भरतपुर अस्पतालको गुरुयोजना स्विकृत

अनिल ढकाल चितवन,२४ जेेठ। भरतपुर अस्पतालको सेवा विस्तारको लागि निमार्ण गरिएको गुरु योजना सरकारले स्विकृत गरेको छ । गत जेठ २२ गते मन्त्रिस्तरीय बैठकले अस्पतालको योजना स्विकृत गरेको हो । गुरु योजना स्विकृत भएपछि त्यस अनुसार काम अघि बढाईने भएको छ । त्यस अनुसार योजना अघि बढाईएको छ । तत्कालिन स्वास्थ्यमन्त्रि गगनकुमार थापाको पहलमा गुरुयोजना […]
प्रधानमन्त्री देउवाबाट पद तथा गोपनियताको सपथ ग्रहण

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई सपथ खुवाएकी हुन् । देउवाले देश र इश्वरका नाममा सपथ खाएका छन् । देउवाले सपथ लिएलगत्तै तीन उपप्रधान सहित ७ जना मन्त्री नियुक्त गरेका छन् । काँग्रेशबाट उपप्रधान तथा शिक्षा मन्त्रीमा गोपालमान श्रेष्ठ, माओवादी केन्द्रबाट उपप्रधान एवं […]
नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिनेको भीड

२४ जेठ । नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिन बिहानैदेखि उहाँको निवास बूढानीलकण्ठमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता एवम् सर्वसाधारणको भीड लागेको छ । व्यवस्थापिका– संसद्बाट मङ्गलबार प्रधानमन्त्री पदमा निर्वाचित भएपछि पार्टीका सभापतिसमेत रहेका देउवालाई बधाई दिन आज बिहानैदेखि पूर्वमुख्य सचिव, पूर्वसचिव, राष्ट्रसेवक कर्मचारीलगायत नेता कार्यकर्ता एवम् सर्वसाधारणको भीड लागेको हो । बधाई दिन सांसद, […]
महरालाई उपप्रधानसहित परराष्ट्र, गृहमन्त्रीमा जनार्दन शर्मा

२४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट कृष्णबहादुर महराको नेतृत्वमा सहभागी हुने भएको छ । माओवादी केन्द्रको आज बसेको बैठकले महराको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेको हो । महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय सम्हाल्ने छन् । यस्तै, माओवादीले जनार्दन शर्मालाई गृहमन्त्री र प्रभु साहलाई विनाविभागीय मन्त्रीमा पठाउने निर्णय गरेको छ ।
नयाँ नेपालका अभियन्ता

– प्रकाश “जलन” “दृढता यति बलवान् हुन्छ कि यसका सामु साराका साराले हार मान्दन्छन ” महान मस्तिष्क संग उदेश्य हुन्छ केही मान्छेहरु सङ केबल इच्छा हुन्छ मान्छेको सबै भन्दा ठूलो प्रेरक भनेकै आफुभित्रको बिश्वास हो। सम्पूर्ण नेपाली मनका तर्फबाट मुरि मुरि धन्यवाद नमुना नेपाल निर्माण अभियानका अभियन्ता सिताराम कट्टेल धुर्मस रअनि कुन्जना घिमिरे सुन्तली (धुर्मुस […]
सुनको भाउ उकालो लाग्दै

जेठ २४–नेपाली बजारमा सुनको भाउ क्रमश उकालो लाग्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको चौथो दिन बुधबार सुनको भाउ तोलाको ५५ हजार ६ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको ५५ हजार ३ सय रुपैयाँ रहेको सुन आज तोलामा ३ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन पनि सुनको भाउ तोलामा […]
ट्रक दुर्घटनामा १० घाइते, चालक गम्भीर

चितवन, २४ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आज बिहान ट्रक दुर्घटनामा १० जना घाइते भएका छन् । चितवनको मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ८९ नं को सामान बोकेको ट्रक बिहान करिब ८ बजे दुर्घटना भएको हो । ट्रक आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको र अहिले घाइतेलाई उपचारका लागि […]
अत्यधिक गर्मीका कारण १५ सय कुखुरा मरे

२४ जेठ, तनहुँ । अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् । व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा चारहजार ६०० पालेकामध्ये एक हजार ५०० कुखुरा गत आइतबार मरेको कृषक श्रेष्ठले जानकारी दिए । गर्मीका कारण निमोनिया हुन जाँदा सो दुर्घटना […]
महोत्सवस्थलको विकल्प खोज्न माग
रत्ननगर,२४ जेठ । रत्ननगर महोत्सवको स्थान परिवर्तन गर्न संरक्षणकर्मीले रत्ननगर नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाको आयोजनामा प्रत्येक दुई–दुई वर्षमा रत्ननगरको टिकौली चौरमा महोत्सव हुँदै आएको छ । महोत्सवस्थल बरण्डाभार क्षेत्र नजिकै पर्ने भएकाले जंगली जनावरलाई असर गर्ने भन्दै एनिमल राईट्स क्लब र संरक्षणकर्मी धु्रव अधिकारीले मंगलबार नगरपालिकाका उपमेयर विमलादेवी […]
लगानीको वातावरण भए यहीं रोजगारी

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,२४ जेठ । उद्योग, कलकारखाना स्थापनाका लागि लगानीमैत्री वातावरण भए रोजगारीकै लागि विदेशिएका नेपालीहरुलाई ढिलोचाँडो स्वदेश फर्काउन सकिने औंल्याइएको छ । देशको राजनितिक संक्रमणकालका कारण अहिले लाखौं नेपालीहरु रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता छ । देशका धेरै ठाउँमा जननिर्वाचित प्रतिनिधि आइसकेकाले उनीहरुले लगानीको वातावरण बनाउन सके उद्योग, कलकारखाना फस्टाउने र विदेशिएकालाई स्वदेश फर्काएर यही […]
बालिका मृत्यु प्रकरण : मृत्युको कारण अझै खुल्न सकेन

माडी,२४ जेठ । माडी रामराज्यपुरमा भएको दुई बालिका मृत्यु प्रकरण रहस्यमय बन्दै गएको छ । शनिबार ज्यान गुमाएका दुई बालिकाको मृत्युको कारणबारे अझै केही पत्ता लाग्न सकेको छैन । घटनाको विरोधमा स्थानीय संघर्ष समितिले मंगलबार माडी बन्द गरे । बुधबार भरतपुरमा जिल्लास्तरीय दबाबमूलक कार्यक्रम गरिदै छ । पीडित पक्षले घटनाबारे किटानी जाहेरी दिन नसक्दा अनुसन्धान प्रक्रियामा […]
उपेक्षामा परेको बाँदरमुढे पीडा

विप्लव काफ्ले/कायाकैरन माडी,२४ जेठ । १२ वर्षमा खोलो फर्कन्छ भनिन्छ । तर, माडी बाँदरमुढे घटनाका पीडितलाई भने यस्तो हुन सकेन । उनीहरुले १२ वर्ष पूरा हुँदासम्म पनि न्याय पाउन सकेनन् । २०६२ साल जेठ २३ गते तत्कालीन नेकपा माओवादी कार्यकर्ता राखेको एम्बुसमा परी माडी बाँदरमुढे खोलामा सर्वसाधरणले ज्यान गुमाए । श्रीमान् र छोरी गुमाएकी माडी […]
सीएमसीले भित्रायो अत्याधुनिक प्रविधि

हेम रोकाहा/कायाकैरन भरतपुर,२४ जेठ । उपचारका क्रममा दिसापिसाब, खकार आदि प्रयोगशाला (ल्याब) परीक्षणको लागि घण्टौं लाइन बसेर कुर्नुपर्ने बाध्यता अब चितवन मेडिकल कलेज (सीएमसी) भरतपुरले हटाएको छ । सीएमसीले प्रयोगशाला नमूना संकलन तथा स्थानान्तरणलाई सजिलो, सुरक्षित र छिटोछरितो बनाउन अत्याधुनिक प्रविधि भित्राएको हो । न्यूम्याटिक च्यानल नामक अत्याधुनिक मेसिनले सात सेकेन्डमा नमूना संकलन गर्ने स्थानबाट प्रयोगशालासम्म […]