शैलजालाई सम्झदै चौविसकोठीमा दीपप्रज्वलन

भरतपुर, २९ जेठ । शैलजा स्मृति प्रतिष्ठान चितवनले चौविसकोठीमा सोमबार प्रजातान्त्रिक योद्धा शैलजा आचार्यको स्मृतिमा दीपप्रज्वलन गरेको छ । साँझ चौविसकोठीमा नेपाली कांग्रेस निकट नेता तथा कार्यकर्ता भेला भएर दीपप्रज्वलन गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले स्वर्गिय शैलजा आचार्य निष्ठावान, निडर र साहसी महिला नेता भएको स्मरण गरिन् । […]
तीनै तहको निर्वाचनपछि मात्र एमाले सरकारमा जान्छ – अध्यक्ष ओली

२९ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीनैै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने बताउनुभएको छ । नेकपा (एमाले) ३ नं प्रदेश कमिटीले आज स्थानीय तहको निर्वाचनमा ३ नं प्रदेशभर एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – “स्थानीय तह, प्रदेश र सङ्घको चुनाव सकिएपछि अरु सबै दलहरु मिले पनि […]
गएराति एक युवतीमाथि सामूहिक बलात्कार

गौशाला, २९ जेठ । महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ फुलबरियामा गएराति एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार गएराति ८ः३० बजेतिर औरही बजारबाट फुलबरिया गइरहेकी २१ वर्षीया एक युवतीलाई औरही बजारभन्दा ९०० मिटर टाढा बाटा छेउ चार युवाले सामूहिक बलात्कार गरेका हुन् । प्रहरी नायब उपरीक्षक पोखरेलले […]
पश्चिम चितवनको चित्रवनमा रङ्गशाला निर्माणको काम सुरु

चितवन, २९ जेठ । पश्चिम चितवनको चित्रवनमा अत्याधुनिक सुविधासहितको रङ्गशाला निर्माणको काम अघि बढेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत रु ५० करोड बजेट दिलाउने र तत्कालका लागि रु ५० लाख पठाउने आश्वासनसँगै काम अघि बढेको हो । जिल्ला समन्वय समितिमा रु ५० लाख थप बजेटका रुपमा निकासा भइसकेको छ भने अरु रकम […]
जाँदाजाँदै जर्मनी राजदूतले भन्नुभयो– “बिदा मिलाएर घुम्न आउँछु”

२९ जेठ । आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताउनुभयो । नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक राजदूत मायरले आफ्नो कार्यकाल पूरा गरी झन्डै ११ हजार किलोमिटरको लामो स्थलयात्रा गर्ने क्रममा आइतबार साँझ कञ्चनपुरको भीमदत्तनगर पुग्नुभएका उहाँले नेपालमा पर्यटकीय सम्भावना […]
अनुष्काले जितिन् ‘मिस एसइइ चितवन २०१७’ को ताज

२९ जेठ । ‘लिभ एण्ड लिड ईन्टरनेशनल’को तर्फबाट पहिलो पटक आयोजना भएको ‘पिजन मिस एसइइ चितवन २०१७’ को ताज अनुष्का रानाभाटले जितेकी छिन् । अन्तिम प्रतिस्पर्धामा २८ जना प्रतियोगीलाई पछि पार्दै १६ वर्षिय अनुष्का ‘मिस एसइइ चितवन’को पहिलो विजेता बन्न सफल भएकी हुन् । अनुष्कालाई पछिल्लो संस्करणको मिस चितवन विजेता सुमन गुरुङले ताज पहिराएकी थिईन् […]