लायन्स क्लव अफ चितवन वाङ्मयको अध्यक्षमा सुजन अधिकारी चयन

गैंडाकोट, १५ वैशाख ।
लायन्स क्लव अफ चितवन वाङ्मयको अध्यक्षमा सुजन अधिकारी चयन भएका छन् । वर्ष २०२४/२५ का लागि लायन्स सुजन अधिकारीलाई अध्यक्ष पदमा चयन गर्दै वाङ्मयको ७ औं अधिवेशन शुक्रबार मेघौलीको थारु ग्रामीण होमस्टेमा सम्पन्न भएको छ ।

क्लबमा प्रथम उपाध्यक्ष लायन पुष्प अधिकारी अञ्जली, द्वितीय उपाध्यक्ष लायन राजेन्द्र पौडेल, सचिव लायन बिदुर अधिकारी, कोषाध्यक्ष लायन हिरामणी शर्मा, सह-सचिव लायन राजेन्द्र सिलवाललगायत सदस्यहरु समेतलाई सर्वसम्मत चयन गरिएको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै निर्वाचित अध्यक्ष अधिकारीले समाजमा आईपर्ने विपत व्यवस्थापन, असहाय दीनदु:खीहरुलाई सहयाेगका साथै कलासाहित्य र पत्रकारिता क्षेत्रलाई समेत अङ्गाल्दै अझै प्रभावकारी ढङ्गबाट कार्यक्रमहरु अघि बढाउने बताए ।

लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक्ट ३२४ आर जोन ३६ का जोन चियर पर्सन लायन हरिप्रिया रिजाल प्रमुख अतिथि रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष रामहरि श्रेष्ठ, पूर्व अध्यक्ष हिरामणी रेग्मीलगायत डाक्टर हेमनाथ घिमिरे, मुना रेग्मी, रोजिना लोहनी, इन्दिरा अधिकारी, बेदप्रसाद महतोलगायत अतिथि रहेको कार्यक्रमलाई क्लबका सचिव लायन राजेन्द्र पौडेलले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट