सिम्रनको `झुमर´माथि हेटौंडामा विमर्श

हेटौंडा, १० असोज । आँचल साहित्य कला पुञ्ज मकवानपुरले दशैंतिहारका अवसरमा शुभकामना आदानप्रदान तथा पुस्तक चर्चा कार्यक्रम गरेको छ । चितवनकी लेखक सिम्रन क्षेत्रीको उपन्यास `झुमर´माथि विमर्श कार्यक्रम गर्दै शुभकामना आदानप्रदान गरेको छ । सोमबार भएको कार्यक्रममा पुस्तकमाथि वक्ताहरू घनश्याम घिमिरे, निरा शर्मा र छवि अनित्यले बोलेका थिए । आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना […]

पोखरेली कवि ऋतुको कवितासङ्ग्रहमाथि परिचर्चा

भरतपुर, १० असोज । कवि रीता अधिकारी ऋतुको एकल कविता वाचन गरिएको छ । नेपाली लेखक संघ कास्कीकी उपाध्यक्ष अधिकारीले सोमबार चितवन साहित्य परिषद् भवनमा भएको कार्यक्रममा एक दर्जन कविता सुनाइन् । अधिकारीले दुई चरणमा गरेर ६/६ वटा कविता सुनाइन् । कार्यक्रममा अधिकारीको कवितासङ्ग्रह `सेल्फ प्रोटेट´माथि परिचर्चा पनि गरिएको थियो । डाक्टर एकनारायण पौड्यालले कृतिमाथि […]

आगामी निर्वाचनका बारेमा केही कुरा

आगामी मंसिर ४ गते हुने चुनावले देशलाई सुखी, समृद्ध, समुन्नत र अग्रगामी मार्गमा अगाडि बढाउने कि यथास्थितिमा रहन दिने भन्ने दिशानिर्देश गर्नेछ । तसर्थ यसपटक हुन गैरहेको चुनाव महत्वपूर्ण छ । नेपालमा अहिले सामन्ती राज्य व्यवस्थाको ठाउँमा गणतन्त्र र दलविहीन पञ्चायती व्यवस्थाको ठाउँमा दलीय संसदीय प्रणाली विद्यमान छ । राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउने ऐतिहासिक […]

कायाकैरनका सम्पादक रिजालसहित ११ स्रष्टालाई हाम्राे मझेरी सम्मान

भरतपुर, १० असोज । भरतपुरमा एउटा साहित्यिक घराना छ– हाम्रो मझेरी साहित्य प्रतिष्ठान । पुष्प अधिकारी अञ्जलि यो संस्थाका अध्यक्ष हुन् । उनका जेठो छोरा सुवास प्रतिष्ठानका सचिव छन् । प्रतिष्ठानमा सदस्य अरू पनि छन् । तर, मूलतः प्रतिष्ठान धान्ने यही अधिकारी परिवारले हो । २०५७ सालमा जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएयता हाम्रो मझेरी […]

आधारभूत स्वास्थ्य निःशुल्क दिन्छौँ: मन्त्री खापुङ

चितवन, १० असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा आज आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराईने बताउनुभयो । सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण […]

डेंगीका बिरामी २५ हजार नाघे, ३२ जनाको मृत्यु

काठमाडौँ,१० असोज । डेंगी संक्रमितको संख्या २५ हजार नाघेको छ भने अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म देशभर २५ हजार ५४३ जनामा डेंगी देखिएको छ। सबैभन्दा बढी बागमती प्रदेशमा देखिएका छन्। सोमबारसम्म बागमतीमा १९ हजार ९१० जनामा डेंगी देखिएको छ। यसपछि लुम्बिनीमा दुई हजार ८८७ र सुदूरपश्चिममा ८०४ जनामा डेंगी […]

रूसी विद्यालयमा गोली चल्दा सात विद्यार्थीसहित १३ को मृत्यु

मस्को, १० असोज । रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सी जनाए अनुसारपश्चिमी रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको शहरी प्रशासन भवन नजिकै रहेको विद्यालयमा भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । घटनामा १४ बालबालिका […]

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ घाइते

काठमाडौँ, १० असोज । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको राससलाई जानकारी दिनुभयो । घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको उहाँले बताउनुभयो । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी […]

दसैँमा २० लाख जनाले काठमाडौँ उपत्यका छोड्ने

काठमाडौँ, १० असोज । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । […]

४० वर्षपछि शिवनगर फर्किएँ: प्रचण्ड

चितवन, १० असोज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू ४० वर्षपछि चितवनको शिवनगर फर्किएको बताएका छन् । भरतपुर महानगरपालिका–१४ शिवनगरमा बनाएको घरमा प्रचण्ड सोमबार मात्र सरेका हुन् । घर सरेको केहीबेरमा स्थानीय सरस्वती युवा क्लबले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा पुगेका उनले ४० वर्षअघि शिवनगर फर्किएको बताए । शिवनगरबाट बसाईं सरेर भरतपुर, त्यहाँबाट काठमाडौं, […]

नारायणगढ मुग्लिन सडकः चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध

चितवन, १० असोज । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छ कि भन्ने चिन्ता हुन्छ। बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले निकै समस्या झेल्नुपर्‍यो। गत जेठ महिनायता मात्रै यो सडकखण्डमा २४ […]

धर्मगुरू नर्बु लामाको उपचार सुरु

भरतपुर, १० असोज । बौद्ध धर्म सेवा समितिअन्तर्गत सञ्चालित महाबौद्ध गुम्बा तीनखोलेमा धर्मगुरूको रूपमा कार्यरत धर्मगुरू नर्बु लामा गुरूङको उपचार सेवा सुरू गरिएको छ । आइतबारदेखि पुष्पाञ्जली अस्पतालका डाक्टर विश्वास गुरूङ र फिजियोथेरापिस्ट मदन घिमिरे तथा भरतपुर अस्पतालका डाक्टर गुणराज लोहनीले उपचार गराउन थालेका हुन् । केही दिनयता पक्षघातका कारण थला परेका धर्मगुरूको उपचारमा सामाजिक […]

व्यवसायसँगै सामाजिक सेवामा चम्किएका जोन कँडेल

भरतपुर, १० असोज । चितवनको माटोमा परिचित नाम हो जोन कँडेल । युवा व्यवसायी कँडेलले एक दशकभन्दा लामो समयदेखि भरतपुर–४ धारापानीचोकमा पारिवारिक वातावरणको रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन् । विभिन्न परिकारहरुको पारखीका लागि हाइजेनिक खाना दिएर चर्चामा आएको रेस्टुरेन्टका ‘द ग्रीनपार्क’ का सञ्चालक हुन् कँडेल । २०५९ सालमा स्नातकोत्तर पढ्नको लागि कँडेल चितवन छाडेर राजधानी […]

दशैं सुरु : घरघरमा जमरा राखिँदै

भरतपुर, १० असोज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री […]

समृद्धिका लागि जगतपुरमा सामुहिक खेती

भरतपुर, १० असोज । पश्चिम चितवनको जगतपुरमा स्थानीयले आर्थिक समृद्धिका लागि सामुहिक तरकारी खेती गरेका छन् । ४० वर्ष उमेर समूहका युवाहरूले कृषि क्षेत्रमा लगानी गरि स्वरोजगार बन्ने उद्देश्यले जगतपुर कृषि फर्म प्रालि दर्ता गरी तरकारी खेती गरेका हुन् । बारीमा अहिले बोडी, चिप्लेभिण्डी, चिचिण्डा, सयपत्री फूल र खेतमा धान फलाइएको छ । मौसम अनुसारका […]