अस्ट्रेलियामा नेपाली प्राध्यापक सुवेदी सम्मानित

चितवन, २१ फागुन ।
टेफ दक्षिण अस्ट्रेलियामा कार्यरत प्राध्यापक तथा कवि कुमाराज सुवेदी सम्मानित भएका छन् । दक्षिण अस्ट्रेलिया सरकारको डिपार्टमेन्ट अफ प्रिमियर एन्ड क्याविनेट अन्तर्गत बहुसांस्कृतिक मामिला विभागले सन् २०२४ को स्वयंसेवक फाईनलिस्ट अवार्डबाट सुवेदीलाई सम्मान गरेको छ ।

समाजमा संस्कृतिको प्रबर्धन र सांस्कृतिक बिबिधताको महत्वलाई बुझाउन अतुलनीय भूमिका निर्बाह गर्ने नागरिकलाई एउटा स्वतन्त्र निर्णायक समूहको सल्लाहमा सम्माननीय दक्षिण अस्ट्रेलिया राज्यका गभर्नरद्वारा यो सम्मान प्रदान गरिन्छ ।

बहुसांस्कृतिक राज्य दक्षिण अस्ट्रेलियामा विभिन्न देशबाट आएका आप्रवासीलाई उक्त राज्यमा उपलब्ध सेवाहरू प्राप्त गर्न, भाषिक क्षमता वृद्धि गर्न र राज्यमा सहजरूपमा समायोजन हुन सघाएबापत उक्त पुरस्कार दक्षिण अस्ट्रेलिया राज्यको बहुसांस्कृतिक मामिला विभागद्वारा प्रदान गरिएको हो । एडिलेड सहरस्थित गभरमेन्ट हाउसमा बुधबार आयोजित एक कार्यक्रममा दक्षिण अस्ट्रेलियाका गभर्नर फ्रान्सिस एडमसन एसीले उक्त अवार्ड प्रध्यापक तथा कवि कुमाराज सुवेदीलाई प्रदान गरेका हुन् ।

नेपाली समुदायमा यो अवार्ड प्राप्त गर्ने सुवेदी पहिलो व्यक्ति हुन् । पुरस्कार ग्रहणपछि प्रतिक्रिया व्यक्त गर्दै सुवेदीले भने – `आफू बसेको समाजमा निस्वार्थ भावले गरेको कामलाई राज्यले महत्त्व दिएकोमा कृतज्ञ भएको छु र थप कार्य गर्न उर्जा मिलेको छ।´ टेफ दक्षिण अस्ट्रेलियामा प्राध्यापनरत कवि कुमाराज सुवेदीले पाँच वर्षभन्दा बढी समयदेखि दक्षिण अस्ट्रेलिया राज्यमा स्वयंसेवा प्रदान गर्दै आएका छन् ।

नेपाली मूलका निक श्रेष्ठले उत्कृट बिजनेस समूहतर्फको अवार्ड प्राप्त गर्नु भएको छ । उक्त कार्यक्रम बहुसाँस्कृतिक मन्त्री जोई बेटिन्सन, चिफ जस्टिस क्रिस कौराकिस, पुलिस कमिसनर ग्रान्ट स्टेभन्स, दक्षिण अस्ट्रेलियाका नेपाली अबैतनिक कन्सुलर दीपक धमला, टेफ एस कि म्यानेजर क्लेएर डालिमोरलगायत राज्यका महत्वपूर्ण व्यक्तिहरूको उपस्थिमा भएको थियो ।

नेपालमा छँदा पनि सुवेदी शिक्षण पेशाका अतिरिक्त स्वयंसेवकको रूपमा कम्प्यूटर शिक्षा, महिला प्रौढ शिक्षा र पुस्तकालय निर्माणलगायतका गतिविधिमा सम्लग्न थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट