मौलाकालिका: सुनसानमा पनि सुन्दर

गैंडाकोट, ३० कात्तिक ।
पूर्वीनवलपरासीको गैंडाकोट नगरपालिकास्थित मौलाकालिका मन्दिरमा विगत ८ महिनायता चहलपहल छैन । मन्दिरका पूजारीले आन्तरिक पूजा अर्चना नियमितरूपमा गर्ने गरे पनि दर्शनका लागि आउनेहरूलाई मन्दिर बन्द रहेको सूचना प्रवेशद्वारमै टाँस गरिएको छ । भाकल तथा आकस्मिक पूजाका लागि फाट्टफुट्ट मन्दिर पुगेका दर्शनार्थीले बाहिरैबाट पूजा गर्ने गरेका छन् ।

मौलाकालिका मन्दिर ५६१ मिटर ( १८४१ फिट ) उचाईमा रहेको छ । चितवनको नारायणगढ बजारबाट ५ किलोमिटरको दूरीमा पर्दछ । मौलाकालिका मन्दिरको फेदी गैंडाकोट नगरपालिका वडा नम्बर १ बाघखोरबाट करिव ३ किलोमिटरको सिँढी मार्ग भएर करिव १ घन्टाको पैदल यात्रामा मौलाकालिका मन्दिर पुग्न सकिन्छ । मौलाकालिका मन्दिर जानलाई कच्ची सडक बाटोको निर्माण भए पनि बाटो प्रयोगमा आइसकेको छैन । अत्यावश्यक कामका लागि मात्रै प्रयोग हुने उक्त बाटोमा मोटरसाइकल, अटो र चार पाङ्ग्रे सवारीसाधन आवतजावत गर्छन् । सडकबाटोको लम्बाइ ४ किलोमीटर छ । उक्त बाटो भएर १५ देखि २० मिनेटमा मन्दिर पुग्न सकिन्छ । मौलाकालिका मन्दिर दर्शनको लागि आउनेहरू पैदलै जान रुचाउँछन् । मन्दिरबाट गैंडाकोट, नारायणगढ बजार, भरतपुर, पूर्वी चितवन, पश्चिम चितवन, देवघाटधाम सँगसँगै चितवन राष्ट्रिय निकुञ्जलाई प्रष्टरूपमा देखिन्छ । आकाश खुलेको बेलामा उत्तरतर्फ टलक्क टल्केका हिमचुचुरा सहित टाढाटाढाका दृश्य पनि देखिन्छन् । यहाँको सुन्दरताले सबैलाई लोभ्याउँछ ।

पाल्पाका राजा मणिमुकुन्दसेनको राज्यकालमा तत्कालीन सैनिक टुकडीले आफ्नो गढी ( ब्यारेक )मा मौलो गाडी कालिका भगवतीको शिला स्थापना गरेर पूजा अर्चना गर्दै आएको किंवदन्ती पाइन्छ । मौलाकालिका मन्दिरमा दशैं, माघे सक्रान्ती तथा रामनवमीमा विशेष पूजाआजा र चहलपहल हुने गरे पनि हरेक शनिबार दर्शनार्थीको भीड देखिन्छ ।

हेरौँ केही तस्वीर :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट