नवजात शिशु बचाउन भरतपुर अस्पताल

भरतपुर,१० जेेेठ । भरतपुरको सरकारी अस्पतालमा शिशु सघन उपचार कक्ष (एनआईसीयू) सेवा सुरु भएसँगै नवजात शिशुको अकालमै मृत्यु हुने दर घटेको छ । काठमाडौंको थापाथली प्रसूती गृहपछि धेरै प्रसूती गराउने अस्पतालका रूपमा रहेको भरतपुर अस्पतालमा एक वर्षमा सरदर १२ हजार शिशु जन्मने गर्छन् । अस्पतालका स्त्री तथा प्रसूतीरोग विशेषज्ञ डा. श्री अधिकारीका अनुसार नवजात शिशुमध्ये […]
भरतपुरको मतगणना रोमाञ्चक मोडमा

हेम रोकाहा/कायाकैरन भतरपुर,१० जेठ । देशकै ध्यान आकर्षण गरिरहेको भरतपुरको मतगणनाले रोमाञ्चक मोड लिएको छ । भरतपुको १० नम्बर वडाबाट निरन्तर मेयर पदका एमाले उम्मेद्वार देवीप्रसाद ज्ञवालीले मतान्तर बढाउँदै गएकोमा ६ वटा वडाको गणनापछि केही फरक देखिएको छ । १०, ११, १२, २९, २८ र २७ सकिदासम्म बढाउँदै लगेका ज्ञवालीको अग्रता १३ नम्बर वडाको मतगणना […]
सपथ लिदै जनप्रनितिधले भने, ‘मत खेर जान दिन्नौं’

ध्रुवराज खनाल रत्ननगर,१० जेेेठ । रत्ननगर नगरपालिकामा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय रत्ननगरले मंगलबार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई सपथ ग्रहण गराएको हो । रत्ननगरकी निर्वाचन अधिकृत गीता गुरुङले नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई तथा नगर प्रमुख नारायण वनले वडा […]
पशुपालन अनुदानमा किसानको आकर्षण
विप्लव काफ्ले/कायाकैरन भरतपुर,१० जेठ । किसानले पशुपालन अनुदानमा ध्यान दिन थालेका छन् । पशु सेवा कार्यालय चितवनले चालु आर्थिक वर्षमा ८६ लाख ६५ हजार रुपैयाँ बराबरको अनुदान वितरणको प्रक्रिया चलिरहेको जनाएको छ । यो वर्ष २ सय ९७ जना किसानले अनुदान पाउँदैछन् । जिल्ला पशु सेवा कार्यालय चितवनका पशु सेवा प्राविधिक नरेन्द्रबहादुर पाण्डेले हालसम्म अनुदानका […]
लुटेराको गोली लागेका गंगारामको मृत्यु

भरतपुर,१० जेेठ। पश्चिम चितवनको शुक्रनगरमा लुटेराको गोली लागेर गम्भीर घाइते भएका गंगाराम महतोको मंगलबार मृत्यु भएको छ । भरतपुर महानगर वडा नम्बर २५ स्थित शुक्रनगरमा शुक्रबार राति एउटा घरका लुटपाटका क्रममा लुटेराले हानेको गोली लागेर गम्भीर भएका महतोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो । लुटेरोको आक्रमणमा परी उनकी आमा साउनी, बहिनी रामकुमारी […]
दाेस्राे चरणकाे चुनाव : जेठ ३१ को मितिमा कुनै हेरफेर हुँदैन – प्रमुख आयुक्त यादव
विराटनगर,९ जेठ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तह थप गर्नुअघि सरकारले निर्वाचन आयोगलाई सोधेको बताएका छन् । विराटनगरमा भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले सवै दललाई सहभागि हुने किसिमले स्थानीय तहको संख्या बढाउने गरी अघि बढ्न सहयोग गर्नुस् भनेर प्रधानमन्त्रीले अनुरोध गर्नु भएको थियो, भने । प्रमुख आयुक्त यादवले जेठ ३१ को मितिमा […]
भरतपुरमा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर घट्दै

९ जेठ । भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर घट्दै गयको छ । पछिल्लो मत परिणाम अनुसार यसअघि झण्डै ४ हजार पुगेको मतान्तर ३४ सय १४ मा झरेको छ । हाल मतगणना भैरहेको वडा न १३ माओवादीकेन्द्रको पकड क्षेत्रको रुपमा लिइन्छ । भरतपुर १३ ले एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर अझ घटाउन […]
व्यवस्थापिका संसदको बैठक भोली विहान ११ बजेसम्म स्थगित

९ जेठ । अन्ततः व्यवस्थापिका संसदको बैठक भोली विहान ११ बजेसम्म स्थगित भएको छ । आज विहान ११ बजे बस्ने भनिएको बैठक पटक पटक सर्दै आएर अन्तिममा भोलीसम्मका लागि स्थगित भएको हो । दलहरुबीच सहमति हुन नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित भएको हो । प्रमुख प्रतिपक्षी एमालेलेस्थानीय तहको संख्या बढाउने सरकारको निर्णय विरुद्ध संसद […]
(अपडेट ) भरतपुर महानगरपालिकामा एमाले ३४१४ मतले अगाडि

९ जेठ ।भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञवालीले आफ्नो अग्रता कायमै राखेका छन्। उनि ३४१४ मतले अगाडी छन । उनको २६६२७मत आउँदा उनको निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी रेणु दाहालको २३२१३ मत आएको छ। अहिले भरतपुर वडा न १३ को मतगणना जारी छ । हालसम्म १८०० मतगणना भएको छ । मेयर माओवादी केन्द्रकि-रेणु दाहाल २३२१३ एमाले- देवी ज्ञवाली २६६२७ […]
नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइने

९ जेठ, काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित नगर तथा गाउँपालिका प्रमुखलगायतका पदाधिकारीलाई नयाँ संरचनाअनुसार स्थानीय अधिकारकाबारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही जेठको अन्तिम सातामा विज्ञबाट उपलब्ध गराइने सो अभिमुखीकरण नगर तथा गाउँपालिका उपप्रमुख तथा प्रमुख कार्यकारी अधिकृतलाई समेत प्रदान गरिनेछ । स्थानीय विकास, कानुन तथा योजना निर्माणमा विशेषज्ञता कायम […]
मन्त्रिपरिषदका निर्णय यस्ता छन्
जेठ ९– सरकारले बाणिज्य मन्त्रालय अन्तर्गत मिडिया तथा प्रवद्धन केन्द्रको कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रवद्धन केन्द्रमा राणा र राष्ट्रिय समाचार समितिको महाप्रवन्धकमा ओपेन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै आजको मन्त्रिपरिषद बैठकले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न चिनियाँ कम्पनीलाई अनुमति दिने सम्झौता […]
राजिनामा रोक्न संसदमा एमालेको यस्तो तयारी

९ जेठ, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै राजिनामा दिने भएका छन् । उनले अहिले केही बेरमा बस्ने संसद बैठकमा राजिनामाको घोषणा गर्न लागेका हुन् । राजिनामा दिनुअघि सबै मन्त्रीहरुले प्रधानमन्त्रीसँग सामूहिक तस्बिर खिचेका छन् । यसअघिको परम्परा अनुसार राजिनामा दिनुअघि प्रधानमन्त्रीसँग सामूहिक तस्बिर खिचाउने चलन छ । प्रधानमन्त्री राजिनामाको तयारी रहेपनि नेकपा एमालेका सांसदहरुले […]
बेलायतमा भएको आतङ्ककारी हमलाको निन्दा

९ जेठ, काठमाडौँ । नेपाल सरकारले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा गए राति भएको आतङ्ककारी हमलामा परी १९ जनाको ज्यान गएको घटनाको निन्दा गरेको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई आज पत्र लेखी उक्त हमलामा परी १९ जनाको ज्यान गएको समाचारले आफू र नेपाल सरकारलाई अत्यन्त दुःखी बनाएको बताएका छन । उनले यस दुःखद […]
(अपडेट ) भरतपुर महानगरपालिकामा एमाले ३८३६ मतले अगाडि

९ जेठ ।भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञवालीले आफ्नो अग्रता कायमै राखेका छन्। उनि ३८३६ मतले अगाडी छन । उनको २६०५६मत आउँदा उनको निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी रेणु दाहालको २२२२० मत आएको छ। अहिले भरतपुर वडा न २७ को मतगणना सकियको छ । भरतपुर महानगरपालीका वडा न २७ मा कांग्रेस विजयी भएको छ । मेयर देवी […]
दिउँसो ३ बजे प्रचण्डले विशेष सम्बोधन गर्दै

९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे संसदमा गर्ने भनेको सम्बोधन अचानक रोकिएको छ। प्रचण्डले अहिले राजनीतिक छलफलमा व्यस्त भएको कारण सम्बोधन ३ बजेलाई सरेको प्रचण्डको सचिवालयले बताएको छ। प्रचण्डले आज नै संसदमा सम्बोधन गरेर राष्ट्रपति समक्ष राजिनामा दिने बताइएको छ।
माडीको मुहार फेर्ने धोको

