कसरी हाल्नुभो भोट ? यसो गरिएका बदर हुँदैनन्

भरतपुर, ३१ वैशाख । आइतबार ३४ जिल्लामा मतदान भएपछि स्थानीय तह निर्वाचनको मतगणना आजै बेलुकिबाट सुरु गर्न निर्वाचन आयोगले भनेको छ । सबै मतदान केन्द्रबाट मतपेटिका जम्मा हुँदैछन् । एकत्रित भएपछि मतगणना सुरु गरिनेछ । तर, मत गन्दा अनेकखाले समस्या आउन सक्छ । कस्तो मतपत्रलाई सदर गर्ने र कस्तोलाई बदर मान्ने भन्नेमा जुनसुकै निर्वाचनमा पनि […]
देशभर ७१ प्रतिशत मतदानः निर्वाचन आयोग

भरतपुर, ३१ वैशाख । स्थानीय तहको आज भएको पहिलो चरणको निर्वाचनमा करिब ७१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । अघि साँझ आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले कम्तीमा ७१ प्रतिशत मतदान भएको जानकारी दिए । यादवका अनुसार तीनवटा मतदान केन्द्रमा चुनाव हुन सकेन । दोलखाको मेलुङ गाउँपालिकाको सत्येश्वर मावि, […]
चितवनमा करिव ७० प्रतिशत मत खस्याे, भरतपुरकाे मतगणना भाेलिमात्र

भरतपुर, ३१ वैशाख। स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । प्रदेश नम्बर ३, ४ र ६ प्रदेशका ३४ जिल्लाका २८१ वटा स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न आइतबार निर्वाचन भएको हो । स्थानीय तह निर्वाचनको पहिलाे चरणअन्तर्गत चितवनका सात स्थानीय तहमध्ये एउटा वडाबाहेक सबै ठाउँमा मतदान सकिएकाे छ । कालिका नगरपालिकाकाे वडा नम्बर […]
स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न

३१ वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । प्रदेश नम्बर ३, ४ र ६ प्रदेशका ३४ जिल्लाका २८१ वटा स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न आइतबार निर्वाचन भएको हो । उक्त प्रदेशका दुई स्थानीय तहमा भने निर्विरोध निर्वाचित भएकाले आइतबार २८१ तहमा निर्वाचन भएको हो । बिहान ७ बजेदेखि साँझ पाँच […]
जो अरुको सहारामा भोट हाल्न आए (फोटो फिचर)

स्थानीय तह निर्वाचनको मतदानमा जनताको सहभागिता निकै उत्साहजनक पाइयो । छिटफुट घटनाबाहेक देशका तीनै प्रदेशमा शान्तिपूर्ण मतदान भइरहेको छ । चितवनमा ७ स्थानीय तहमा मतदान जारी छ । अबको केहीबेरमा मतदान सकिन्छ । बिहान ७ बजेबाट आउन सुरु गरेका मतदाता अपराह्न ५ बजेसम्म नै आउनेछन् । भरतपुर महानगरपालिकाको विभिन्न मतदान केन्द्र चहार्दा केही ठाउँमा अर्काको […]
दोलखामा गोली चल्यो, १ को मृत्यु
दोलखा, ३१ वैशाख । दोलखाको मेलुङ्ग गाउँपालिका–१ पअाेटीमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । पअाेटीको सत्यश्वर मावि मतदान केन्द्रको बुथ कब्जा गर्न खोज्ने प्रयास गर्ने क्रममा प्रहरीले गोली चलाउँदा दिनेश भुजेलको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । एमालेका कार्यकर्ताले बुथ कव्जा गर्न खोजेको आरोप छ । त्यस्तै दोलखाको […]
भरतपुरमा मतदाताको उत्साह हेर्नुहोस् फोटोमा

चितवनमा बिहानै ७ बजेदेखि नै स्थानीय तह निर्वाचनको मतदान चलिरहेको छ । लामो समयपछि स्थानीय सरकार छनोट गर्न मतदान गर्न पाउँदा मतदाता निकै उत्साहित देखिन्छन् । निकै शान्त वातावरणमा मतदाताहरु मत हालिरहेका छन् । हेरौं भरतपुरको लंकू, कृष्णपुर, तोरीखेत र शान्तिचोकमा देखिएका केही दृश्यहरु फोटोमा फोटोहरुः विनोदबाबु रिजाल र सुपथ अधिकारी
चितवनमा माओवादी केन्द्रका उम्मेदवारको अपहरण

३१ वैशाख, चितवन । माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेको पुष्टि भएको बताए । ७० […]
एक सय चार वर्षीय वृद्धले गरे मतदान

गैँडाकोट, ३१ वैशाख । स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिका वडा नं ८ निवासी १०४ वर्षीय भूमिश्वर सापकोटाले पहिलो मतदान गरी निर्वाचन सुरु भएको छ । प्रदेश नं ४ अन्तर्गत रहेको गैँडाकोट नगरपालिकाको कालिका मतदान केन्द्रमा भएको मतदानमा सापकोटाले मतदान गर्नुभएको हो । निर्वाचन शान्तिपूर्ण तरिकाले भइरहेको मतदान अधिकृतले जानकारी दिएका छन् । रासस
चितवनमा माओवादी केन्द्रविरुद्ध पर्चा छर्ने एमाले उम्मेदवार पक्राउ

चितवन, ३१ बैशाख । माओवादी केन्द्रका विरुद्धमा पर्चा छरेको भन्दै भरतपुर महानगरपालिकाको नेकपा एमालेका वडा नं ६ का वडासदस्यका उम्मेदवार खिलाप्रसाद न्यौपानेसहित ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उपरीक्षक थापाका अनुसार जनताको २४ यक्ष प्रश्न माओवादी केन्द्रलाई भन्ने पर्चा छर्दै गरेको अवस्थामा उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। अनुसन्धानपछि उनीहरुलाई निर्वाचनका लागि […]
भोट हालेपछि प्रचण्डले भने, “तालमेलअनुसारै हालें“

भरतपुर, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ७ बजे नै मतदान गरेका छन् । भरतपुर–४ स्थित लक्ष्मी मा.वि. लंकूको ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदाता क्रम संख्या १९२८ मा रहेका दाहाल बिहान ७ बजे मतदान केन्द्र प्रवेश गरेका थिए । उनले भरतपुरमा अहिलेको तालमेलअनुसार मतदान गरेको बताए । पत्रकारले सोधेको जिज्ञाशामा […]