वामपन्थी नेता मानन्धरको निधन

भरतपुर, १६ चैत । नेपाली कम्युनिष्ट आन्दोलनका स्थापित पुराना वामपन्थी नेता विष्णु बहादुर मानन्धरको ९१ वर्षको उमेरमा सोमबार बेलुका ८ः३० बजे निधन भएको छ । केही दिनअघि अस्वस्थ भएका उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो । नेता मानन्धरले सरकार, सत्ता र शक्तिको पछाडि नलागेका नेताका रुपमा छवि बनाएका थिए । २००७ सालदेखि आफ्नै पिताले किसानलाई […]
`सनैया´ खाडीका नेपालीहरूको कथा

भरतपुर, १६ चैत । पत्रकार होम कार्कीको पुस्तक ‘सनैया’ सार्वजनिक भएको छ । एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाको रिपोर्टिङ गरेका उनले खाडी क्षेत्रमा कार्यरत ५४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ताको आधारमा पुस्तक लेखेका हुन् । ‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरुलाई भेटेर फर्कन्थें, त्यो रात मेरो निद्रा भाग्थ्यो । फिटिक्कै निदाउन सक्दिनथें । […]
थ्री नेसन्स कपको उपाधि नेपाललाई, बंगलादेश २-१ गोल अन्तरले पराजित

काठमाडौं, १६ चैत । थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले २-१ गोल अन्तरले बंगलादेशलाई पराजित गरेको हो । नेपालका लागि संजोक राईले खेलको १७ मिनेट ५१ सेकेन्डमा गोल गरि नेपाललाई अग्रता दिलाएका थिए । यस्तै, खेलको ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई दोस्रो सफलता […]
नेपाल र भट्टराईविरूद्धको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं, १६ चैत । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद् र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउन आदेश जारी गरेको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै सोमबार सर्वोच्चले यस्तो आदेश दिएको हो । पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध परेको मुद्दामा न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले निर्णयहरू झिकाउने आदेश […]
वायु प्रदुषणका कारण शुक्रबारसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

भरतपुर, १६ चैत । वायु प्रदूषण उच्च भएका कारण सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘बालबालिकालाई असर गर्ने भएकाले चार दिन विद्यालय बन्द गर्ने निर्णयमा पुगेका हौं’, मन्त्रालयका सचिव रामप्रसाद थपलियाले भने । शिक्षा मन्त्रालयमा बसेको मन्त्रीस्तरीय […]
चीनले दिएको कोरोना खोप काठमाडौं आइपुग्याे

काठमाडौं, १६ चैत । चीन सरकारले सहयोगस्वरुप दिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । आज बिहान साढे ८ बजे नेपाल एअरलाइन्सको वाइडबडी जहाजमार्फत खोप नेपाल ल्याइएकाे हाे । कोरोना खोपसहितको स्वास्थ्य सामग्री लिएर वाइडबडी जहाज बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ । चीनले स्वास्थ्य सामग्री सहायता अन्तर्गत […]
बागमती प्रदेशले आफ्नै विश्वविद्यालय खोल्ने

हेटौंडा, १६ चैत । बागमती प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना गर्न अध्ययन गरेको छ । उच्च शिक्षाको विकासको लागि विश्वविद्यालय स्थापना गर्न आवश्यक भएपछि प्रदेश सरकारले प्रदेशमा अध्ययन गरेको हो । विश्वविद्यालयका प्राध्यापक युवराज सङ्ग्रौलाको संयोजकत्वमा बनेको अध्ययन कार्यदलले प्रदेशमा चार प्रकारको विश्वविद्यालय स्थापना गर्न सकिने प्रतिवेदन सरकारलाई बुझाएको छ । बागमती प्रदेशले सार्वजनिक विश्वविद्यालय […]
होली मनाउने क्रममा झडप हुँदा दुईजनाको ज्यान गयो

भरतपुर, १६ चैत । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाहरुबिच झडप हुँदा दुईजनाको मृत्यु भएको छ। गुल्मी, बागलुङ र प्युठानको सिमानामा पर्ने बल्देधुरीमा दुई युवा समूहबिच आइतबार झडप हुँदा दुईजनाको मृत्यु भएको वडाध्यक्ष वीरेन्द्रकुमार बुढा मगरले जानकारी दिए । मृत्यु हुनेमा ३६ वर्षका प्रकाश कुँवर र ३४ वर्षका दीपक […]
पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

भरतपुर, १६ चैत । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मुलुकको पश्चिमी पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू– भागको मौसम भने सामान्यतया सफा रहेको विभागको भनाइ छ । दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ । दिउँसो […]
२०७७ चैत्र १६ गते सोमबारको कायाकैरन दैनिक (E-Paper)