नारायण ढुंगाना माडी,९ जेठ । उपप्रमुख बनेको पहिलो दिन कुर्सीमा बस्दा ताराकुमारी काजी महतोलाई नौलो लाग्यो । पहिले सचिवको कुर्सीमा थिइन् अहिले उपप्रमुखको कुर्सीमा पुगिन् । माडी नगरपालिकाको उपप्रमुखको कुर्सीमा बसेपछि पहिलो दिन आइतबार वडाध्यक्षसँग छलफल गरिन् । “परिचयात्मक कार्यक्रम भो, पहिले कर्मचारी थिएँ, अहिले जनप्रतिनिधि भएकी छु, खुसी हुँदै ताराकुमारीले भनिन्, “अब बोझ बढेको […]
म्यानचेस्टरमा बम बिस्फोट, १९को मृत्यु ५० भन्दा बढी घाईते
जेठ ९,लण्डन। ईङल्याण्डको म्यानचेस्टरमा बम बिस्पओट हुँदा १९ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाईते भएको बिबिसीले जनाएको छ। म्यानचेस्टर एरेनामा कन्सर्ट भैरहेको बेला उक्त बिस्फोट भएको थियो। अमेरिकी पप गायिका एरिआना ग्राण्डेको कन्सर्ट चलिरहेको बेला उक्त बिस्फोट भएको हो। आत्मघाती बिस्फोट भएको हुनसक्ने प्रारम्भिक आशंका स्थानिय प्रहरीले गरेको बिबिसीले जनाएको छ। बिस्फोट […]
किशोरी मृत्युको कारण थप रहस्य बन्दै

९ जेठ, नवलपरासी । नवलपरासीको कावासोती–१६ डण्डा की १५ वर्षीया रविना अर्यालको मृत्युको कारण थप रहस्यमय बन्दै गएको छ । रविनाको मृत्युको कारण आत्महत्या भएको उनको पारिवारिक स्रोतको दाबी छ तर त्यहाँका स्थानीयले रविनाको हत्या भएको दाबी गर्दै आएका छन् । किशोरी अर्याल गत बुधबार आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको शरीरको प्रकृति […]
एमालेबाट गाउँपालिका उपप्रमुखमा जितेकी थिङले रुँदै भनिन्, ‘मलाई प्रभु यशूले जिताउनु भो’ (भिडियो हेर्नुस)

९ जेठ । वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट धादिङ जिल्लास्थित गंगाजमुना गाउँपालिकाको उपप्रमुखमा विजयी भएकी एन्जीला तामाङ (थिंङ) विजयी भएपछि आफ्नो मतदाताहरु लाई धन्यबाद दिइन् । मतदातालाई धन्यवाद दिने क्रममा उनले प्रमु येशूले आफुलाई जिताएको समेत बताइन् । उनले भनिन्, ‘प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।’ पास्टरकी छोरी एन्जीला तामाङले थप खुशी […]
चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

९ जेठ, चितवन। चितवनको रत्ननगरस्थित टिकौलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ९ः३० बजेको समयमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रत्ननगर नगरपालिका–११ बस्ने ३० वर्षीय उपनेश विकको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रत्ननगरबाट भरतपुरतर्फ आउदै गरेको ना ६ ख १४४२ नम्बरको ट्रकले रत्ननगरतर्फ […]
स्थानीय तह कार्यपालिका र जिसस चुनावको चर्चा

विप्लव काफ्ले/कायाकैरन भरतपुर,९ जेठ । स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि चुनिएपछि तीन तहको निर्वाचन गर्ने तयारी सुरु भएको छ । कानूनले गरेको व्यवस्थाअनुसार कार्यपालिका, न्यायिक समिति र जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन हुनेछन् । यी निर्वाचनमा जनताले प्रत्यक्ष मतदानमा सहभागिता जनाउनुपर्ने व्यवस्था छैन । मतदाता पनि ठूलो संख्यामा नहुने भएकाले नतिजा आउन हप्तौं कुर्नुपर्ने अवस्था […]
पूर्वका चारै नगरपालिकामा एमालेको जित
धु्रवराज खनाल/कायाकैरन रत्ननगर,९ जेठ । पूर्वी चितवनका चारैवटा नगरपालिकामा नेकपा एमालेले कब्जा जमाएको छ । सबै नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेकै नेतृत्व पाएको छ । पूर्वी चितवनमा रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका छन् । रत्ननगर र राप्ती नगरपालिकामा एमालेलेले धेरै वडा जितेको छ भने खैरहनी र कालिका नगरपालिकामा कांग्रेसको भन्दा एउटा मात्रै बढी वडा […]
संसद् बैठक बस्दै, अनुमानित बजेटमाथि सैद्धान्तिक छलफल हुने

९ जेठ । व्यवस्थापिका संसद्को बैठक मंगलबार बस्दैछ । सोमबारबाट सुरु भएको तेस्रो अधिवेशन (बजेट)को मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७४/०७५ को आयव्ययको अनुमानमाथि सैद्धान्तिक छलफलका लागि विचारविमर्श गर्ने गरी कार्यसूची तय भएको छ । यस विषयमा सोमबार बसेको बैठकमै जानकारी गराइएको हो ।उक्त छलफल आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका […]