राष्ट्रसेवक सहकारीहरुको गण्डकी प्रदेश भेला

कावासोती, ४ चैत । राष्ट्रसेवक सहकारी संस्थाहरुको गण्डकी प्रदेश स्तरीय प्रथम भेला १७ बुँदे नवलपुर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । गण्डकी प्रदेशस्तरीय राष्ट्रसेवक सहकारी भेला आयोजक समितिको आयोजना तथा नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश कार्य समितिको व्यवस्थापन र नेपाल निजामती कर्मचारी संगठन नवलपुरको सह व्यवस्थापनमा गण्डकी प्रदेशका राष्ट्रसेवक सहकारी संस्थाहरुको शुक्रबार र […]
विद्यालयको पहुँच बाहिर बालबालिका

भरतपुर ४ चैत भरतपुर महानगरपालिकामा चार सय ७० जना बालबालिका विद्यालयको पहुँच बाहिर रहेको एक तथ्यांकले देखाएको छ । कुनै न कुनै कारणबाट चार सय ७० जना बालबालिका विद्यालयको पहुँच बाहिर रहेको तथ्यांकले देखाएको हो । वडागत रुपमा हेर्दा सबैभन्दा बढी वडा नम्बर २८ मा ३१ जना र सबैभन्दा कम वडा नम्बर १० मा एक […]
गायक आनन्द कार्की चितवनमा सम्मानित

भरतपुर, ४ चैत । भरतपुर महानगरपालिका वडा नम्बर २६, ज्योतिनगरमा रहेको कालिका संस्कारकुलम आवासीय माध्यमिक विद्यालयमा नेपाली सांगीतिक क्षेत्रका चर्चित सदाबहार गायक आनन्द कार्की सम्मानित भएका छन् । विद्यालयको ३१औँ अभिभावक दिवस एवं सम्मान कार्यक्रममा सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका गायक कार्कीलाई सम्मान गरिएको हो । नेपाली सांगीतिक धरातलमा विगत लामो समयदेखि आफूलाई अग्रस्थानमा राख्दै […]
‘मुन स्टार’ फेरिएर ‘ताजमहल एभरेष्ट’

गैँडाकोट, ४ चैत । गैँडाकोट नगरपालिका–२, शिलान्यासचोकमा रहेको होटल मुन स्टारको नाम परिवर्तन गरेर ताजमहल एभरेष्ट राखिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी नयाँ व्यवस्थापनपछि मुन स्टारको नाम परिवर्तन गरेर ताजमहल एभरेष्ट राखिएको जानकारी दिइएको हो । ताजमहल एभरेष्ट प्रा.लि.का अध्यक्ष यमलाल सापकोटाले पाँच कठ्ठा जग्गासहित होटलमा अहिलेसम्म ११ करोड रुपैयाँ लगानी भइसकेको र […]
राष्ट्रपति पौडेलद्वारा कारगेटबिना नै कुमारी घरको दर्शन

काठमाडौँ, ४ चैत । राष्ट्रपति रामचन्द्र पौडेल कारगेट नलिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घरमा पुगेका छन् । राष्ट्रपति पौडेलले शनिबार अपराह्न पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् । कारगेटबिना नै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे । त्यस क्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीहरूले रोक्ने काम गरेका थिएनन् […]
चिसापमा अधिकारी र रेग्मी सम्मानित

भरतपुर, ४ चैत । चितवन साहित्य परिषद् (चिसाप)मा शनिबार भएको कार्यक्रममा स्रस्टाहरू उदय अधिकारी र सनत रेग्मीलाई सम्मान गरिएको छ । भरतपुरनिवासी निवासी सम्वार्ताकार, समीक्षक तथा अध्यापक उदय अधिकारीलाई `चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार-२०७९´ बाट सम्मान गरिएको हो । नगद १५ हजार ४५ रुपैयाँ र कदरपत्रसहित प्रमुख अतिथि गोविन्दराज विनोदीले स्रस्टा अधिकारीलाई सम्मान गरे । […]
लेखक कोइराला सम्मानित, विरहीको `कली´माथि विमर्श

भरतपुर, ४ चैत । लेखक सीताराम कोइराला सम्मानित भएका छन् । कोइरालाको हालै प्रकाशित कथासङ्ग्रह जेम्स बौलाएको दिनका लागि उनलाई सम्मान गरिएको हो । साहित्य सङ्गम चितवनले शनिबार एक कार्यक्रमको आयोजना गरि सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कारबाट कोइरालालाई सम्मान गरेको हो । कार्यक्रमका विशिष्ट अतिथि सनत रेग्मीले १५ हजार रुपैयाँ सहित सम्मानपत्रले कोइरालालाई सम्मान […]