बाल प्रतिभा खोज्न चितवन च्याम्प

भरतपुर, जेठ २३ । होलिडेज क्रियसन होम नारायणगढको आयोजनामा ‘चितवन च्याम्प २०१७’ गरिने भएको छ । ७ देखि १३ वर्षसम्मका बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सहभागी गराई प्रतियोगितामार्फत अन्तरनिहित क्षमता प्रस्फुटन गराउने उद्देश्यका साथ चितवन च्याम्पको आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । प्रतियोगितामा छनोट भएका बालबालिकालाई विभिन्न तालिमका कक्षामार्फत अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि […]

शेरबहादुर देउवा बने प्रधानमन्त्री

भरतपुर, २४  जेठ । भरतपुर÷कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार संसद्बाट झण्डै दुई तिहाइ मत प्राप्त गरी मुलुकको ४० औं प्रधानमन्त्री पदमा चुनिएका छन् । चौथो पटक प्रधानमन्त्री बन्ने क्रममा देउवाले संसद्मा उपलब्ध ५ सय ५८ जना सांसद्मध्ये ३ सय ८८ मत पाए । उनको विपक्षमा १ सय ७० मत प¥यो । २०६२÷६३ को आन्दोलनयता उनी […]

बाँदरमुढेमा शान्ति खोज्दै पीडित परिवार

माडी, २३ जेठ  । माडी बाँदमुढे विस्फोटमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा मंगलबारबाट एक हप्ते विराट ज्ञानमहायत्र सुरु भएको छ । बाँदरमुढे पीडित समितिको आयोजनमा ‘राष्ट्रशान्ति मानवीयमैत्री श्रीमद्भागवत १०८ विराट ज्ञानमहायज्ञ सुरु भएको हो । महायज्ञमा घाइते तथा पीडित परिवार शान्तिको कामना गर्दै सहभागि भएका छन् । महायज्ञमा यूवा पण्डीत देवनयन नारायण लामिछानेले प्रवचन दिनेछन् । […]

भरतपुरमा जे घटना भयो दुःखद छ गलत छ – प्रचण्ड

२३ जेठ । व्यवस्थापिका–संसदको आजको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले   भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटनालाई जोडेर माओवादीको लोकतान्त्रप्रतिको निष्ठामा प्रश्न उठाउनु गलत भएको  भएको बताएका छन् । तर, मतपत्र च्यातिएको घटनालाई जोडेर माओवादीको लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न उठाइनु गलत हुने प्रचण्डले बताए । प्रचण्डले भने, ‘भरतपुरमा जो घटना भयो दुःखद छ गलत छ । मैले च्यातियो भन्ने सुनेपछि निर्वाचन […]

प्रधानन्यायाधीश कार्की विदा भइन्

२३ जेठ । उमेर हदका कारण स्वतः अवकाश पाउन लागेकी प्रधानन्यायाधीश सुशीला कार्की आजबाट विदा भएकी छिन् । विहान सर्वोच्च अदालत पुगेकी प्रधानन्यायाधीश कार्की आफ्ना सहकर्मी र कर्मचारीसँग विदा भएर बाहिरिएकी हुन् । उनको कार्यकाल जेठ २४ गते अर्थात भोली सकिँदै थियो । एक महिना अघि नै विदा बस्ने प्रचलन भएपनि कार्की आजमात्रै विदा भएकी […]

राष्ट्रियताको विषयमा पाठ नसिकाए हुन्छः देउवा

२३ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपलिकाको मतगणनाका क्रममा भएको अस्वाभाविक घटनामा निर्वाचन आयोगले गरेको निर्णयलाई स्वीकार गरिएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष सम्बोधन गर्दै उहाँले मतगणना कि मतदान भन्ने विषय अदालतमा प्रवेश गरिसकेकाले आफ्नो थप केही धारणा नरहेको बताउनुभयो । आगामी असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन […]

प्रमुख राजनीतिक दलबीच सहमति आवश्यक छ ः ओली

२३ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलको सहमति एवम् राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर सदनको अवरोध खुलेको बताउनुभएको छ । संसद्को आजको बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुनुपूर्व आफ्नो धारणा राख्दै उहाँले पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भए पनि दोस्रो चरणको निर्वाचन अगाडि बढाउने र प्रदेश तथा केन्द्रीय […]

दुई बालिका मृत्यु प्रकरणले आज माडी बन्द

२३ जेठ, (चितवन) । दक्षिण चितवनको माडीको रामराज्यपुरका दुई बालिकाको मृत्यु प्रकरणको विषयलाई लिएर आज माडी बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बन्दका कारण बिहानैदेखि भरतपुर–माडी ठोरी चल्ने सवारीसाधन ठप्प छन् । पानीमा डुबेर मरेको भनिएका दुई बालिकाको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्न आज बन्द गरिएको […]

बालिका मृत्यु प्रकरण :अवस्था बुझ्न माडी पुग्यो टोली

भरतपुर,२३ जेेठ। माडीका महिला अधिकारकर्मीले न्यायको माग गर्दै इलाका प्रहरी कार्यालय माडीमा सोमबार नाराजुलुस गरेका छन् । पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको घटना रहस्मय रहेको भन्दै तथ्य सार्वजनिक गर्न माग गरेका छन् । साथीभाइसँग पिकनिक खान गएका दुई बालिका पोखरीमा डुबेको अवस्थामा फेला परेका थिए । उपचारका क्रममा अस्पताल पु¥याउने क्रममा उनीहरुको ज्यान गएको […]

धुलोधुँवा बढ्यो, वातावरण बिग्रियो

भरतपुर,२३ जेेठ। भरतपुर महानगरपालिकामा प्रदूषण बढ्दै गइरहेको छ । सवारीसाधनले अत्यधिक मात्रामा उत्पादन गर्ने धुँवा तथा कच्ची सडकका कारण उड्ने धुलोका कारण प्रदूषण बढ्दै गइरहेको छ । महानगरभित्र तीव्र गतिमा भौतिक संरचनाहरुको निर्माण भइरहेकाले पनि यसबाट वातावरण दूषित हुन पुगेको छ । सवारीसाधनबाट निस्कने धुलोधुँवा नियन्त्रणको लागि तत्कालै कुनैपनि निर्णय नभएको कार्यकारी अधिकृत प्रेमराज जोशीले […]

रत्ननगरलाई प्लाष्टिकमुक्त बनाइने

रत्ननगर,२३ जेेठ। वातावरणमैत्री नगरतर्फ उन्मुख रत्ननगर नगरपालिकामा नगरस्तरीय बृहत सरसफाइ अभियान सुरु भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर नगरपालिकाले सोमबार नगरस्तरीय सरसफाइ अभियान सुरु गरेको हो । अभियानको नगरपालिकाका प्रमुख (मेयर) नारायण वनले सोमबार शुभारम्भ गरेका छन् । सो अवसरमा सम्बोधन गर्दै नगर प्रमुख वनले स्वच्छ, हराभरा नगर बनाउने नगरपालिकाको चाहना रहेको उल्लेख […]

आज नयाँ प्रधानमन्त्री पाइने

काठमाडौं,२३ जेेेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री हुने बाटो खुलेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका–संसद्को अवरोध खोल्न सहमत भएपछि प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ । सभामुख ओनसरी घर्ती मगरको पहलमा हिजो सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेका नेताहरुले संसद् बैठक अवरोध नगर्ने बताएका थिए । बैठकपछि पत्रकारलाई प्रतिक्रिया […]