पछिल्लो २४ घण्टामा कहाँ कति भेटिए कोरोना संक्रमित ?

भरतपुर, १२ भदौ

नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । गत २४ घण्टामा मात्र ९ सय २७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

३ सय ३४ महिला र ५ सय ९३ पुरुषमा पछिल्लो २४ घण्टामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रदेश १ को इलाम, उदयपुर र ओखलढुंगाका १/१, झापाका १५, पाँचथरका २, मोरङका ४७, संखुवासभाका २, सुनसरीका ४१ र सोलुखुम्बुका १ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश २ को धुनषाका २०, पर्साका १, बाराका ४, महोत्तरीका १३, रौतहटका २१, सप्तरीका ७, सर्लाहीका १३ र सिरहाका १२ जनामा कोरोना पाइएको छ ।

गत २४ घण्टामा गरिएको परिक्षणमा बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ५० जना संक्रमित भेटिएको छ । मन्त्रालयका अनुसार काभ्रेमा १७, चितवनमा २६, धादिङमा १६, नुवाकोटमा ३, भक्तपुरमा ५४, मकवानपुरमा ५१, रसुवामा १, ललितपुरमा ११, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा कोरोना पोजिटिभ पाइएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ११, लमजुङमा २ र बागलुङमा १ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले जानकारी दिए ।

कोरोना पोजेटिभ भेटिनेमा प्रदेश ५ को अर्घाखाँचीका २, कपिलवस्तुका २, दाङका १, नवलपरासीका २, बर्दियाका २, बाँकेका ३६ र रुपन्देहीका ७२ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा ६, दैलेखमा ११ र सल्यानमा ३, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १, कैलालीमा ११ र डोटीमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये १६ हजार १९ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा कोरोनाको आशंकामा १० हजार २ सय २९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ६ लाख ५८ हजार १ सय १० पुगेको छ । हाल ८ हजार ९ सय ३९ व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट