भोलि चितवन जिल्लाका यी क्षेत्रमा ७ घण्टा विद्युत आपूर्ति बन्द हुने

भरतपुर, १३ साउन । चितवनका अधिकांश क्षेत्रमा बिहिबार विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । हेटौँडा ग्रिड महाशाखा अन्तर्गतको भरतपुर १३२, ३३, ११ केभी सबस्टेसनमा १३२ केभी बसबार कण्डक्टर मर्मत कार्य भइरहेकाले भरतपुर सवस्टेसनबाट विद्युत वितरण हुने सम्पूर्ण फिडर प्रभावित हुने विद्युत प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरण भरतपुर वितरण शाखाका इन्जिनियर विनोद सापकोटाका अनुसार […]
सी डिभिजन क्वालिफायर खेल्दै भरतपुर फुटबल क्लब

भरतपुर, १३ साउन भरतपुरको प्रतिष्ठित फुटबल क्लब सेन्ट्रल कलेज बिएफसीले सी डिभिजन क्लालिफायर खेल्ने भएको छ । सी डिभिजनमा प्रवेशका लागि भदौ १ देखि काठमाडौँमा हुन लागेको प्रतियोगिता खेल्न लागेको क्लबका प्रशिक्षक धुर्व भुषालले जानकारी दिए । “हामीले क्वालिफायर खेल्ने भएका छौँ”, भुषालले भने, “त्यसका लागि निकै उत्साहित छौँ ।” भरतपुर आधार क्षेत्र भए पनि […]
जसपाले गर्यो ६ मन्त्रालयमा दाबी, मन्त्रालय टुंगिए बिहीबारै सरकारमा जाने

भरतपुर, १३ साउन । जनता समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन ६ मन्त्रालयमा दाबी गर्ने भएको छ । ६ मन्त्रालयमा कुरा मिले भोलि (बिहीबार) नै सरकारमा सहभागी हुने सम्भावना रहेको जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । ‘हामीले ६ मन्त्रालय पाउनुपर्छ भनेर दाबी गरेका छौं । यसमा प्रधानमन्त्रीजी र गठबन्धनका अरु […]
मातृकाले ल्याए गुरुवन्दना

भरतपुर, १३ साउन । गायक मातृका आचार्यले `गुरुवन्दना´ सार्वजनिक गरेका छन् । गुरुपूर्णिमामा सार्वजनिक भएको उक्त गुरुवन्दनाको रचना संगीता आचार्यले गरेकी हुन् । संगीत पुरुषोत्तम न्यौपानेले गरेका हुन भने आवाज स्वयं मातृकाको रहेको छ । यसमा उनलाई गायिका प्रेक्षा लम्सालले पनि साथ दिएकी छिन् । खबरी नेपालको आधिकारिक युट्यूब च्यानलबाट अपलोड गरिएको यस गुरुवन्दनाको अडियो […]
चितवनका दुग्ध सहकारीका कर्मचारीका लागि कोरोनाविरुद्धको खोप माग

भरतपुर, १३ साउन। दुग्ध सहकारी संघ चितवनले अग्रपंक्तिमा खटिएका दुग्ध कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । संघले बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दै दैनिक उच्च जोखिममा रहेर काम गर्नुपर्ने कर्मचारीलाई खोप उपलब्ध गराउन माग गरेको हो । ‘हरेक दिन चार सयभन्दा बढी किसानसँग पत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने दुग्ध सहकारीका कर्मचारी खोपको लागि […]
पुनर्बहालीको माग गर्दै चार पूर्व पूर्वमाओवादी सांसदद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं, १३ साउन । सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । नेकपा (माओवादी केन्द्र)को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका चारजना पूर्वमाओवादी नेताहरू पुनर्वहालीको माग गर्दै सर्वोच्च पुगेका हुन् । गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले आफूहरुलाई […]
गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

भरतपुर, १३ साउन । नयाँ नियुक्त भएका दुई जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी र लुम्बिनीमा नियुक्त भएका प्रदेश प्रमुखहरु पृथ्वीमान गुरुङ र अमिक शेरचनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । हिजो मंगलबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेशमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुख […]
टोकियो ओलम्पिकमा गौरिकाले सुधारिन् राष्ट्रिय कीर्तिमान्

टोकियो, १३ साउन । नेपाली पौडीबाज गौरिका सिंहले टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १ सय मिटर फ्रिस्टाइल स्पर्धा १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार आफ्नै नामको राष्ट्रिय कीर्तिमान्लाई सुधारेकी छन् । “राष्ट्रिय रेकर्ड बनाउन सकेकोमा एकदम हर्षित भएकी छु”, टोकियो अक्वाटिक्स सेन्टरमा पहिलो हिट्सको लेन ४ मा उत्रिएकी १८ वर्षीया गौरिकाले भनिन्, “कोभिड १९ […]
एसइई परिक्षाफल साउन २५ गतेभित्रै

भक्तपुर, १३ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । सबै जिल्लाबाट […]
चितवनका स्वास्थ्य संस्थालाई मेडिकल सामग्री हस्तान्तरण

भरतपुर, १३ असार । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले चितवनका विभिन्न स्वास्थ्य संस्थालाई अत्यावश्यकीय स्वास्थ सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बुधबार मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ कार्यालय चितवन र रत्ननगर नगरपालिकास्थित बकुलहर अस्पताललाई कोभिड-१९ को रोकथामका लागि चाहिने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । वाग्मती प्रदेश सभा सदस्य कृष्ण भुर्तेलले स्वास्थ्य कार्यालय […]
चितवनका अस्पताल तथा आइसोलेसनमा १८५ जना संक्रमितको उपचार हुँदै

भरतपुर, १३ साउन । स्वास्थ्य कार्यालय चितवनले बुधबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या १८५ पुगेको छ । हाल अस्पतालका आइसीयु कक्षमा ६१ जना, एचडीयू कक्षमा ४६ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ७९ जना संक्रमितले उपचार गराइरहेका छन् […]
२४ घण्टामा चितवनमा १७९ जना संक्रमित थपिए, थप ४ जनाको मृत्यु

भरतपुर, १३ साउन । पछिल्लो २४ घण्टामा चितवनका थप १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२४ जनामा पीसीआर तथा ५५ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले बुधबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ७८९ जनाको स्वाब संकलन […]
आउँदा रित्तो हात, अहिले करोडपति

भरतपुर, १३ साउन । चितवनको भरतपुर महानगरपालिका-१२ का आनन्द घिमिरे चितवन तथा नवलपुरका घरजग्गा व्यवसायीबीच स्थापित नाम हो । पेसा व्यवसायमा विभिन्न उतारचढाबसँगै उनले घरजग्गा व्यवसायमा आफूलाई स्थापित गराए । उनी चितवन आउँदा रित्तो हात आएका थिए । तर, निरन्तरको मेहनत र लगनशीलताले उनी अहिले करोडौँ रुपैयाँको मालिक भएका छन् । गोरखा जिल्लाबाट पढ्नका लागि […]
मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति

काठमाडौँ, १३ साउन । सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकमा सरकारका न्यूनतम् साझा कार्यक्रम ल्याउने, सरकारी नियुक्ती गर्दा गठबन्धनमा सरसल्लाह र सहमति गर्नेलगायत विषयमा छलफल […]
गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते

गुल्मी, १३ साउन। गुल्मीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका– ४ अन्तर्गत दोभान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परी चालकसहित सातजना घाइते भएका र उनीहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत […]
नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

मलङ्गवा, १३ साउन। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले […]
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

दमक, १३ साउन। पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पती सुुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको […]
गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख गुरुङ र शेरचन एउटै गाउँवासी

चितवन, १३ साउन । फरक विचारको राजनीति जीवनयात्रामा रहनुभएका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुनुहुन्छ । सरकारले मङ्गलबार उहाँहरु दुवैलाई लुम्बिनी र गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको हो । शेरचन लुम्बिनी र गुरूङ गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको छ । दुवै जना भरतपुर महानगरपालिका–२६ दिव्यनगर गाउँका हुनुहुन्छ । भरतपुर–मेघौली सडकमा पर्ने थकाली चोकमा […]
२०७८ साउन १३ गते बुधबारको कायाकैरन दैनिक (E-Paper)