नेवारी कला र भाषा संरक्षण र प्रबर्द्धनका लागि जोड

मकवानपुर, १५ वैशाख ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले नेवारी कला र भाषा संरक्षण र प्रबर्द्धनका लागि निरन्तर लागिरहेको बताएका छन् । शनिवार नेवा गुठी खल मकवानपुरको तेश्रो साधारणसभामा बाेल्दै उनले यस्तो बताएका हुन् ।

नेवारी समुदायले राजनीतिकदेखि राष्ट्र निर्माण गर्ने कार्यमा समेत उल्लेख योगदान दिएकाे मन्त्री श्रेष्ठले बताए । ‘हिजोको दिनमा उपत्यकामा मात्र नेवार समुदायको बाहुल्यता थियो र त्यहिबाट कलाको संरक्षण प्रबर्द्धन भईरहेको थियो’ उनले भने आज नेपालको धेरै भु-भाग र शहरहरुमा पनि विभिन्न माध्यमबाट फैलिएर आफ्नो संस्कृति, भाषा र कलाको जर्गेना गरि महत्वपूर्ण योगदान खेलेकोमा सम्पूर्ण नेवार समुदाय धन्यवादको पात्र रहेका छन् ।’

संस्कृति जोगाउन मात्र नभइ व्यापार व्यवसाय, उद्योगधन्दासमेत गरि रोजगारी सिर्जना गर्दै राष्ट्रको पुँजी निर्माणमा नेवार समुदायको महत्त्वपूर्ण भूमिका रहेको उनकाे भनाई थियो । हरेक आन्दोलन र परिवर्तनमा समेत नेवारी समुदायको महत्वपूर्ण उपस्थित रहेको भन्दै उनले नेपालको परिवर्तनमा नेवार समुदायको थुप्रै अग्रज नेताहरुको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

नेवार समुदायको योगदानका कारण  बागमती प्रदेशले नेवारी भाषा भाषालाई कामकाजको भाषाको रुपमा स्थापित गरेकाे उनले बताए । नेवार समुदायले संस्कृती जगेर्नाकाे नाममा भोज भतेर मात्र नगरी फरक ढंगबाट हेटौंडा बजारमा जन्मेदेखि मर्ने बेलासम्मको विधि र संस्कृतीलाई पुस्तान्तरण गर्न जरुरी रहेको उनकाे भनाइ थियो ।

नेवा गुठी खल मकवानपुरका अध्यक्ष अनिल कृष्ण खड्गेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश खानेपानी, उर्जा तथा सिचाइ मन्त्री एकालाल श्रेष्ठ,बागमती प्रदेश सभा सदस्य लक्ष्मीदेवि श्रेष्ठ, नेवा देय दवु, बागमती प्रदेश अध्यक्ष विष्णु गोपाल महर्जन, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट संचालक पुरणबहादुर जोशीलगायतको उपस्थिति रहेको थियो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट