एएफसी यू-१७ : नेपाल थाइल्यान्डसँग पराजित

भरतपुर, १९ असोज । एएफसी यू–१७ एसियन कप छनोटअन्तर्गत थाइल्याण्डविरुद्ध नेपाल ३–० गोल अन्तरले पराजित भएको छ । मंगलबार भियतनामको फु थो प्रोभिन्सियल स्टेडियममा सम्पन्न खेलमा नेपालले केही मौका पाए पनि त्यसलाई गोलमा परिणत भने गर्न सकेन । पहिलो हाफमा थाइल्याण्डलाई १–० मा रोकेको नेपालले दोस्रो हाफमा दुई गोल बेहोर्न पुग्यो । थाइल्याण्डको जितमा स्ट्राइकर […]
प्रचण्डले यस वर्ष पनि लगाएनन् दशैंको टीका

काठमाडौं, १९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले यस वर्ष पनि दशैंको टीका लगाएनन् । परिवारका सदस्यहरु, छोरी, बुहारी, नाति–नातिनीले दशैंको टीका लगाए पनि प्रचण्डले भने टीका लगाइदिएनन् । विगतका वर्षहरुमा पनि प्रचण्डले परिवारका सदस्यलाई टीका लगाइदिने गरेका थिए । उनले आफूले भने टीका लगाउने गरेका थिएनन् । प्रचण्डकी छोरी गंगा दाहालले […]
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : देउवा

काठमाडौं, १९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपालीहरूको महान् चाड बडादसैँ २०७९ को अवसरमा शुभकामना दिँदै उहाँले सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र […]
१७ वर्षमुनिको एसियन कप छनोट : नेपालले आज थाइल्याण्डसँग खेल्दै

काठमाडौं, १९ असोज । एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले बुधबार थाइल्याण्ड सँग खेल्दैछ । नेपाल र थाइल्याण्डको खेल भियतनामको फु थो स्टेडियममा दिउँसो पौने तीन बजे सुरु हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डविरुद्ध जितकै लागि खेल्ने बताएका छन् । ‘यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ। हामी […]
राष्ट्रपतिद्वारा बडादशैँको शुभकामना

काठमाडौँ, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादशैँ, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा बडादशैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि […]
मानव अधिकार तथा शान्ति समाज नवलपुरको अध्यक्षमा रिमाल

गैंडाकोट, १९ असोज । ११सदस्यीय नयाँ नेतृत्व चयन गर्दै मानव अधिकार तथा शान्ति समाज नवलपुर शाखाको २२औं साधारणसभा एवम् अधिवेशन गैंडाकोटमा सम्पन्न भएको छ । समाजले जिल्ला सभापतिमा भानुभक्त रिमाल, उपसभापति मुना कुमारी धनञ्जय, सचिव कमल शर्मा, काेषाध्यक्ष शशिधर न्यौपाने, सहसचिव दयाप्रसाद रेग्मीसहित अन्य सदस्यलाई सर्वसम्मत चयन गरिएको हो । शाखा अध्यक्ष सुरेन्द्रराम अधिकारीको अध्यक्षतामा […]
आज विजयादशमी, टीकाको उत्तम साइत ११:५१ बजे

भरतपुर, १९ असोज । आज बुधबार दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजयादशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरूका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई आज बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी […]
असोज २३ गते उम्मेदवारी दर्ता

काठमाडौं, १९ असोज । आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ । दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पनि आयोगमा बुझाइसकेका छन् । त्यो बन्दसूचीलाई अन्तिम रूप दिने प्रक्रिया जारी छ । प्रत्यक्षतर्फ भने यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने […]