वाल्मीकि एक्सपर्ट क्रिकेटको सेमिफाइनलमा

मनोरञ्जन शर्मा भैरहवा, ३० जेठ भरतपुरको वाल्मीकि शिक्षा सदन न्यू होराईजन उच्च मावि रुपन्देही र राजन मेमोररियल उच्च मावि कठमाडौंसँगै भैरहवामा जारी एक्सपर्ट स्कूल क्रिकेट च्याम्पियनसीप लिगको सेमीफाइनलमा प्रवेश गरेको छ । अनिरुद्ध उच्च मावि कञ्चनपुर यसअघि नै सेमीफाइनल पुगिसकेको थियो । प्रतियोगितामा मंगलबार खेलेको दोस्रो खेलमा पराजित भएपनि नेट रनरेटका आधारमा वाल्मीकिले अन्तिम चारको […]

असार २ मा तारेभीर आउने

३० जेठ । नेपाली चलचित्र ‘तारेभीर’ यही असार २ गतेदेखि प्रदर्शनमा आउँदैछ । राष्ट्रियताको विषय समावेश गरेर बनेको चलचित्र तारेभीर देशभरका सिनेमा हलहरुमा प्रदर्शनको अन्तिम तयारी रहेको छ । चलचित्रमा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिङ, प्रेम सुब्बा, डिके देवान, मञ्जु श्रेष्ठ, रञ्जिता राना, दिपेश श्रेष्ठ र अजय कुमार माझी लगायतका कलाकारहरुको अभिनय छ […]

कक्षा ११ को परीक्षा तयारी पूरा

३० जेठ । राष्ट्रिय परीक्षा बोर्डले आगामी असार १ गतेदेखि हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा ११ तयारी पूरा गरेको छ । परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थीका लागि कुल ९९३ केन्द्र तोकिएका छन् । बोर्डले आज पत्रकारसम्मेलन गरी परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री एवम् […]

गोलरहित बराबरी खेल्दै नेपाल र यमनले अंक बाँडे

३० जेठ । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । यस खेलसँगै नेपालले एक अङ्क जोडेको छ । यसअघि गत चैत […]

अब गोही, गौरीगाई र अजिङ्गरले आक्रमण गरे पनि राहत पाइने

चितवन, ३० जेठ । गोही, गौरीगाई र अजिङ्गरले मानिसलाई आक्रमण गरे पनि राहत पाइने भएको छ । यसअघि केही निश्चित वन्यजन्तुले आक्रमण गर्दामात्रै राहत दिने व्यवस्था थियो । हालै वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ को दोस्रो संशोधनले प्रजाति थपेर राहतको व्यवस्था गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले […]

भरतपुर मतगणना प्रकरण : सर्बोच्चले आज पनि सुनुवाई गर्न भ्याएन

३० जेठ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज पनि हुन सकेन । आज कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा सुनुवाई हुने भनिएको थियो तर समय अभावको कारण देखाउँदै आज पनि सुनुवाई हुन नसकेको हो ।अव असार ६ गते मंगलबारका लागि पेशी […]

बेँसीसहरमा एकैरातमा तीन ठाउँमा चोरी

लमजुङ (बेँसीसहर), ३० जेठ । सदरमुकाम बेँसीसहरमा एकैरातमा तीन स्थानमा चोरी भएको छ । केही साताअघिमात्रै बजारमा जडान गरिएका सिसी क्यामेरा समेत छलेर चोरी भएको हो । बँेसीसहर–२, भकुण्डेस्थित अभिषेक किराना पसलबाट रु पाँच हजार ५००, रु तीन हजार ५०० बराबरको एनटिसी र एनसेलको रिचार्ड कार्ड, सूर्य चुरोट एक बन्डल र एउटा कोरियन झोला गरी […]

‘दोस्रो चरणको निर्वाचनका लागि आयोगको तयारी पूरा’

३० जेठ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ । आज रिपोर्टस क्लबमा बोल्दै उहाँले अबको दुई दिनपछि उम्मेदवारी मनोनय दर्ताको प्रक्रिया सुरु हुने बताउनुभयो । दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, २, ५ र ७ का ४६१ स्थानीय तहका […]

चोरी गरेर फरार भएका दुईजना पक्राउ

चितवन, ३० जेठ । काठमाडाँैबाट नगद र जिन्सी चोरी गरेर फरार भएका दुई जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली घर भएका २२ वर्षीय रामकुमार अधिकारी र सोही ठाउँका दीपक कार्की रहेका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । चोरी गरेर काठमाडाँैबाट बस चढेर पूर्वतर्फ जाँदै गरेका उनीहरुलाई भरतपुरको हुलाक चोकबाट […]

आज नेपाल र यमन भिड्ने

भरतपुुुर,३० जेठ । संयुक्त अरब इमिरेट्स (युएई) मा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज यमनविरुद्ध नेपालले खेल्दैछ । आजको खेलका लागि नेपाली टोली तयार रहेको नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले बताएका छन् । अखिल नेपाल फुटबल संघद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कोजीले यमनविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने […]

लोकप्रिय गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

नवलपरासी, ३० जेठ । नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय बिरामीका लागि निकै लोकप्रिय गन्तव्य बन्दै गएको छ । विशेषगरी आधुनिक औषधि उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा उपचार सेवा लिन घुइँचो बढेको छ । चिकित्सालयमा औषधिरहित प्रद्धतिबाट उपचार सेवा प्रदान गरिँदै […]

बस दुर्घटनामा एघार महिने शिशुको मृत्यु ,चार गम्भीर घाइते

खोटाङ, ३० जेठ । दिक्तेलबाट यात्रु लिएर जयरामघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार राति दुर्घटना हुँदा एघार महिने शिशुको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् । बेलुका दिक्तेलबाट २६ जना यात्रु लिएर हिँडेको बा २ ख ७०७१ नम्बरको यात्रुबाहक बस हलेसी तुवाचुङ नगरपालिका–१ च्यास्मिटारमा करिब ९ बजेतिर दुर्घटना हुँदा रुपाकोट मझुवागढी […]

भरतपुर महानगरपालिकामा मतदान कि मतगणना ? आज सर्वोच्चमा फैसला हुँदै

३० जेठ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज हुने भएको छ । जेठ २८ गते नै  हुने भनियको फैसला  पेशी १७औं नम्बरमा परेकाले आजका लागि सारिएको थियो। मालेको तर्फबाट भरतपुर वडा नम्बर १९ का खुला सदस्य उम्मेदवार गुञ्जन विक र भरतपुर १९ कै मतदातासमेत […]

लटरम्म चैते धान

पर्साको झबराहा गाविसमा लटरम्म बाली लागेको चैते धानको खेत । पानीको सुविधा पुगेको जिल्लाको उत्तर तर्फका किसानले रोपेको धान पाक्न थालकोे छ भने दक्षिण तर्फका खेतमा हालसम्म रोपाई समेत हुन सकेको छैन । तस्बिर ः विजय कुमार महतो, रासस, पर्सा

विपद् पूर्वतयारीमा बेवास्ता

विप्लव काफ्ले/कायाकैरन भरतपुर,३० जेठ । मनसुन सुरु हुनैलाग्दा चितवनमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउने ढिला भएको छ । जिल्लामा उपलब्ध स्रोत साधनको आँकलन गरी विपद्को पूर्वतयारी गर्न बनाइने ‘प्रतिकार्य योजना’ हालसम्म बन्न सकेको छैन । जिल्लाको विपद् जोखिम नक्सांकन गरी प्रतिकार्यका लागि पूर्वतयारी गरिदै आएकोमा यो वर्ष काम अघि बढ्न सकेको छैन । विपद् […]

धार्मिक कार्यमा बाँदरमुढे पीडित

भरतपुर,३० जेेठ। बाँदरमुढे घटनामा ज्यान गुमाएकाको सम्झनामा पीडित परिवार घटनास्थल माडीको बाँदरमुढे खोला किनारमा एक हप्तासम्म धार्मिक कार्यक्रममा सहभागी भएका छन् । बाँदरमुढे पीडित संघर्ष समितिको आयोजनमा भएको ‘राष्ट्रशान्ति मानवीयमैत्री श्रीमद्भागवत १०८ विराट ज्ञानमहायज्ञमा बाँदरमुढे घटनाका पीडित परिवारको सहभागिता थियो । २०६२ जेठ २३ गते तत्कालीन नेकपा माओवादी कार्यकर्ता राखेको विद्युतीय धराप (एम्बुस)मा परी माडी […]