थपलिया र कँडेलको संयुक्त कृति `पृथक पथ´ सार्वजनिक

खैरहनी, १५ असोज । चितवनका स्रष्टाद्वय रामशरण थपलिया ` रमणजी शर्मा´ र रुद्रराज कँडेल `अमृत´द्वारा संयुक्तरुपमा लिखित कृति `पृथक पथ´को विमोचन भएको छ । उक्त कृति गीत, गजल, हाइकु र लोकगीत सङ्ग्रह हो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार केशवराज अामोदीले कृतिको लोकार्पण गरेका हुन् । कार्यक्रममा भरतपुर महानगरपालिका प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, वुद्धिजीवि तथा राजनतिक […]
बासको शुभकामना आदानप्रदान एवम् दशैं अनुभव साटासाट कार्यक्रम

गैंडाकोट, १५ असोज । गैंडाकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटाले हरेक चाडपर्वलाई मितव्ययी तरिकाले मनाउन आग्रह गरेका छन् । बडादशैं २०७९ को अवसरमा आयोजित शुभकामना आदानप्रदान एवम् अनुभव साटासाट कार्यक्रममा बोल्दै वडाध्यक्ष सापकोटाले हिजोआज चाडपर्व मनाउने नाउँमा अनावश्यक तडकभडक र देखासिकी बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । `चाडपर्वमा देखासिकी गर्ने चलन बढ्दो […]
मनसुन ढिला बाहिरिने: दसैँमा वर्षाको सम्भावना

काठमाडौँ, १५ असोज । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दसैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दसैँमा वर्षा हुने बताएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यले यो वर्ष मनसुन […]
दुर्गा पक्षको छैटौँ दिन कात्यायनीे देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, १५ असोज । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन […]