राष्ट्रकविबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला गलत

१४ जेठ । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधनको भन्दै यतिबेला सामाजिक सञ्जालमा हल्ला फैलिएको छ ।  घिमिरेका बारेमा फैलिएको हल्ला गलत भन्दै उनकै परिवारले खण्डन गरेको छ । घिमिरेका छोरा राजिब  घिमिरेले ट्वविटरमा लेखेका छन “मेरो बुबा  यकदम स्वस्थ हुनुहुन्छ ” उहाँ अहिले घरमै सुतिरहनुभएको छ, दिउंसो एउटा सार्वजनिक कार्यक्रममा सहभागी समेत हुनुभएको थियो । […]

अपडेट:देबी र रेणुको मतान्तर ७ सय ३३

१४ जेठ ।  भरतपुर महानगरपालिकाको ताजा मतपरिणाम अनुसार  एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर घट्दै गयको छ । पछिल्लो मत परिणाम अनुसार  मतान्तर ७ सय ३३ मा झरेको छ । १९ नम्बर वडाको १८ सय ९ मत गणना हुँदा  देबीले ४१ हजार ६ सय ४१ मत ल्याएका छन् भने रेणुले ४० हजार ९ सय ०८ मत प्राप्त […]

भरतपुर महानगरको मतगणना प्रतिस्पर्धी बन्दै ,देबी र रेणुको मतान्तर ७६४

१४ जेठ ।  भरतपुर महानगरपालिकाको ताजा मतपरिणाम अनुसार  एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर घट्दै गयको छ । पछिल्लो मत परिणाम अनुसार  मतान्तर ७ सय ६४ मा झरेको छ । १९ नम्बर वडाको ६ सय मत गणना हुँदा रेणुले जम्मा २० मतको अग्रता लिएकी छिन् । रेणुले २ सय ४१ र देबीले २ सय २१ मत पाएका […]

प्रतिस्पर्धी बन्दै भरतपुर महानगरको मतगणना,देबी र रेणुको मतान्तर १००९

१४ जेठ । भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर घट्दै गयको छ । पछिल्लो मत परिणाम अनुसार  मतान्तर १ हजार ०९ मा झरेको छ । भरतपुर वाड न २१ मा १२०३ मतगणना हुदा  एमाले उमेद्बार देबी ज्ञवालीले ४०१६७ मत प्राप्त गरेका छन् । माओवादीकी रेणु दाहालले ३९१५८ मत ल्याएकी छिन् । अहिले वडा […]

प्रधानमन्त्रीले गरे फास्ट ट्रयाकको शिल्यान्यास

१४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराको निजगढमा फास्ट ट्रयाक सडक आयोजनाको शिल्यान्यास गरेका छन् । प्रचण्डले आफ्नो कार्यकालको उत्तराद्र्धमा शिल्यान्यास गरेका हुन । काठमाडौंबाट निजगढ जोड्ने फास्ट ट्रयाकको चार वर्षअघि नै नेपाली सेनाले ट्रयाक खोलिसकेको छ । ७६ किमी दूरीको यो आयोजना पूरा गर्न एक खर्ब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ […]

आर्सनललाई एफए कपको उपाधि, इतिहास रच्यो

१४ जेठ । आर्सनलले चेल्सीलाई पराजित गर्दै एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा इंग्लिस प्रिमियर लिग विजेता चेल्सीलाई २–१ ले पाखा लगाउँदै आर्सनलले एफए कपको १३ औं पटक उपाधि जितेको हो । यो सिजनको एफए कपको उपाधि जितेसँगै आर्सनल कीर्तिमानी १३ औं पटक एफए कपको उपाधि जित्ने पहिलो टोलि बनेको […]

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित

१४ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी उमेद्वार हरिप्रभा खड्गी विजयी भएकी छन्  । कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई भारी मतअन्तरले हराउदै एमालेका विद्यासुन्दर शाक्य बिजय भएका छन । काठमाडौं महानगरपालिकाको मतगणना सकिएपनि औपचारिक घोषणा  भने भएको छैन ।

चितवनमा आँखाका बिरामी बढे

विप्लव काफ्ले/कायाकैरन भरतपुर,१४ जेेठ। गर्मी बढेसंगै आँखा अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । आँखा चिलाउने (एलर्जी) समस्या भएका बिरामी बढी आउन थालेका छन् । गर्मी मौसममा आँखा चिलाउने, रातो देखिने, चिप्प्रा लाग्ने जस्ता समस्या बढी देखा पर्छन् । भरतपुर आँखा अस्पतालमा उपचारका लागि आउने सरदर ४ सय बिरामी मध्ये आधा भन्दा बढी एलर्जी समस्याका […]

महानगरपालिकामा एमालेकै बर्चस्व

हेम रोकाहा/कायाकैरन भरतपुर,१४ जेेेठ । पहिलो चरणको स्थानीय तहको निर्वाचनको हालसम्मको मतपरिणामले नेकपा एमालेलाई ३ वटा प्रदेशमा पहिलो पार्टी बनाइदिएको छ । हालसम्म एमाले १२३ तहमा जित हासिल गर्दै पहिलो पार्टी बनेको हो । १०४ तह जितेको नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ, भने माओवादी केन्द्र ४६ तह जित्दै तेस्रो स्थानमा छ । चितवनका सात […]

खेलकुद मार्फत सौराहाको पर्यटन विकास

रत्ननगर,१४ जेेेठ । रत्ननगर नगरपालिकाका प्रमुख(मेयर) नारायण वनले खेलकुद पर्यटन मार्फत सौराहाको पर्यटन प्रर्वद्धन आवश्यक रहेको बताएका छन् । सौराहा जेसिजले शनिबार हालै निर्वाचित जनप्रतिनिधीहरुको स्वागतमा आयोजित कार्यक्रममा मेयर वनले खेलकुद मार्फत पर्यटन प्रर्वद्धन गर्न सकिने बताए । रत्ननगर ५ स्थित झुवानी माध्यमिक विद्यालयको प्रशस्त जग्गा रहेको र त्यहाँ रंगशाला वनाउन सकिए खेलकुदले पर्यटक भित्रने […]

कृषि कर्म गर्न गाउँ फर्किएका पौडेल वडा अध्यक्ष भए

भरतपुर,१४ जेेठ। नर्वेबाट उच्च शिक्षा हासिल गरी कृषि कर्म गर्न आफ्नै गाउँ माडीको गर्दिमा फर्किएका एक युवक माडी नगरपालिकाको वडा अध्यक्ष बनेका छन् । माडी नगरपालिका वडा नं १ का स्थानीयवासी ३९ वर्षीय कृष्णप्रसाद पौडेल वडा अध्यक्षमा निर्वाचित भएका हुन् । गाउँले र पार्टीको पटक पटकको आग्रहपछि आफू वडा अध्यक्षमा उम्मेदवारी दिन तयार भएको पौडेलले […]

भरतपुर १८ मा काङ्ग्रेस बिजयी, देबी र रेणुको मतान्तर ११४५

१४ जेठ । भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर घट्दै गयको छ । पछिल्लो मत परिणाम अनुसार  मतान्तर ११ सय ४५ मा झरेको छ । पछिल्लो विवरण अनुसार एमाले उमेद्बार देबी ज्ञवालीले ३९७५० मत प्राप्त गरेका छन् । माओवादीकी रेणु दाहालले ३८६०५ मत ल्याएकी छिन् । भरतपुर-१८को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिपक लामा […]