कलाश्री युवा पुरस्कार कवि भूपिनलाई

काठमाडौँ, ११ फागुन नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनि दिँदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९ सालका लागि विभिन्न स्रष्टालाई समर्पण गरिएको छ । कार्यक्रममा चितवनका स्रष्टा भूपिनलाई ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारबाट सम्मानित गरिएको छ । कवि एवं लेखक भूपिनले ७५ हजार रुपैयाँ राशिको पुरस्कार प्राप्त गरेका छन् । पुरस्कृत व्यक्तित्व भूपिनको पुख्र्यौली […]
दाहालद्वारा नारायणी किनार निरीक्षण

भरतपुर, ११ फागुन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल नेतृत्वको टोलीले बिहीबार नारायणी नदी किनार प्रदर्शनी मैदानको निरीक्षण गरेको छ । ‘भरतपुर भ्रमण वर्ष २०८०’ को पूर्वसन्ध्यामा नारायणी नदी किनारमा निर्माणाधीन ‘सि बिच मोडल’ को मेयर दाहाल नेतृत्वको टोलीले निरीक्षण एवं अवलोकन गरेको हो । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘सि बिच’ मोडलको तटबन्धको […]
कोटिहोम महायज्ञमा सवा करोड दीप बालिने

भरतपुर, ११ फागुन । नारायणी नदी किनारमा जारी साङ्ग–विराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको ३०औँ दिन शुक्रबार सवा करोड दीप प्रज्ज्वलन गरिँदै छ । दीप प्रज्वलनका लागि आवश्यक तयारी सकिएको महायज्ञ संयोजक एवम् श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाजले जानकारी दिए । शुक्रबार दिउँसो १२ बजेबाट पाँच सरे सवा करोड दीप प्रज्वलन गरिने छ । दीप […]
२०७९ फागुन १२ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)
नारायणी नमुना माविको अध्यक्षमा पुनः थापा

भरतपुर, ११ फागुन । देशकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित भरतपुरस्थित नारायणी नमुना माध्यमिक विद्यालयको अध्यक्षमा पुनः टेकबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार विद्यालयमा सम्पन्न अभिभावकहरुको बृहत् भेलाले थापाको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यमा मेघनाथ सुवेदी, राधा न्यौपाने दवाडी, सीता बोट, विजया लम्साल, रामु ज्ञवाली रहेका छन् […]
२०७९ फागुन ११ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, ११ फागुन । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान ११ बजेवाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटघाट पछि उत्साहित कांग्रेसले आज […]
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक
काठमाडाैं, ११ फागुन । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि स्थापित निर्वाचन अधिकृतको कार्यालयले ती निर्वाचनका लागि सङ्घीय संसद्का तीन सय ३१ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८१ मतदाता समावेश गरेको मतदाता नामावली बुधबार सार्वजनिक गरेको छ । निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम र नामावलीअनुसार नाम सार्वजनिक भएको उक्त कार्यालयका सहायक निर्वाचन […]
शिक्षकको जन्मदिनमा विद्यार्थीलाई `मुना´

भरतपुर, ११ फागुन । सरस्वती निकेतन आवासीय मावि गैंडाकोटका शिक्षक रामकृष्ण कोइरालाले आफ्नो जन्मदिनका अवसरमा सोही विद्यालयका विद्यार्थीलाई `मुना बालपत्रिका´ उपलब्ध गराएका छन् । शिक्षक कोइरालाले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार विद्यालयमै विद्यार्थीहरूलाई मुना पत्रिका उपलब्ध गराएका हुन् । कक्षा ७ देखि १० सम्मका १०० बढी विद्यार्थीलाई शिक्षक कोइरालाले मुना पत्रिका प्रदान गर्दै अतिरिक्त ज्ञानआर्जनका […]