सर्वत्र खरानी (कविता)

किउ बिच हाउ

जहाँ मानव हुव्छ
त्यहीँ खरानी हुन्छ
धुम्र पाईपको खरानी
जीवनको खरानी
खरानी आकाशतिर उड्छ
चुरोटबाट निस्केको खरानी
एस्ट्रेमा जम्मा भएको खरानी
टेबलमा झरेको खरानी
सिसामा टाँसिएको खरानी
झलमलमा निस्किएको खरानी
पेय पदार्थमा मिसिएको खरानी
कारमा खरानी
बारमा खरानी
हावामा खरानी
महिलाको शिरमा झरेको खरानी
प्रेम सम्बन्धमा खरानी
स्थानमा खरानी
युद्धमा र पछि खरानी
कविताको पुस्तकमा खरानी
जलेको शरीरबाट निस्केको खरानी
बिपदमा खरानी ।।

(अनुवादक कुमाराज सुवेदी)

(कवयत्री किउ बिच हाउ भियतनाम लेखक संघकी विदेश विभाग हेर्ने सदस्य हुन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट