अष्ट्रेलिया विरुद्ध भारतलाई सुरुवाती झट्का

भरतपुर, २४ पौष ।

अष्ट्रेलिया विरुद्ध जारी टेष्ट शृंखला वर्डर गावाष्कर ट्रफीको तेस्रो टेष्टको पहिलो पारीमा भारतले खराब सुरुवात गरेको छ । टेष्टको दोस्रो दिनको अन्त्यमा उसले ९६ रन जोड्दा २ विकेट गुमाएको छ । उसका लागि ओपनरद्वय शुभमन गीलले ५० तथा रोहित शर्माले २६ रनको योगदान दिए । क्रिजमा चेतेश्वर पुजारा ९ तथा कप्तान आजिक्य रहाणे ५ रनमा खेलिरहेका छन् । घरेलु टोलीका लागि प्याट कमिन्स र जोश हेजलउडले १–१ विकेट लिएका हुन् ।

भारतले आफ्नो पहिलो पारी थाल्नु अघि अष्टे«लिया आफ्नो पहिलो पारीमा ३३८ रनमा अलआउट भएको थियो । अष्ट्रेलियाले सिड्नीमा दोस्रो दिनको खेल १६६ रनमा २ विकेट गुमाएको अवस्थाबाट थालेको थियो । अष्टे«लियालाई सम्मानजनक स्कोरसम्म पुर्‍याउन दायाँहाते स्टिभन स्मीथले करियरको २७औँ शतकका रूपमा १३१ रनको योगदान दिए । कम टेष्ट पारीमा उक्त उपलब्धि हात पार्ने सन्दर्भमा उनले भारतका विराट कोहली र सचिन तेन्दुल्करलाई समेत पछि पारे । २७औँ शतक पूरा गर्न स्मीथले १३६ वटा पारी लिँदा तेन्दुल्कर र कोहली दुवैले समान १४१ वटा पारी लिएका थिए । सबैभन्दा कम पारीमा २७ टेष्ट शतक भने डन ब्रेडमेन (७०) को नाममा छ ।

स्मीथका अलावा मार्नस लेबुसेनले ९१ रनको पारी खेल्दा मिचेल स्टार्क भने २४ रन बनाएर आउट भए । टस जितेर पहिले ब्याटिङ रोजेको कंगारु टोलीका लागि विल पुकोभ्स्कीले पहिलो दिन नै ६२ रन बनाएका थिए । भारतको तर्फबाट भने स्पीनर रवीन्द्र जडेजाले सर्वाधिक ४ विकेट हात पारे । यस्तै, जस्प्रित बुम्राहा र डेब्युटेन्ट नवदीप शैनीले २–२ लिँदा मोहम्मद सिराजले पनि १ विकेट चट्काए ।

यी दुई टोलीबीच जारी ४ म्याचको टेष्ट सिरीज हाल १–१ को बराबरीमा रहेको छ ।

(क्रिक्इन्फोको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट