विश्वभर बन्द भएको यू-ट्युब चल्न थाल्यो

३१ असोज । बुधबार बिहानैदेखि विश्वभर यू-ट्युब सञ्चालनमा देखिएको समस्या समाधान भएको छ। प्राविधिक गडबडीका कारण यू-ट्युबमा आएको समस्या सुल्झाइसकिएको गुगलले जनाएको छ। बिहानैदेखि यू-ट्युब अवरुद्ध हुँदा केही घण्टा विश्वभरका लाखौं प्रयोगकर्ता प्रभावित भएका थिए। यू-ट्युब यतिबेला विश्वव्यापी रूपमा चर्चित भिडियो स्ट्रिमिङ साइट हो।

आज महाअष्टमी र कालरात्रि मनाइँदै

३१ असोज ) ः आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् […]