चितवन बन्द फिर्ता

भरतपुर, १७ जेठ । नेकपा एमालेले बिहीबारका लागि आह्वान गरेको चितवन जिल्ला बन्द तीव्र जनदबाबपछि फिर्ता लिएको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गरी बन्दको घोषणा गरेको एमालेले जनदबाब थेग्न नसकेर राति करिब सबा ९ बजे बन्द फिर्ताको घोषणा गरेको हो । यसअघि एमाले अध्यक्ष कृष्णभक्त पोखरेलले विज्ञप्ति जारी गरेर भरतपुर महानगरको वडा नम्बर १९ […]
मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले यस्तो निर्णय गर्यो

१७ वैशाख । भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना गर्ने क्रममा मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगको आज बसेको बैठकले मुख्य निर्वाचन अधिकृतलाई देहायबमोजिम गर्न निर्देशन दिएको छ । “मिति २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका, चितवनको निर्वाचनको मतगणनाको क्रममा मतपत्र च्यातिएको घटनाको सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन तथा […]
कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?

भीष्मराज ओझा १७ जेठ, काठमाडौँ। पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन सो गाउँ वा नगरको गाउँसभा र नगरसभाले गर्ने संवैधानिक प्रावधान छ । गाउँसभा र नगरसभालाई अर्काे शब्दमा निर्वाचक मण्डल पनि भनिन्छ । स्थानीय […]
तत्काल मतगणनाको माग गर्दै एमालेद्वारा भोली चितवन बन्दको आव्हान

१७ जेठ, चितवन । तत्काल मतगणनाको माग गर्दै एमालेद्वारा भोली चितवन बन्दको आव्हान गरेको छ । भरतपुर वाड न १९ को मतगणना तत्काल सुरु गर्न माग गर्दै एमालेले दबाब स्वरुप बन्दको आव्हान गरेको जनाएको छ । एमालेले मतपत्र च्यात्नेमाथि तत्काल कारबाही गर्न र अविलम्ब मतगणना सुरु गर्न माग गर्दै आज संसद् बैठक समेत अबरुद्ध गरेको थियो । भरतपुर […]
भरतपुर घटनाको छानविन टोलीले आयोगलाई प्रतिवेदन बुझायो

१७ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले बुधबार निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार उक्त टोलीले आयोगमा आफ्नो प्रतिवेदन दर्ता गराएको हो । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सोमबार सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान […]
मतपत्र च्यात्ने व्यक्ति माओवादीकै भए पनि कारबाही हुन्छ -प्रधानमन्त्री

१७ जेठ । भरतपुर महानगरपालिकामा पतपत्र च्यात्ने जो सुकै भएपनि कारबाही हुने प्रधानमन्त्री पुष्पमल दाहाल प्रचण्डले बताएका छन् । आज बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रचण्डले निर्वाचन आयोगको अनुगमन टोलीले दिएको प्रतिवेदन अनुसार आवश्यक कदम चाल्ने बताए । उनले मतपत्र च्यात्ने व्यक्ति माओवादीकै भए पनि कारबाही हुने बताए । जेठ १५ गते […]
मिस एसईई स्टारमा प्रतिभा प्रदर्शन

भरतपुर, जेठ १७ । पिजन मिस एसईई स्टार चितवन २०१७ को मंगलबार प्रतिभा प्रदर्शन कार्यक्रम भएको छ । प्रतियोगितामा फाइनलको लागि छनोट भएका २८ जना प्रतियोगिले प्रतिभा प्रदर्शन गरेका छन् । प्रतियोगिहरुले कार्यक्रममा नृत्य, नाटक, गायन, बक्तृत्वकलालगायतका प्रतिभा देखाएका थिए । प्रतियोगिहरुको प्रतिभाको निर्णायकहरु म्यानहन्ट नेपालका चन्दन अग्रवाल, शिक्षाका लागि सँगै अभियानका संयोजक नविन यादवलगायतले […]
भरतपुर महानगरपालिकाको मतगणना बिवादले संसद् अबरुद्ध

१७ जेठ । भरतपुर महानगरपालिकाको मतगणना बिवादले संसद् अबरुद्ध भयको छ । भरतपुर महानगरपालिकाको मतगणना गर्न माग गर्दै एमालेले संसद् बैठक अवरोध गरेको हो । बैठकमा बोल्दै एमाले सांसद सुरेन्द्र पाण्डेले भरतपुर महानगर–१९ मा मतगणना नहुने हो भने देशभर चुनाव नहुने चेतावनी दिए । एमाले सांसदको अवरोधपछि बैठक जेठ १८ गते बिहीबार दिनको १ बजेसम्मलाई […]
असार १४ गते चार प्रदेशमा निर्वाचन गर्ने सरकारको निर्णय

१७ जेठ । सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ गते गर्ने भएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चार प्रदेशका लागि स्थानीय तहको निर्वाचन असार १४ गते गर्ने निर्णय गरेको हो । असार ९ गतेका लागि सारिएको निर्वाचन मुस्लिम समुदायको पर्व रमजानको महत्वपूर्ण दिन पर्ने भएकाले असार १४ गतेका लागि सारिएको हो […]
२०७४ जेठ १७ गते
२०७४ जेठ १६ गते
२०७४ जेठ १४ गते
घटना विवरणले चकित प¥यो टोली

विप्लव काफ्ले भरतपुर,१७ जेेेठ। निर्वाचन आयोगले गठन गरेको अनुगमन टोलीले भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा भएको घटनाबारे विवरण संकलन गरेको छ । आइतबार राति मतपत्र च्यातिएपछि सो घटनाबारे बुझ्न अनुगमन टोली चितवन आएको थियो । अनुगमन टोलीका संयोजक सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले बुधबार तथ्यगत प्रतिवेदन निर्वाचन आयोगलाई बुझाइने जानकारी दिए । “हामीले घटनाबारे सबै पक्षसँग तथ्य बुझ्ने […]
कार्यकारी अधिकृत नहुँदा भुक्तानी समस्या
ध्रुवराज खनाल/कायाकैरन रत्ननगर,१७ जेठ । रत्ननगर नगरपालिकामा कार्यकारी अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प भई विभिन्न योजनाको भुक्तानी हुन सकेको छैन भने कर्मचारीहरुले तलबसमेत खान पाएका छैनन् । रत्ननगर नगरपालिका करिब एक महिनादेखि कार्यकारी अधिकृतविहीन छ । तत्कालीन कार्यकारी अधिकृत अमरनाथ ढकाललाई निर्वाचन अधिकृतबाट हटाएपछि सरुवा भएर श्रम मन्त्रालय गएपछि यहाँ कार्यकारी अधिकृत आएका छैनन् । […]
मतपत्र च्यात्नेविरुद्ध निर्वाचन कसुर मुद्दा

कसुर ठहर भए १ लाख जरिवाना वा २ वर्ष कैद वा दुवै सजाय हुन सक्नेछ भरतपुर,१७ जेठ । जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेका अभियुक्तलाई निर्वाचन कसुर तथा सजाय ऐनअन्तर्गत मुद्दा चलाएको छ । आइतबार राति भरतपुर महानगरको मतगणनास्थल कभर्डहलमा मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका दुईजनालाई यो मुद्दामा अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी […]