चितवनको मतगणना शुक्रबार बिहान ९ बजेबाट

विनोदबाबु रिजाल/विप्लव काफ्ले चितवन, २१ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत चितवनको मतगणना शुक्रबार बिहान ९ बजेबाट गरिने भएको छ । भरतपुर–१० स्थित चितवन मा.वि.मा आज रातिसम्ममा सबै मतपेटिका ल्याइसक्ने र बिहान ९ बजेबाट मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको आह्वानमा बसेको सर्वपक्षीय छलफलले निर्णय गरेको छ । बिहीबार राति अबेरम्म मतपेटिका ल्याउने कार्य […]
मतदानमा उत्साह (फोटो फिचर)

चितवन, २१ मंसिर । चितवनको मतदान शान्तिपूर्ण भयो । सबै मतदातामा मतदान गर्न उत्साह बढेको पाइयो । हेरौं केही फोटो फोटोः अनिल घिमिरे …
माडी नगरपालिकामा ७५.५९ प्रतिशत मत खस्यो

सुवास लामिछाने माडी, २१ मंसिर । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा माडी नगरपालिकावाट ७५.५९ प्रतिशत मत खसेको छ । आज सम्पन्न मतदानवाट माडी नगरपालिकाको ९ वडाको १५ मतदान स्थलहरुवाट १९ हजार ७० मत खसेको निर्वाचन कार्यालयले जानकारी दिइएको छ । स्थानिय तहको प्रतिशत हेर्दा भने केही प्रतिशत मत वढी खसेको छ । माडी नगरपालिकाको वडा नम्वर […]
चितवनको मतपेटिका आउन थाल्यो

विप्लव काफ्ले चितवन, २१ मंसिर । चितवनमा आज भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपेटिका आइपुग्ने क्रम सुरु भएको छ । अहिले नजिकैका मतदानस्थलका मतपेटिका चितवन मावि ल्याइदैछ । भरतपुर–११ को जखडीमाई, १ नम्बरको रामनगर, १० नम्बरको नारायणी नमूना मावि र २९ नम्बरको कविलास मावि मतदानस्थलका मतपेटिका ल्याइपु¥याइएका छन् । कतिपय दुर्गम ठाउँमा पनि […]
देशभर ६७ प्रतिशत मतदान

भरतपुर, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खसेको छ । यो […]
मतपत्र च्यातिने डरले चितवनमा पनि तारजाली राखियो

विप्लव काफ्ले भरतपुर, २१ मंसिर । आज भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत गन्ने ठाउँ चितवन माध्यमिक विद्यालयमा विशेष तयारी गरिएको छ । सबै क्षेत्रको मतगणना गरिने चितवन माविमा हिजोदेखि नै सुरक्षाकर्मी परिचालित छन् । आज ५ बजेपछि मतदान सकेर सबै मतपेटिका यहीं ल्याइदैछ। यहाँ छु्ट्टाछुट्टै तला र कोठामा तीन क्षेत्रका मतगणना गरिने […]
चितवनको मतदान शान्तिपूर्ण : मुख्य निर्वाचन अधिकृत

चितवन, २१ मंसिर । चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले चितवनको मतदान निकै नै शान्तिपूर्ण भएको बताएका छन् । “जिल्लमा निकै नै शान्तिपूर्ण र राम्रो निर्वाचन भयो”, उनले भने, “केही पनि घटना भएन, हामी खुसी छौं ।” उनले क्षेत्र नम्बर १ र २ का सबै केन्द्रमा साढे ५ बजे आसपासमा नै मतदान सकिएको र त्यसपछिको […]
आजको मतगणना भोलिबाट मात्रै, १० गतेको आजै

चितवन, २१ मंसिर । निर्वाचन आयोगले आज मतदान भएका अधिकांश जिल्लाको मतगणना शुक्रबारबाट मात्र सुरु हुने जनाएको छ । मंसिर १० गते पहिलो चरणको मतगणना भने आजै साँझबाट सुरु हुनेछ । आयोगका अनुसार निर्वाचन क्षेत्रका सबै मतपेटिका गणनास्थलमा आइसकेमा र राजनीतिक सहमति जुटेमा भने आजै मतगणना सुरु हुनेछ । आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘आज […]
चितवनमा ६८ प्रतिशतभन्दा बढी मत खसेको अनुमान

चितवन, २१ मंसिर । देशका ४५ जिल्लामा बिहीबार प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अति नै उत्साहप्रद ढंगले मतदान भइरहेको छ । अहिले साँझ ५ बजे सबै मतदान केन्द्रको मूल गेट बन्द गरिएपनि कतिपय केन्द्रमा मतदान कार्य चलिरहेको छ । चितवन जिल्लामा ६८ प्रतिशतभन्दा बढी मतदान भएको अनुमान गरिएको छ । मतदान भइरहेकोले कति मतदान […]
अर्कौको सहारामा मत हाल्नेहरु

भरतपुर, २१ मंसिर । चितवनका विभिन्न मतदान केन्द्रहरुमा चहार्दा कतिपय यस्ता मतदाता देखिए, जसले आफू एक्लै मतदान गर्न नसकी अरुको नै सहारा लिए । साथै मतदान केन्द्रसम्म जान पनि कतिपयले अर्कैको सहारा लिए । हेरौं त्यस्ता केही फोटो फोटो : विनोदबाबु रिजाल .
चितवन माविमा सुरक्षा कडा, गणनास्थलमा तारजाली राखियो

विप्लव काफ्ले भरतपुर, २१ मंसिर । आज भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत गन्ने ठाउँ चितवन माध्यमिक विद्यालयमा विशेष तयारी गरिएको छ । सबै क्षेत्रको मतगणना गरिने चितवन माविमा हिजोदेखि नै सुरक्षाकर्मी परिचालित छन् । आज ५ बजेपछि मतदान सकेर सबै मतपेटिका यहीं ल्याइनेछ । यहाँ छु्ट्टाछुट्टै तला र कोठामा तीन क्षेत्रका मतगणना […]
चितवनको बालकुमारी र नारायणी मतदान केन्द्रका फोटो हेर्नुहोस्

फोटोः विनोदबाबु रिजाल ….
चितवनमा करिब ५० प्रतिशत मतदान

विनोदबाबु रिजाल चितवन, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आज देशका ४५ जिल्लामा शान्तिपूर्णरुपमा भइरहेको छ । चितवनमा पनि शान्तिपूर्णरुपमा उत्साहका साथ मतदाताहरु मतदानमा सहभागी भइरहेका छन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार अहिले २ बजेसम्म जिल्लामा करिब ५० प्रतिशत मतदान भइसकेको छ । जिल्लामा १६१ मतदानस्थलमा ४०८ मतदान केन्द्रमा […]
चुनाव विरोधी गतिविधि गरेको भन्दै सिके राउत पक्राउ

मंसिर २१ – स्वतन्त्र मधेस अभियान सञ्चालन गरिरहेका सिके राउत पक्राउ परेका छन् । उनको समूहले चुनाव बहिस्कार गरेको छ । चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले बिहान उनलाई जनकपुरको माछा बजारमा रहेको डेराबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको धनुषाका एसपी चक्रबहादुर सिंहले जानकारी दिनुभयो । उनले चुनाव […]
देश तराजुमय – मिश्र

२१ मंसिर । काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफूप्रति मतदाताको सदभाव उत्साहजनक देखिएको बताएका छन् । मिश्रले भने, ‘देश तराजुमय बनेको छ । त्यसबाट हामी उत्साहित छौं ।’काठमाडौं १ बाट उम्मेदवार बनेका मिश्रले ललितपुरबाट मतदान गरेका छन् । उनले भने, ‘देश बनाउनको लागि, आफ्नो टोलछिमेक बनाउनका लागि, […]
जित सुनिश्चित भएको प्रकाशमान सिंहको दाबी

२१ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गरेका छन् । काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सिंहले अरु उम्मेदवारहरु कमजोर रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । उनले भने, ‘पहिलो संंविधानसभामा भन्दा दोस्रोमा धेरै मत ल्याएको थिएँ । अहिले अझ धेरै मत ल्याउँछु ।’ नेता सिंहले आफूलाई […]
शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ः प्रहरी

२१ मंसिर (रासस) ः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेका ४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभर शान्तिपूर्णरुपमा मतदान भइरहेको र हालसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले मजबुतरुपमा शान्ति सुरक्षा मिलाएको छ । मतदानका लागि मतदाता ढुक्क भएर लाइनमा बस्नुभएको छ । […]
शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

पाल्पा, २१ मंसिर ) ः पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् । उनीलगायत १६ जना […]
प्रचण्डको भोट (फोटो फिचर)

चितवन–३ का उम्मेदवार पुष्पकमल दाहालले भरतपुर–१४, शिवनगरस्थित शान्तिपुर आधारभूत विद्यालय मतदान केन्द्र ‘क’ बाट बिहान ७ बजे मतदान गरेका छन् । फोटोहरुः विनोदबाबु रिजाल ………
दुवै गठबन्धन शुभसंकेत हो, वामको बहुमत आउँछ: प्रचण्ड (भिडियो)

विनोदबाबु रिजाल भरतपुर,, २१ मंसिर । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको मतदानले राजनीतिक संघर्षको यात्रा सकिएर विकास र समृद्धिको यात्रा प्रारम्भ भएको बताएका छन् । चितवनको निर्वाचन क्षेत्र नम्बर ३ को भरतपुर–१४, शिवनगरस्थित शान्तिपुर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि प्रतिक्रिया दिदैं उनले भने, “आजको मतदानले इतिहासको एउटा अध्यायको अन्त र […]
दाहालले गरे मतदान

२१ मन्सिर । माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य पदका लागि चितवन क्षेत्र नम्बर–३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर–१४ शिवनगरस्थित आधारभूत विद्यालय शान्तिपुरबाट मतदान गरेका छन । मतदानपछि सन्चारकर्मि सङ्ग बोल्दै प्रचण्ड ले भने – अाजबाट मुलुक नयाँ काेर्षमा प्रवेश गरेकाे छ । देशमा ठूला पार्टीहरू बने समृद्धि सम्भव हुने उनले […]
दाेस्राे चरणकाे मतदान अाज

भरतपुर, २० मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अाज हुँँदैछ । बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदान गरिदैछ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापकीय कार्य पूरा गरेकाे भन्दै निर्भयका साथ मतदानमा सहभागी हुन सबै मतदातालाई अपिल गरेकाे छ । आयोगको हातामा हिजाे साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा […]