पहिलोपटक रुख चिन्हमा मतदान गर्दै प्रचण्ड !

३० बैशाख । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन आइपुगेका छन्  । स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि उनि सपरिवार आज साझ ५ वजे चितवन आएका हुन । भरतपुरको होटल ग्लोवलमा वसेका प्रधानमन्त्री प्रचण्डले भोली आइतवार विहान ७ वजे भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी माध्यमिक विद्यालयवाट मतदान गर्नेछन् । भोलि पुष्पकमल […]

छोरीलाई भोट हाल्न प्रधानमन्त्री चितवन आइपुगे

३० बैशाख ।प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन आइपुगेका छन् ।प्रचण्ड  केही बेरअघि विमानको अन्तिम सिटमा बसेर चितवन आइपुगेका हुन् ।  प्रधानमन्त्रीले भोली भरतपुर महानगरपालिका–४ लन्कु स्थित लक्ष्मी माविबाट मतदान गर्नेछन् । यस केन्द्रमा चारवटा वुथ रहेका छन् । भरतपुर महानगरको मेयर माओवादी केन्द्रबाट प्रचण्ड पुत्री रेणु दाहालले उम्मेदवारी दिएकी छिन् ।

स्थानीय तह निर्वाचनको सबै तयारी पूरा

भरतपुर, ३० वैशाख । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको छ । झन्डै दुई दशकपछि यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा मतदान गर्न मतदाता व्यग्र प्रतीक्षामा छन् । सो निर्वाचनअन्तर्गत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख तथा दुवै […]

भोलि बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म अनुमति बेगरका सवारी सञ्चालनमा रोक

३० वैशाख । स्थानीय तह निर्वाचनको मतदानको दिन भोलि बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुनेछन् । भोलि निर्वाचनको दिन अनुमतिपत्र नलिएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सुरक्षाकर्मी, सूचना विभागबाट अनुमति पत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालनमा आउने छ । विदेशबाट […]

ट्राफिकसंगै आए दारी ग्याङ

भरतपुर,३० वैशाख, संयुक्त राष्ट्र संघको चौथो सडक सुरक्षा सप्ताहअन्तर्गत आज दारी ग्याङ चितवनसँगको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक दुर्घटना न्युनिकरण कार्यक्रम गरेको छ । कार्यक्रममा प्लेकार्ड प्रदर्शन गर्दै सडक प्रयोगकर्ताहरुलाई सचेत पार्ने कोशिस गरिएको थियो । सो कार्यक्रम जेब्रा क्रसिङमा बाटो काट्न पैदलयात्री आग्रह गर्नुका साथै सवारी चालकलाई जेब्रा क्रसिङबाट बाटो काट्ने पैदलयात्री […]

निर्वाचनका लागि जनताको उत्साह

निर्वाचन आयोगले स्थानीय निर्वाचनको लागि अन्तिम तयारी गरेको छ । भोलि देशका ३ प्रदेशमा स्थानीय तहको निर्वाचन हुँदैछ । जिन्दगीमा पहिलोचोटि स्थानीय सरकार आफैले मत दिएर गठन गर्नका लागि सम्पूर्ण जनता आतुर देखिएका छन् । सरकारले पनि शान्ति सुरक्षा पर्याप्त मात्रामा उपलब्ध गराएको उल्लेख गरेको छ । कतैकतै शान्ति सुरक्षा खलल पुग्ने गरी समस्या उत्पन्न […]

कुनैपनि किताब बेकारका हुँदैनन्ः धनराज गिरी

धनराज गिरी बहुमुखी प्रतीभाका धनी छन् । विशेषगरी गजल र कथामा कलम चलाउँदै आएका गिरी साहित्यका सबैजसो विधामा निपूण देखिन्छन् । समसामयिक लेखनमा रुचि राख्ने उनी आफ्नो लेखनमा कटाक्ष मिसाउनु खप्पिस मानिन्छन् । यिनी पुस्तक अध्ययन र समीक्षा गर्नमा पनि उत्तिकै सक्रिय देखिन्छन् । उनी किताब पढ्न पनि उत्तिकै रुचि राख्छन् । पुस्तक पढ्ने रुचिबारे […]

निलम्वित एफबीआई प्रमुखलाई पदमा रहँदा भएका कुराकानी नचुहाउन ट्रम्पको आदेश

३० वैशाख, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) का निलम्वित प्रमुख जेम्स कोमीलाई पदमा रहँदा भएका कुराकानी नचुहाउन चेतावनी दिएका छन् । शुक्रबार बिहानै गरिएका केही ट्वीट सन्देशमा राष्ट्रपति ट्रम्पले पदीय हैसियतमा गरिएका कुराकानीलाई सञ्चारमाध्यमसमक्ष नलान भनेका हुन । ट्रम्पले निलम्वनमा परेका पूर्व एफबीआई प्रमुख कोमीलाई उनि पदमा रहेका बेला भएका कुराकानी […]

कति भए पुग्छ ? (पाठक टिप्पणी)

  धनराज गिरी भन्न त गजलकार ‘जे सागरले यति भए पुग्छ ?’ भनेर एउटा गजलसंग्रह प्रकाशित गरे । यो भाग्यमानीले भूमिका मात्र लेखेन, २२ गते शनिबार सर्वनाम थिएटरमा गएर विशिष्ट अतिथि बनी केही बोल्यो पनि । स्वयं भूमिका लेखकले अब के लेख्ने ? म पनि यति भए पुग्छ भनेर मौन बसेको भए हुने । तर, […]

भरतपुरमा बम डिस्पोज गरियो

वैशाख ३० । भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकै नेपाली काँग्रेसको सम्पर्क कार्यालय आडमा भेटिएको होक्स प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान निस्क्रिय(डिस्पोज) गरेको छ । भरतपुर महानगरपालिका–९ सरदपुरमा रहेको सो कार्यालयको आडमा शङ्कास्पत वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम निस्क्रिय गर्नुअघि सो क्षेत्रको सुरक्षाका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन […]

विप्लव माओवादी फ्याउरे भइसके: एसपी थापा (अन्तरवार्ता)

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)दीपक थापालाई यतिखेर भ्याइनभ्याइ छ । भोलि ऐतिहासिक स्थानीय तह निर्वाचन हुने दिन । त्यसैले पनि जिल्लाभरको सुरक्षा प्रबन्ध मिलाउन अहोरात्र खटिनुपर्ने अवस्था छ । उनले सबै मतदातालाई ढुक्क भएर मतदान गर्न आह्वान गरेका छन् । चितवनको अहिलेको सुरक्षा चुनौतीलाई उनले ३ भागमा वर्गीकरण गरेका छन् । कायाकैरनसँगको टेलिफोन कुराकानीमा […]

चुनाव जिते पनि काम गर्न पाउँदैनन् जनप्रतिनिधिहरू

३० वैशाख, स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शपथ लिने कानुन अझै बन्न सकेको छैन। कानुन नबन्दा निर्वाचित जनप्रतिनिधिले तत्काल काम गर्न पाउने छैनन्। निर्वाचित जनप्रतिनिधिहरूले केका आधारमा शपथ ग्रहण गर्ने भन्ने कानुनी आधार अहिलेसम्म तय भएको छैन। आगामी आइतबार वैशाख ३१ गते प्रदेश नं. ३, ४ र ६ मा गरी ३८१ स्थानीय तह (गाउँपालिका र […]

नयाँ मेयरका लागि कार्यालय सिंगारिदै

विप्लव काफ्ले/कायाकैरन भरतपुर,३० वैशाख । वैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको चुनाव हुँदैछ । भरतपुर महानगरपालिकाको प्रमुख (मेयर)को दौडमा १४ जना र उपप्रमुख (उपमेयर) पदमा ११ जनाको नाम छ । तिनीहरुमध्ये एकजना मेयर र एकजना उपमेयर चुनाव जितेर आउने छन् । महानगरका २९ वडामा गरी कूल १ सय ५० जना जनप्रतिनिधि चयन हुँदैछन् । […]

झण्डा हेरेरै भोट हाल्ने बढी

हेम रोकाहा/कायाकैरन भरतपुर,३० बैैैशाख । भोलि (वैशाख ३१ गते) हुने स्थानीय तहको चुनावको प्रतीक्षा व्यग्र छ । शुक्रबार मतदान केन्द्रमा परिचयपत्र लिन आएका सर्वसाधारण पनि भोट हाल्ने कुराले निकै उत्साहित देखिन्थे । तर, भोट हाल्दा पार्टीको झण्डा हेरेर हाल्ने कि योग्य मान्छे पहिचान गर्ने भन्नेमा द्विविधामै छन् । स्थानीय चुनावमा मान्छे हेरेर भोट हाल्नुपर्छ भनिएपनि […]