नटेरे अन्तिम बल प्रयोग हुन्छः एसपी थापा

भरतपुर, २९ वैशाख । स्थानीय प्रशासनले मौन अवधिको पालना गर्न सबैलाई आह्वान गरेको छ । शुक्रबार बसेको सुरक्षा समितिको बैठकपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आचारसंहिता पूर्णरुपमा पालना नगरे कानूनअनुसार कारबाही भोग्नुपर्ने चेतावनी दिएको छ । निर्वाचन आचारसंहिता २०७२, स्थानीय निर्वाचन आचारसंहिता २०७३ को ५ (घ) तथा स्थानीय प्रशानस ऐन २०२८ अनुसार मौन अवधिमा […]
भोट हाल्न आतुर छन् मतदाता

भरतपुर, २९ वैशाख । फिल्म निर्माता तथा पत्रकार रवि अधिकारीले भरतपुर महानगर वडा नम्बर ५, तोरीखेतमा रहेको मतदान केन्द्रबाट आज अस्थायी मतदाता परिचयपत्र लिए । उनले नागरिकताका आधारमा आफूसँगै बुबा बृखबहादुर, आमा लीलावती, दिदी सम्झना र भिनाजु जंगबहादुर कुँवरको परिचयपत्र झिके । अधिकारी भन्छन्, “स्थानीय निकायको निर्वाचन दुई दशकपछि हुन लागेकाले आफ्नो गाउँको विकास गर्ने […]
उपरदाङगढीमा म्युजिक भिडियो

भरतपुर, २९ वैशाख । नारायणी कला मन्दिरका नृत्य निर्देशक सुमित लामा म्युजिक भिडियो निर्देशक पनि बनेका छन् । वर्षौंदेखि कला मन्दिरमा नृत्यकला सिकाउँदै आएका लामाले ‘तिमीभन्दा राम्री’ बोलको आधुनिक गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् । सन्दीपकुमार पौडेल र रेखा पौडेलले गाएको आधुनिक गीतको भिडियो उनले चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा खिचेका छन् । “चितवनको ऐतिहासिक […]
सरकारी ढुकुटीबाट कार्यकर्तालाई करोडौं !

भरतपुर, २९ वैशाख । सरकारले राज्यको ढुकुटीबाट राजनीतिक दलका नेता तथा कार्यर्तालाई वितरण गर्न बर्सेनि करोडौं रुपैयाँ निकासा गर्दै आएको छ । मन्त्रिपरिषद् बैठकले पछिल्लो ४ वर्षमा सरकार र प्रतिपक्षमा रहेका विभिन्न दलसम्बद्ध कार्यकर्ताका लागि करिब ४५ करोड रुपैयाँ निकासा गरेको समाचार काठामाडौंबाट प्रकाशित हुने कारोबार दैनिकले प्रकाशित गरेको छ । मातृका दाहालले लेखेको समाचारमा […]
२०७४ बैशाख २९ गते शुक्रबार
राष्ट्रपति भण्डारी बैङ्ककतर्फ प्रस्थान

२९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गरेकी छिन् । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी श्रीलङ्का जान लागेकी हुन् । राष्ट्रपति भण्डारी शुक्रबार बिहान १०ः१५ बजे बैङ्ककतर्फ प्रस्थान गरेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल […]
राप्रपा नेताको घर अगाडि सिलिन्डर बम विस्फोट, दुईवटा घरमा क्षति
२९ वैशाख, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा अज्ञात समूहले आज विहान सिलिन्डर बम विस्फोट गराएको छ । दुवाकोटको काठमाडौं मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घरअगाडि विहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिन्डर बम विस्फोट भएको खत्रीले जानकारी दिएका छन । बम विस्फोट हुँदा खत्रीको घरका आठवटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको […]
मतदातालाई सुरक्षा देऊ
गृह मन्त्रालयले हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा प्रत्याभूति हुने गरी स्थानीय चुनावका लागि सुरक्षा रणनीति बनाएको बताएको छ । स्थानीय सुरक्षा निकायहरुले पनि मतदाताहरुलाई ढुक्क भएर मतदान गर्नका लागि भनेको भन्यै छन् । तर, पछिल्ला केही घटनाहरुलाई हेर्ने हो भने सुरक्षाका हिसाबले मतदाताहरु केही डराउनुपर्ने अवस्था देखिएको छ । अहिलेको अवस्थामा के निर्धक्क भएर निर्वाचनमा […]
नेपालमा २३ वर्ष यताकै आर्थिक उच्च वृद्धिदर : विश्व बैंक

२९ वैशाख । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ७.५ प्रतिशतले (बजार मूल्यमा) वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले आज सार्वजनिक गरेको प्रतिवेदमा मनसुनी वर्षाका कारण कृषि उत्पादकत्वमा वृद्धि, विद्युत आपूर्तिमा वृद्धि र भूकम्पपछिको पुनःनिर्माणमा लगानी वृद्धि भएका कारण २३ वर्षयताकै आर्थिक वृद्धिदर बढ्ने भएको हो । विश्व वैंकको प्रतिवेदनअनुसार सन् […]
गाउँ–गाउँ पुगे निर्वाचन कर्मचारी

हेम राकाहा/कायाकैरन भरतपुर,२९ बैशाख । पर्सि (वैशाख ३१ गते) हुने स्थानीय तहको निर्वाचन सम्पन्न गराउन जिल्लाका सातै तहका निर्वाचन कर्मचारी बिहीबारसम्म मतदान केन्द्र पुगिसकेका छन् । कर्मचारीहरु कार्यथलोमा पुगेर मतदाता परिचयपत्रसमेत बाँड्न थालिसकेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार चितवनमा रहेका १६१ मतदान स्थलअन्तर्गत ३७६ मतदान केन्द्रका लागि २ हजार २ सय […]
मौन अवधि सुरु, चुनाव प्रचार सकियो

भरतपुर,२९ बैैैशाख । गएराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । दलहरुले बिहीबार साँझसम्म आफ्ना सबै चुनावी अभियान, प्रचारप्रसार सकिसकेका छन् । देशभर सबै ठाउँमा फरक–फरक पार्टीले फरक–फरक सभा गरेका छन् । निर्वाचन हुनु ४८ घन्टाअघि सुरु मौन अवधिले मतदाता, उम्मेद्वार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने यस क्षेत्रका विज्ञको धारणा […]
मजदुरलाई छैन चुनावको उत्साह

रत्ननगर,२९ बैशाख । स्थानीय तह निर्वाचनले अहिले जताजतै माहोल तातेको छ । सबै जसोलाई निर्वाचनले छोएको छ । नेताहरु घरदैलोमै जान व्यस्त छन् । कार्यकर्तामा पनि उत्साह छाएको छ । निर्वाचन आउन अब मात्रै ३ दिन बाँकी छ । खैरहनी १२ कपियाकी अन्जु दराईलाई पनि चुनावमा होमिन छ । प्रचारप्रसारमा हिड्न मन छ । मनमा […]