विद्यार्थीलाई सनराइजको अभिमुखीकरण

भरतपुर, ९ साउन भरतपुर–४ मा रहेको सनराइज इङ्लिस स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका १ सय २० जनाभन्दा बढी विद्यार्थी अभिमुखीकरण कार्यक्रममा सहभागी थिए । नयाँ विद्यार्थीहरुबीच चिनजान बढोस् भन्ने उद्देश्यका साथ भरतपुरमा आयोजित कार्यक्रममा संकाय, पाठ्यसामग्री […]

भरतपुर महानगरद्धारा छात्रवृत्तिको नतिजा प्रकाशन

भरतपुर, ९ साउन । भरतपुर महानगरपालिकाले शैक्षिक सत्र ०८०/०८१ मा कक्षा ११ अध्ययन गर्ने विद्यार्थीहरुको छात्रवृत्तिको नतिजा सार्वजनिक गरेको छ । महानगरपालिकाभित्र सञ्चालित कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले अनलाईन माध्यमबाट भरेका फारमको मुल्याङ्कन गरी नतिजा प्रकाशन गरिएको हो । शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्ति आवेदन दिएका ८ सय १९ जना मध्ये २ सय ८३ जना […]

लायन्सको संयुक्त पदस्थापन समारोह

भरतपुर, ९ साउन । चितवनका १२ वटा लायन्स क्लब तथा ३ वटा लियो क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरको कलष्टर ४ अन्तरगतका क्लबहरुको दियालो फुडल्यान्ड क्षेत्रपुरमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ चितवन न्यू भ्वाईसका अध्यक्ष लायन सरिता महर्जनले गरेकी थिइन् । प्रमुख अतिथि तथा लायन्स इन्टरनेसनल […]

बस र ट्रक ठोक्किँदा ३० जना घाइते

भरतपुर, ९ साउन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एक–आपसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका– २९ चौधकिलो पुलमा दुर्घटना भएको हो । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको रा.१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना.६ख ४९४२ नम्बरको ट्रक एक–आपसमा ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब […]

कसराबाट रिउसम्मको सडक मर्मत गरिँदै

चितवन, ९ साउन । माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरेको छ । बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सो  काम अगाडि बढाएको हो । सोमबारदेखि सडक मर्मतको काम सुरु गरिएको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् । उनले कसराबाट रिउसम्मको नौ किलोमिटर सडकको खाल्डाखुल्डी […]