चार्टर प्रिजेन्टेसन, इन्डक्सन तथा पदस्थापन समारोह

भरतपुर, ४ असोज ।
लायन्स क्लव अफ नारायणगढ बालकुमारीको २०औं, लियो क्लव अफ नारायणगढ बालकुमारीको १८औं पदस्थापन तथा लायन्स क्लव अफ दलदले र लायन्स क्लव अफ चितवन रामेश्वरको ईण्डक्सन तथा चार्टर प्रिन्जेन्टेसन समारोह कार्यक्रम संयुक्तरूपमा सम्पन्न भएका छन् ।

क्षेत्रपुरमास्थित दियालो फुडल्याण्डमा सम्पन्न कार्यक्रमलाई लायन्स क्लव अफ नारायणगढ बालकुमारीको वर्ष २०२०/२१ का अध्यक्ष लायन ई. हरिराम पौडेलले अध्यक्षता गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट गभर्नर लायन रामप्रसाद भट्ट थिए भने लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालका क्याविनेट सेक्रेटरी लायन प्रभाकर पण्डित र क्याविनेट ट्रेजरर लायन नारायणप्रसाद शर्मा विशिष्ट अतिथि थिए ।

यस्तै विशेष अतिथिहरुमा लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिभ चिफहरु लायन सिद्धार्थलाल चुके, लायन दिनानाथ न्यौपाने, लायन नवराज सापकोटा, लायन गणेश ढकाल र लायन हरिप्रसाद घिमिरे रहेका थिए । यस्तै गरेर लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट एड्भाइजर को–चिफहरु लायन राजेन्द्र गौतम, लायन कृष्ण पाण्डे, लायन खोमकान्त रेग्मी, लायन कमल प्रसाद श्रेष्ठ, लायन सुधा जोशी र लायन नारायण सापकोटा थिए । त्यस्तै अतिथिहरुमा लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट चिफहरु लायन हेमा पौडेल, लायन गोपाल गौतम, लायन नेत्रप्रसाद आचार्य, लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट डेपुटी सेक्रेटरी लायन पूर्णप्रसाद शर्मा, डिष्ट्रिक्ट डेपुटी सेक्रेटरी लायन बिनोद सुबेदी, एरिया नम्बर ३ का चिफ एरिया कोअर्डिनेटर लायन बालगोपाल चुके, एरिया नम्बर ३ का एरिया कोचिफ लायन शालिकराम सापकोटा, एरिया नम्बर ३ का एरिया सेक्रेटरी लायन बिशालबाबु तिमिल्सिना, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन ईश्वरीप्रसाद खराल, जोन ५४ का जोन चेयरपर्सन लायन लोकबहादुर रानाभाट रहेका थिए ।

लायन्स क्लव अफ नारायणगढ बालकुमारीका प्रथम उपाध्यक्ष लायन शंकरप्रसाद आचार्यले स्वागत गरेको थिए भने लायन वर्ष २०२०/२१ का अध्यक्ष लायन हरिराम पौडेलले वर्षभरि गरेका कार्यक्रमको विवरण र गर्न बाँकी कार्यक्रमहरुलाई आगानी अध्यक्षबाट सम्पन्न गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर लायन रामप्रसाद भट्टले लायन्स क्लव अफ नारायणगढ बालकुमारी र लियो क्लव अफ नारायणगढ बालकुमारीका वर्ष २०२१/२२ का अध्यक्ष ध्रुवप्रसाद पौडेल र लियो रिचेन्द्र पण्डितलाई पद तथा गोपनियताको सपथसँगै नेतृत्व परिवर्तनको औपचारिकता पुरा गराएका थिए भने नयाँ स्थापना भएका दुई क्लवहरु लायन्स क्लव अफ दलदलेका संस्थापक अध्यक्ष लायन जीवलाल पराजुली र लायन्स क्लव अफ चितवन रामेश्वरका संस्थापक अध्यक्ष लायन जयन्तिप्रसाद उपाध्यायलगायत क्लवका पदाधिकारीहरु र क्लवका संस्थापक सदस्यहरुलाई पालैपालो पद तथा गोपनियताको सपथ ग्रहण गराई क्लवमा आवद्धता र सदस्यताको प्रमाणपत्र तथा पिनहरुले सुशोभित गरेका थिए ।

सोही कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ ले स्थापना गर्न लागेको टियू व्लड बैंकको प्रति व्यक्ति २५ हजार रुपैयाँ तिरेर लिनुपर्ने आजीवन सदस्यता लायन्स क्लव अफ नारायणगढ बालकुमारीका ५ जनाले लिए भने लायन्स नेपाल गुठीको समेत आजीवन सदस्यता लिने सदस्यहरुबाट घोषणा भएको थियो ।
त्यस्तै गरेर लायन्स क्लव अफ नारायणगढ बालकुमारीले विगत लामो समयदेखि सहयोग गर्दै आएको भरतपुरको नारायणी नमुना माविका लागि दृष्टिविहिन र अपांगहरुको लागि लक्षित गरेर क्लवका पूर्वअध्यक्ष लायन बालगोपाल चुकेले क्लवका तर्फबाट रु एक लाख रुपैयाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लायन टेकबहादुर थापालाई हस्तान्तरण गरे । त्यस्तै लायन चुकेले टियू व्लड बैंकको आजीवन सदस्यता सहित थप रु ७५ हजार समेत सहयोग गर्ने घोषणा पनि गरे ।

लायन्स क्लव अफ नारायणगढ बालकुमारीका सचिव लायन शेरबहादुर पौडेलले संचालन गरेको कार्यक्रममा उपस्थित अतिथिगणलगायत सबै क्लवहरुका सहभागीलाई धन्यबाद ज्ञापन लायन्स क्लव अफ चितवन रामेश्वरका सचिव अच्युत पण्डितले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट