देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास

२६ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर अगाडि बढ्न नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषद्मा महिलाको उचित प्रतिनिधित्व गराउनुपर्ने, संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउनुपर्ने तथा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै वर्ग तथा क्षेत्रको भावनालाई समेटेर अगाडि बढ्नुपर्ने सुझाव उहाँहरुले दिनुभएको थियो […]

अवसर र सम्भावनाको खोजी गर्दै दुबईको अबुधाबीमा नेपाली महिला

कल्पना पौडेल) अबुधाबी (दुबई), २६ जेठ । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि स–साना बालबच्चालाई छाडेर विदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो । रोजगारीको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य […]

सम्मानजनक स्थान नदिइए सरकारमा नजाने: राप्रपा

२६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो दललाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान दिन आग्रह गरेको छ । नेपाली काँग्रेसको आग्रहमा सो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको तर काँग्रेसले प्रतिबद्धता उल्लङ्घन गरेको राप्रपाको गुनासो छ । राप्रपाले यसबारे आवश्यक निर्णय गर्न महामन्त्री जयन्त चन्दको संयोजकत्वमा प्रमुख सचेतक कुन्तीकुमारी शाही र नेता दिलनाथ गिरी सदस्य […]

निर्णय नआउदै तात्यो चुनावी वातावरण

भरतपुर,२६ जेेठ। सर्वोच्च अदालतमा विचराधिन मुद्धा रहेपनि भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा चुनावी चहलपहल बढेको छ । मुख्य प्रतिस्पर्धि दलहरु कांग्रेस–माओवादीको गठबन्धन र एमाले मतदाताको घरदैलोमा पुग्न व्यस्त देखिएका छन् । निर्णायक मत ल्याउने लक्ष्य बोकेर उनीहरु घरदैलोमा फेरी पुग्न थालेका छन् । कांग्रेस–माओवादी गठबन्धनले १७ गते चुनाव प्रसारप्रसार कार्यालयनै स्थापना गरेर चुनावी घरदैलोमा लागिएको […]

वैज्ञानिक नेपाल भित्र्याउनुपर्छःनास्ट उपकुलपति

विप्लव काफ्ले/कायाकैरन भरतपुर,२६ जेठ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलले विज्ञान प्रविधिमा राज्यले यथेष्ट लगानी गर्न नसकेको बताएका छन् । नारायणगढमा सञ्चालित तीनदिने विज्ञान लेखन तालिमको समापन कार्यक्रममा बोल्दै पोखरेलले विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरकारले कम बजेट छुट्यउने गर्दा नतिजा राम्रो आउन नसकेको बताए । “विज्ञान रुख हो, […]

महावीरका मेडल नेपाल फर्काउन पहल

भरतपुर,२६ जेठ। म्यागसेसे पुरस्कार विजेता वैज्ञानिक महावीर पुनको अन्तर्राष्ट्रिय सम्मान गरिएका मेडल नेपालीको नाममा फर्काउन पहल गरिएको भरतपुरकी तारा बरालले पत्रकार सम्मेलन गरी जानकारी दिएकी छन् । राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि आर्थिक अभाव भएका कारण वैज्ञानिक महावीर पुनले अन्तर्राष्ट्रिय सम्मान गरिएका मेडल बिक्रीमा राखेको बताएको बरालले उल्लेख गरिन् । उनले सो अन्तर्राष्ट्रिय सम्मान सम्पूर्ण […]

कुरुप बन्दै बाटुलीपोखरी

हेम रोकाहा/कायाकैरन भरतपुर,२६ जेेठ। भरतपुर महानगरपालिका वडा नम्बर १३, उज्वलनगरमा अवस्थित बाटुलीपोखरी सिमसार क्षेत्र तथा आगन्तुक चरा अवलोकनका लागि प्रसिद्ध छ । यो सुन्दर पोखरी बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनमा अवस्थित छ । बाटुलीपोखरी पर्यटकीय दृष्टिकोणले निकै रमणीय छ । सामुदायिक वनद्वारा सिंचाइको लागि बनाइएको भएपनि यसले पोखरीको रुप लिएको छ । तर, हाल यो […]