बिकासको गिन्ती सुरु गर्दै माडीबासी जनता, अब पालो जनप्रतिनिधीको

सुदिप निउरे पहिलो चरणको स्थानिय तह निर्बाचन ताका अन्य क्षेत्रमा जस्तै चितवनको माडीक्षेत्रमा पनि बिभिन्न दलहरुले आ-आफ्नै महत्वकांक्षी योजनाहरु अगाडी सारे । सबै भन्दा धेरै योजनाहरु माओबादी केन्द्रले अगाडी सारेको थियो । त्यसैगरि नेकपा एमाले, नेपाली कांग्रेश र राष्टिय प्रजातन्त्र पार्टीले पनि आ-आफ्ना एजेन्डाहरु निर्बाचन अघि जनतासामु ल्याएका थिए । सडक, तटबन्धन, खानेपानी लगायत आधारभूत […]

पर्यापर्यटनको विकासका लागि नयाँ मचानको निर्माण

चितवन, २७ जेठ । पछिल्लो समयमा पर्यटकीय क्षेत्र बन्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित कुमरोजमा पर्यापर्यटनको विकास र संरक्षणका लागि नयाँ मचान ९भ्यू टावर०को निर्माण सुरु भएको छ । जङ्गलमा बसेर वन्यजन्तु अवलोकन गर्न रुचाउने पर्यटकलाई लक्षित गरेर यहाँ ‘मचान’को निर्माण कार्य थालिएको हो । कुमरोजको इचर्नी टप्पुमा निर्माण गर्न लागिएको उक्त मचानको आज चितवन […]

राष्ट्रिय पहिचान गुमाउने कुरा मान्य हुँदैन ः अध्यक्ष ओली

२७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय पहिचान गुमाउने कुरा पार्टीका लागि मान्य नहुने बताउनुभएको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “कुनै पनि नेपाली जातिको मातृभाषा नभएको हिन्दीलाई तराई÷मधेसमा मान्यता दिइए त्यहीँका मातृभाषा मैथिली, भोजपुरी र अवधिकोे भविष्य समाप्त हुन […]

घाँटी रेटिएको अवस्थामा शव बरामद

महेन्द्रनगर (धनुषा), २७ जेठ । धनुषाको नेपाल भारत सीमास्थित घाँटी रेटिएको अवस्थामा एक जनाको शव बरामद भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका– १ स्थित सिमावर्ती क्षेत्रमा शुक्रबार राति सो शव बरामद भएको हो । राति करिब साढे ८ बजे स्थानीय रामबाबु यादवको घर पछाडी अन्दाजी ३० वर्षीय पुरुषको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव बरामद […]

टि–सर्ट, टोपी र झोला वितरण नगर्न निर्वाचन आयोगको निर्देशन

२७ जेठ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन चिन्ह अंकित सामान वितरण नगर्न निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले दल र उम्मेदवारको निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोला लगायतका जिन्सी समान मतदाताहरूलाई वितरण गरेको भन्ने गुनासो आएपछि त्यसो नगर्न निर्देशन दिएको हो । त्यस्ता कार्य निर्वाचन आचार संहिता अनुकूल नहुने […]

विश्वकप छनोटमा नेदरल्याण्ड, पोर्चुगल र स्वीजरल्याण्डको जित

२७ जेठ । विश्वकप छनोट फुटबलमा शुक्रबार राति युएफा समूहका ९ खेल भएका छन् । समूह ए बाट बेलारुसले बुल्गेरियालाई २–१ ले हराउँदा नेदरल्याण्डले लग्जेम्बर्गलाई ५–० को फराकिलो जित निकाल्यो । तर फ्रान्स भने पराजित भयो । फ्रान्सलाई स्वीडेनले २–१ ले हरायो । समूह बीमा पोर्चुगल, स्वीजरल्याण्ड र एन्डोरा विजयी भए । पोर्चुगलले लात्भियालाई ३–० ले […]

यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार

२७ जेठ । सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो । सरकारको आदेशसँगै निर्वाचित भएका र अब निर्वाचित हुने नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायत सम्पूर्ण प्रतिनिधिको जिम्मेवारी स्पष्ट भएको छ […]

भूकम्प सहायताका लागि धमाधम सम्झौता

विप्लव काफ्ले/कायाकैरन भरतपुर,२७ जेठ । २०७२ सालको विनाशकारी भूकम्पले भत्केका घर पुनर्निर्माण गर्न धमाधम सम्झौता भइरहेका छन् । चितवनमा २ हजार ६५ जनाले यो सम्झौता गरेका छन् । आवास पुनर्निर्माण अनुदानका लागि स्थानीय तहमा सम्झौता गरेका हुन् । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प तथा त्यसपछिका पराकम्पले क्षतिग्रस्त भएका निजी आवास पुनर्निर्माण गर्न अनुदान सम्झौता […]

विशेष सहुलियत घोषणा

भरतपुर,२७ जेठ । अष्ट्रेलियाको सिड्नीमा रहेको हार्बर इन्टरनेशनल कलेजले नेपाली विद्यार्थीका लागि विशेष सहुलियत घोषणा गरेको छ । नेपाली मुलका दुई युवाले सञ्चालन गरेको हार्बर इन्टरनेशनल कलेजले नेपाली विद्यार्थीका लागि विशेष सहुलियत दिने घोषणा गरेको हो । सुमन भेटवाल र मात्रिका विमोली मिलेर सञ्चालन गरेको कलेजमा नर्सिंङ, हेल्थ साइन्स, एकाउन्ट तथा बिजनेसअन्तर्गत विभिन्न विषयमा लेभल […]

मिस एसईईको फाइनल आज

भरतपुर,२७ जेठ । प्रवेशिका परीक्षा (एसईई) दिई बसेका विद्यार्थी लक्षित गरी आयोजित ‘पिजन मिस एसईई स्टार चितवन–२०१७’ फाइनल प्रतिस्पर्धा आज (शनिबार) हुँदैछ । दिउँसो नारायणगढको क्षेत्रपुरस्थित सनसिटी होटेल एण्ड व्याङ्क्वेटमा दिउँसो २ बजे सुरु हुने फाइनल प्रतिस्पर्धामा २८ जना विद्यार्थी सहभागी हुँदैछन् । लिभ एण्ड लिड इन्टरनेशनलको आयोजनामा भएको प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका २८ […]

बर्थिङ सेन्टरमा सुत्केरी गराउने घटे

ध्रुवराज खनाल/कायाकैरन रत्ननगर,२७ जेठ । गाउँघरबाटै सेवा प्रवाह गरेर आमा र बच्चाको मृत्युदर घटाउने उद्देश्यले ग्रामीण भेगमा सञ्चालनमा रहेका बर्थिङ सेन्टरको आकर्षण खासै देखिएको छैन । कर्मचारीको दरबन्दी नहुनु, सरकारी संस्थालाई हेर्ने दृष्टिकोण परिवर्तन आउन नसक्नु जस्ता कारणले गाउँमै सञ्चालित बर्थिङ सेन्टरको आकर्षण घटेको स्वास्थ्यकर्मीहरु बताउँछन् । राप्ती नगरपालिका–९, ब्रह्मनगरस्थित वीरेन्द्रनगर स्वास्थ्यचौकीमा सञ्चालित बर्थिङ सेन्टरमा बच्चा […]