राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण

काठमाडौं, १८ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् । उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गरे भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ […]

प्रधानमन्त्री ओलीले बहिनीबाट लगाए टीका

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरूबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ः३७ बजेका लागि निर्धारण गरेको थियो  । […]

चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र

काठमाडौं, १८ कात्तिक । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ र तिहारमा उच्च रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए । “फिल्म हलमा नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या […]

भरतपुरकी मेयर दाहालले दिइन् भाइटीकाको शुभकामना

चितवन, १८ कात्तिक । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सम्पूर्ण नेपाली दाजुभाइहरूमा भाइटीकाको शुभकामना दिएकी छिन् । आइतबार भाइटीकाको दिन सामाजिक सञ्जाल फेसबुकमा उनले शुभकामना स्टाटस राखेकी हुन् । फेसबुकमा मेयर दाहालले लेखेकी छिन् : ‘आज तिहारको भाइटिका ! यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त […]

मानसिक स्वास्थ्यबारे चेतना फैलाउन भरतपुर अस्पतालमा निलो रुख स्थापना

भरतपुर, १८ कात्तिक । भरतपुर अस्पतालमा निलो रुख स्थापना गरिएको छ । निलो रुखले `मानसिक स्वास्थका बिषयमा चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ´ भन्ने संकेत गर्दछ । नेपालमै पहिलो निलो रुख भरतपुर अस्पतालको परिसर भित्र स्थापना गरिएको हो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार हाम्रा घर, विद्यालय, समाज र कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्य […]