मोमिलाको निबन्धसङ्ग्रहमाथि अन्तरक्रिया

गैंडाकोट, १५ वैशाख ।
कवि एवम् निबन्धकार मोमिलाको ललित निबन्धसङ्ग्रह ‘प्रश्नहरु त बाँकी नै रहन्छन्’ माथि शनिबार गैंडाकोटमा अन्तरक्रिया गरिएको छ । पेज टर्नरबाट प्रकाशित कृतिमाथि पेज टर्नरले नै अन्तरक्रिया आयोजना गरेको हो ।

‘प्रश्नहरु त बाँकी नै रहन्छन्’ माथि डा. एकनारायण पौड्याल, प्राडा ज्ञानु पाण्डे र कथाकार महेश पौड्यालले समीक्षात्मक टिप्पणी गरेका थिए । उनीहरुले यस कृतिमा समेटिएका निबन्ध शक्तिशालीरुपमा आएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि गोविन्दराज विनोदीले कृति सफलताको कामना गर्दै निकट भविष्यमै मोमिलाका थप साहित्यिक कृति आउने अपेक्षा गरे । कार्यक्रममा कविद्वय भूपिन खड्का र सरला जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पेज टर्नरका एलबी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सञ्चारकर्मी सबिता अधिकारीले सहजीकरण गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट