क्यान्सर अस्पताललाई ‘मोडेल’ बनाउनुपर्छः सभामुख महरा

प्रमिता ढकाल/कायाकैरन भरतपुर,११ असोज ।सभामुख कृष्णबहादुर महराले भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई सरकारले ‘मोडेल’ अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन् । अस्पतालको १९ वार्षिकोत्सव तथा १४ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले अस्पताललाई क्यान्सरको उपचार, अनुसन्धान र अध्ययनको केन्द्रका रुपमा विकास गरी मोडल अस्पताल बनाउन सरकारले ध्यान […]

ह्वील चियर सहयोग

रत्ननगर,११ असोज ।फरक क्षमता भएका व्यक्तिलाई रत्ननगरमा ह्वील चियर वितरण गरिएको छ । नेपाल जनसम्र्पक समिति अष्ट्रेलिया राष्ट्रिय समन्वय समितिको आर्थिक सहयोगमा उज्यालो नेपाल चितवनले १० जनालाई बुधबार ह्वील चियर वितरण गरेको हो । फरक क्षमता भएका शुकराम दराई, सन्तबहादुर तामाङ, शोभानाथ गौतम, डिलकुमारी श्रेष्ठ, विष्णु चौधरी, रमादेवी अर्याल, आइसा महतो, गोपाल सुवेदी, रामकृष्ण अधिकारी […]

उपभोग्य सामानको मूल्य बढ्यो

भरतपुर,११ असोज ।चाडबाड नजिकिएसँगै दैनिक उपभोग्य सामानको मूल्य वृद्धि भएको छ । चितवनका व्यापारिले चाडबाडको मुखमा मूल्य बढाएका छन् । पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य उकालो लागेको खुद्रा व्यापारीले बताएका हुन् । आँटा, मैदा, तेलमा २० देखि २५ रुपैयाँ मूल्य बढेको छ । तेलमा अझै थप १० रुपैयाँ बढ्न सक्ने किराना व्यवसायी […]

एमनेष्टी इन्टरनेशनलको अध्यक्षमा बिक्रम ढुकुछु निर्वाचित

भरतपुर,११ असोज ।एमनेष्टी इन्टरनेशनल नेपालको २७ औं वार्षिक साधारणसभाले एमनेष्टी इन्टरनेशनल नेपालको अध्यक्षमा बिक्रम ढुकुछुलाई निर्वाचित गरेको छ । चितवनको रत्ननगरमा सम्पन्न वार्षिक साधारणसभाले एमनेष्टी इन्टरनेशनल नेपालको ११ सदस्यिय नयाँ बोर्ड निर्वाचित गरेको हो । बोर्डको कोषाध्यक्षमा सुरेश कुमार उपाध्याय निर्वाचित भएकाछन् । यस्तै पार्वता आचार्य, गोविन्द वाग्ले , कर्ण बहादुर कुँवर, सचिता कुइँकेल थापा, […]