सृजना स्कूलमा ग्रेडिङ

भरतपुर, २२ असार । नेपाल कराँते डो महासंघ, नेपाल सितेरियो कराँतो डो संघ चितवनअन्तर्गत सृजना ईङ्लीस सेकेण्डरी बोर्डिङ स्कूलका कराँते खेलाडीहरुको ग्रेडिङ गरिएको छ । स्कूलका प्रिन्सिपल नारायण गौतमको अध्यक्षता तथा मध्यमाञ्चल क्षेत्रीय कराँते प्रमुख गगन लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरुषतर्फ रिजन श्रेष्ठ र महिलातर्फ अनु थापा उत्कृष्ट भएका छन् । सो स्कूलमा […]
नवनियुक्त मुख्य रजिस्ट्रार सुवेदीको प्रतिबद्धता- मुद्दा फछ्र्याेट १०० प्रतिशत पुर्याइने
२२ असार । सर्वोच्च अदालतका नवनियुक्त मुख्य रजिस्ट्रार नहकुल सुवेदीले आज पदभार ग्रहण गर्दै न्यायलाई सरल र सहज बनाउन व्यवस्थापन सुधार गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । न्याय सेवा आयोगको यही असार ११ गतेको बैठकले सुवेदीलाई मुख्य रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेकामा मन्त्रिपरिषद्को आजको बैठकले उनलाई मुख्य रजिस्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । उनले […]
तीन सय उन्नाइस स्थानीय तहको नतिजा घोषित
२२ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ११९ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीन प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना पूरा भएको छ । अहिले सात […]
भारतमा पहिरामा परी तीन नेपालीको मृत्यु
दार्चुला, २२ असार । भारतमा पहिरामा परी आज तीनजना नेपालीको मृत्यु भएको छ । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृत्यु हुनेमा दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया […]
मौसमी रोगबाट बचौं
वर्षायाम सुरु भएसँगै विभिन्न रोगको जोखिम पनि बढेको छ । विशेषगरी दूषित पानीबाट लाग्ने विभिन्न खाले रोगबाट बच्न यो मौसममा विशेष सावधानी अपनाउन जरुरी हुन्छ । टाइफाइड, हैजा, लामखुट्टेका कारण लाग्ने डेंगे ज्वरो र सदाबहारजस्तो देखिने झाडापखाला यही मौसममा बढी देखिन्छ । वर्षा मौसमले देशका विभिन्न जिल्लामा एकैसाथ यस्ता रोग देखा पर्छन् । यो मौसममा […]
तीनसय सोह्र स्थानीय तहको नतिजा घोषणा

२२ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३१६ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । […]
बुटवल उपमहानगरमा एमालेको जित
बुटवल, २२ असार । रुपन्देहीको एक मात्र उपमहानगरपालिका बुटवलमा एमालेले जित हासिल गरेको छ । उपमहानगरपालिकाको आज सम्पन मतगणनापछि निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार १९ वटा वडामध्ये १६ वटा वडासहित नगर प्रमुख तथा उपप्रमुखमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । प्रमुखमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । […]
भरतपुर महानगरमा सिंचित क्षेत्र घट्दै

भरतपुर,२२ असाार । शहरी विकासले भरतपुर महानगरको सिंचित क्षेत्र घट्दै गएको छ । नारायणी लिफ्ट सिंचाईबाट यसवर्ष भरतपुर महानगरको ३ हजार २ सय १२ हेक्टर जमिन सिंचित हुँंदै छ । नारायणी लिफ्ट सिंचाईको स्थापनाको समयमा भरतपुरको ४ हजार ७ सय हेक्टर जमिन सिंचित हुने गरेको थियो । यसवर्ष रोपाईंका लागि असार २५ गते पानी नहरमा […]
भरतपुर वडा न.१९ को प्रश्न- ‘हाम्रो मतको टुंगो कहिले ?’

भरतपुर,२२ असार। स्थानीय तह निर्वाचनको दोस्रो चरणको मतपरिणाम अन्तिम समयमा पुगिसक्यो । तर, भरतपुर–१९ ले पहिलो चरणको मतदानको नतिजा नै पाएको छैन । एकपछि अर्को गरी दोस्रो चरणको नतिजा सुन्दै आएका यहाँका मतदाता महानगरको अन्तिम मतपरिणामको व्यग्र प्रतीक्षामा छन् । तर, यसको टुंगो कहिले लाग्ने अझै निधो छैन । “अहिलेको दुःखको सामाना गरेपनि यो वडाले […]
सांसद्को चासो मठमन्दिरमा

विप्लव काफ्ले/कायाकैरन शारदानगर,२२ असार। चितवनकी सांसद् विष्णुमाया परियारले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत मठमन्दिर तथा गुम्बा बनाउन रकम खर्च गरेकी छन् । नेपाली कांग्रेसबाट समानुपातिक सांसद् बनेकी परियारले ५० लाखमध्ये झण्डै आधा रकम धार्मिक क्षेत्रमा खर्च गर्दैछिन् । नेपालकै पहिलो सहकारी बखानपुर नजिकैको भरतपुर–१९ मा रहेको कालिका मन्दिरमा नारायण र विष्णुको मन्दिर निर्माणमा ११ लाखको योजना […]