं बितिसक्दा पनि आगो निभाउन र भवनमा फसेकाको उद्धार गर्न लन्डनका अग्निनियन्त्रकलाई हम्मे परेको थियो । हाम्रो मुलुकमा […]
क्यान्सरमा भित्रियो अत्याधुनिक मेसिन

विप्लव काफ्ले/कायाकैरन भरतपुर,१ असार। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक मेसिन भित्राइएको छ । चीन सरकारको आर्थिक सहयोगमा १ करोड बराबरको ‘सेल सेप्रेटर मेसिन’ सञ्चालन गरिएको हो । सेल सेप्रेटर (कोषिका छुट्याउने) मेसिन करिब १५ दिनअघि ल्याइएको थियो । तर, प्राविधिक नहुँदा तत्काल सुचारु हुन सकेको थिएन । भारतबाट प्राविधिक ल्याएर सेवा सुरु गरिएको छ […]
शक्तिखोर औद्योगिक क्षेत्रको अवलोकन

भरतपुर,१ असार । चितवनको कालिका नगरपालिका–४ स्थित शक्तिखोरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरका औद्योगिक क्षेत्रको अध्ययन तथा अवलोकन गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण सापकोटा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं चितवन उद्योग संघका निवर्तमान अध्यक्ष कृृष्णप्रसाद अधिकारी, […]
सडक छेउका बूढा रुख ढालिए

भरतपुर,१ असार । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर गेट नजिकैको सडक छउमै रहेका दुई वटा सालको रुख ढालिएका छन् । रुख बूढो भएसँगै दुर्घटनाको जोखिम बढेको भन्दै बुधबार ढालिएका हुन् । नेपाल टिम्बर कर्पोरेसन चितवनले ढलाइएको साल व्यवस्थापन गरेको छ । जिल्ला वन कार्यालय चितवनले सडक छेउमा रहेको सालको रुख काट्न माघ महिनामा सडक डिभिजनलाई अनुरोध […]
जनप्रतिनिधिलाई कुमरोज वनको सम्मान

रत्ननगर,१ असार । पर्यटकको आकर्षण बढ्दै गइरहेको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले खैरहनी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ । बुधबार वनको हात्ती काउन्टरमा निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत अभिनय पाठक, बुढीराप्ती […]
क्षणभरमै ५ करोडको केरा क्षति

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,१ असार । चितवनमा केराखेतीतर्फ आकर्षण बढ्दै गएपनि वर्सेनि आउने हावाहुरीका कारण यहाँका किसानले करोडौंको घाटा व्यहोर्दै आएका छन् । बुधबार बिहान पानीसँगै आएको हावाहुरीले पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित चैनपुर र रत्ननगरस्थित पिठुवामा करोडौंको क्षति भएको छ । क्षतिबारे पूर्ण विवरण नआएपनि करिब ५ करोडको क्षति अनुमान चितवन केरा उत्पादक संघको छ । […]